Khabar Dabali Logo
  November 19, Tue

वाणिज्य बैंकले ३० जनालाई निःशुल्क प्रशिक्षण दिँदै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ ।

वित्तीय क्षेत्रमा आफ्नो जागिरे जीवन प्रारम्भ गर्न चाहने प्रदेश नं ३ का युवालाई लक्ष्य गरेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रममार्फत प्रशिक्षण दिन लागेको हो ।

आज यहाँ पत्रकार सम्मेलन गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५५ वर्षको गर्विलो इतिहास बोकेको बैंकले युवा वर्गको वृत्तिविकासका निम्ति प्रशिक्षण कार्यक्रम ल्याएको जानकारी दिँदै भने, “प्रदेश नं ३ को अनुभवका आधारमा सातवटै प्रदेशमा प्रशिक्षण विस्तार गरिनेछ ।”

व्यवस्थापन विषयमा उत्कृष्ट अङ्कका साथ स्नातकोपाधि वा स्नातकोत्तर गरेका युवाले तालीमका निम्ति राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन् ।

बैंकले गत आव २०७५÷०७६ मा पाँच अर्ब ३२ करोड खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप रु एक खर्ब ९० अर्ब, कर्जा रु एक खर्ब ४४ अर्ब रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।

बैंकले बैंकिङ क्षेत्रको बिस्तार, वित्तीय पहुँचका लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित बैंकिङ कारोवार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रममा सघाउ पु¥याउँदै आएको छ ।

अशोज ३० गते, २०७६ - २१:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपालको होटल व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सोल्टी होटलले आफ्ना शेयरधनीलाई...   
निर्मला पन्त प्रकरणः चर्चित पात्र तथा पत्रकार भण्डारी पक्राउ

निर्मला पन्त प्रकरणः चर्चित पात्र तथा पत्रकार भण्डारी पक्राउ

काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणका एक चर्चित पात्र खेम भण्डारीलाई प्रहरीले पक्राउ...   
प्रधानमन्त्रीको प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर राख्दिन – सल्लाहकार थापा

प्रधानमन्त्रीको प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर राख्दिन – सल्लाहकार थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई...   

नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्छ – अध्यक्ष प्रचण्ड

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध...   
यस्तो छ कांग्रेसले देखेका सरकारका २१ असफलता, होलीवाइनदेखि बालुवाटार काण्डसम्म

यस्तो छ कांग्रेसले देखेका सरकारका २१ असफलता, होलीवाइनदेखि बालुवाटार काण्डसम्म

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको २१ महिनाका २१ असफलता सार्वजनिक गरेको छ। मंगलबार...   
विश्वकप छनोटः नेपाल र कुवेत भिड्दै

विश्वकप छनोटः नेपाल र कुवेत भिड्दै

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा...   
खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

चीन । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ...   

मालीमा सैनिक र लडाकूबीच झडप, ४१ जनाको मृत्यु

बामाको । मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु...   

यसरी मनाइयो स्व. प्रकाश दाहालको स्मरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा...   

सुनको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ४००...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top