Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस गरेको छु। लामो समयको अन्तरालपछि महामहिमको नेपाल भ्रमण भएको छ। त्यसैले यो हाम्रा लागि ऐतिहासिक परिघटना बन्न पुगेको छ। नेपाल र चीनबीच साझा सद्भाव, विकास, शान्ति र समृद्धि हासिल गर्न तपाईंको भ्रमणले दुई देश बीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन दिशानिर्देश गरेको छ। यस सन्दर्भमा, नेपाल र चीनका बीचमा बृहत्तर र व्यवहारिक साझेदारीका लागि सन् २०१९ को अप्रिलमा नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०१८ को जुनमा नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय चीन भ्रमण र सन् २०१७ को मार्चमा मैले गरेको चीन भ्रमण, सन् २०१६ मा भारतको गोवामा भएको बिमेस्टेक–ब्रिक्स सम्मेलनमा तपाईंसँग भएको भेट र हालै भएका अन्य उच्चस्तरीय भ्रमणले सफलतापूर्वक खोलेका नयाँ क्षितिजलाई सम्झन चाहन्छु। सन् २००८ मा बेइजिङ ओलम्पिकको समापनमा मेरो सहभागिता र तत्कालीन राष्ट्रपति हु जिन्ताओसँगको भेटलाई पनि मैले यस अवसरमा सम्झिरहेको छु।

२. विश्वको सन्तुलन र मानवहितका लागि न्याय, सद्भाव र समृद्धि सिर्जना गर्न र साझा समृद्धि र भविश्यका लागि तपाईंको दुरगामी कदमले बीआरआई, एआइआईबी, ब्रिक्स बैंक स्थापना गर्न, सिल्क रोड कोष खडा गर्न र सभ्यताको सम्वाद गराउन पहल लिएको छ। जसलाई तपाईंका दुरगामी कदमका रुपमा उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ। तपाईंको दुरगामी अवधारणाले विश्व थप समृद्ध, सशक्त, सुरक्षित र निष्पक्ष हुने विश्वास गर्दछौं।

३. जनवादी गणतन्त्र चीन स्थापनाको ७० वर्षको अवधिमा सामाजिक, आर्थिक प्रगति हासिल गर्न सफलतापूर्वक नेतृत्व गर्ने चिनियाँ कम्युनिष्ट पार्टीलाई बधाई दिन चाहन्छौं। दुई शताब्दीको लक्ष्यमा पुग्न चिनियाँ कम्युनिष्ट पार्टीलाई सफलता प्राप्त होस् भनी हामी शुभकामना दिन चाहन्छौं। चिनियाँ समाजको कायपलट गर्ने तपाईंको सपना वास्तविक रुपमा पूरा हुने हामी विश्वास गर्दछौं। हामीलाई लाग्छ, अहिलेको विकासको छलफललाई अवरोध गर्न र विश्वको पूरै अर्थतन्त्रलाई अस्थिर बनाउन विश्वव्यापीकरण विरोधी शक्तिहरु आमूल रुपमा विस्तारित भइरहेका छन्। समावेशी विश्वव्यापीकरण, समानता, उज्यालो प्रवर्द्धनका लागि हामी चीनसँगै वकालत गरिरहेका छौं। हामी अल्प विकसित र भूपरिवेष्ठित मुलुकहरुलाई विशेष व्यवस्थासहित नियमवद्ध विश्व सन्तुलन चाहन्छौं।

४. नेपाल र चीन बीचको सम्बन्ध वर्षौंदेखि सभ्यतासँग जोडिएका छन्। पछिल्ला वर्षहरुमा राजनीतिक, साँस्कृतिक तथा आर्थिक गतिविधि व्यापक रुपमा बृद्धि भइरहेका छन्। हाम्रो सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वको पञ्चशीलमा आधारित छ। हाम्रा एक अर्काका चासो र संवेदनशीलताहरुलाई हामी बुझ्छौं र सहयोग गर्छौं। हामी सधैंका मित्र, विश्वासिला साझेदार र असल छिमेकी हौं।

५. हामी शब्दमा मात्रै होइन, व्यवहारिक र कार्यान्वयनको तहमा पनि एक चीन नीतिप्रति प्रतिबद्ध छौं। चीन विरुद्ध हाम्रो माटोलाई प्रयोग हुन दिएका छैनौं र दिने पनि छैनौं। यो नेपालको हितमा पनि छ। हामी ठान्छौं कि ताइवान चीनको अभिन्न भाग हो र तिब्बतको विषय चीनको आन्तरिक मामिला हो। हामी चीनलाई अस्थिर बनाउन कोशिस गर्ने कुनै पनि शक्तिलाई कहिल्यै सहयोग गर्दैनौं। आतंकवाद र उग्रवादका विरुद्ध चीनले चालेको बैधानिक कदमको हामी प्रशंसा गर्छौं। हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगरी नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकतामा तपाईंहरुले गरेको निरन्तरको सहयोगप्रति हामी कृतज्ञ छौं। हामी पीडामुक्त, परिक्षित र विश्वासिलो सम्बन्धमा रमाएका छौं। चीन जस्तो छिमेकी र तपाईंजस्तो साथी पाउँदा हामी गौरव महसुस गर्दछौं।

६. सन् २०१७ मा म प्रधानमन्त्री भएको बेला बीआरआई सहयोग सम्झौतामा हस्ताक्षर गर्ने परिघटना उपयुक्त समय र महान फड्कोका रुपमा मैले अहिले सम्झिरहेको छु, जसले नेपाल र चीन सम्बन्धलाई नयाँ युगमा प्रवेश गराएको छ। त्यो सम्झौताले सहयोगको कार्ययोजनालाई मात्र उपलब्ध गराएको छैन, त्यसले बहुक्षेत्रमा तीब्र रुपमा विस्तार गरेको छ, जसलाई जोसुकै शक्तिमा भए पनि अब यसलाई कसैले अवरुद्ध गर्न सक्ने अवस्था छैन। समयबद्ध कार्यतालिका सहितका परियोजनाको कार्यान्वयनमा तिब्रता दिने र प्राथमिकता निर्धारण गर्ने समय आएको छ, जसले दुवै मुलुकका जनतामा देखिने लाभ ल्याउनेछ। त्यसबाट मात्रै हामीले जनताका साझा चाहना सम्बोधन गर्न निरन्तर सहयोग प्राप्त गर्न सक्छौं। त्यसका लागि हामी तपाईंको सहयोग चाहन्छौं।

७. हामी बीचको कनेक्टिभिटी एकदमै महत्वपूर्ण छ। ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कले हाम्रो सहयोगलाई सशक्त बनाउनेछ र हामी दुवै पक्षलाई नयाँ अवसर खुला हुनेछ। नेपालको अन्तर्राष्ट्रिय व्यापार, पारवहन र आर्थिक विविधिकरणका लागि रेल्वे कनेक्टिभिटी महत्वपूर्ण हुनेछ। रेल्वे सञ्चालन र निर्माणको मोडालिटीका बारेमा हामी खुला छलफल गर्न तयार छौं। तपाईंको तर्फबाट यो परियोजनालाई प्राथमिकतामा राख्न पनि म तपाईंलाई अनुरोध गर्दछु। कृषि सहयोगसहितका अन्य साझा हितका परियोजना संयुक्त रुपमा विकास गर्न म जोड दिन चाहन्छु। चिनियाँ लगानीमा सञ्चालित हुने परियोजनाका लागि उपयुक्त वातावरण बनाउन आफनो तर्फबाट सम्पूर्ण रुपमा लाग्ने विश्वास पनि म महामहिमलाई दिलाउन चाहन्छु। हाम्रा विकासका कार्यहरुमा तपाईंको ठूलो सहयोगको अपेक्षा हामीले गरेका छौं। विकासविना राजनीतिक स्थायित्व कायम रहन सक्दैन। हामी नेपालको राजनीतिक स्थायित्व र समृद्धि चीनको पनि हितमा रहेको विश्वास गर्दछौं।

८. म महामहिमलाई विश्वास दिलाउन चाहन्छु कि नेपाल कम्युनिष्ट पार्टीले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको छ र हाम्रो पार्टीको नेतृत्वको सरकारले चीनको सुरक्षा हित विपरित कसैसँगको साझेदारीमा काम गर्दैन। हामी विश्वास गर्छौं कि चीनको विकास र स्थायित्व नेपालको हितमा छ। समृद्ध चीन नेपालका लागि अवसर हो।

९. हाम्रा लागि चीनसँगको व्यापार घाटा बढनु गम्भिर चासोको विषय हो। हाम्रो व्यापार असन्तुलनलाई सम्बोधन गर्न चीनका तर्फबाट निरन्तर सहयोग हुनेमा हामी आशावादी छौं। निर्यात योग्य उत्पादन गर्न व्यापारको क्षमता विकास, अतिरिक्त बजारमा पहुँच, हाम्रा उत्पादनका सामान निर्यात गर्ने सरलीकृत प्रक्रिया, सीमा क्षेत्रमा सबै उपकरणसहितको प्रयोगशाला रहेको क्वारेन्टाइन स्थापनाले चिनियाँ बजारमा हाम्रा सामान निर्यात गर्न नेपालको हितका लागि तपाईंहरुको योगदान हुनेछ।

१०. महामहिम, नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ। चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न र नेपाललाई एउटा पर्यटकीय गन्तव्यका रुपमा व्यापक रुपमा प्रचार प्रसार गरिदिन चीन सरकारले सहयोग गर्नेमा हामी पर्खाइमा छौं।

११. नेपालमा राजनीतिक स्थायित्वका लागि नेपाल कम्युनिष्ट पार्टीले मेहेनत गरिरहेको छ। राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि राम्रो वातावरण बनाउने मुख्य उद्देश्यका लागि हामीले दुई कम्युनिष्ट पार्टीलाई एउटै बनाउन पहल लिएका हौं। यस सन्दर्भमा, महामहिमको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले उपलब्ध गराएको निरन्तर सहयोगप्रति म प्रशंसा गर्न चाहन्छु। यो वर्षको सेप्टेम्बरमा महामहिम वाङ यी र महामहिम सोङ थाओसँग भएको बैठकलाई सम्झन चाहन्छु। हामीले खुला र हार्दिक रुपमा हाम्रा साझा चासोका सबै विषयमा विचार आदान प्रदान गरेका थियौं। हाम्रा साझा हितका विषयमा सँगै काम गर्न तपाईंको सक्षम नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीसँग दीर्घकालीन विश्वासिलो सम्बन्ध बनाउने मेरो सशक्त चाहना छ। चिनियाँ विशेषतासहितको समाजवाद र सी चिनफिङ विचारका बारेमा हालै हामीले काठमाडौंमा गोष्ठीको आयोजना गर्यौं र चिनियाँ कम्युनिष्ट पार्टीसँग एउटा सम्झौतामा हस्ताक्षर पनि गरेका छौं। नेपाल कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टीसँग सशक्त सञ्चार, सम्पर्क र प्रतिनिधिमण्डल आदान प्रदान गराउन चाहन्छ। दुई देश र जनताका बीचको सम्बन्धलाई सहज र निन्तरता दिनका लागि पार्टी–पार्टी बीचको सम्बन्ध महत्वपूर्ण हुन्छ।

१२. हाम्रो दुई पक्षीय सम्बन्धलाई अझ सशक्त बनाउनका लागि सफल रहने गरी हाम्रा राष्ट्रपतिसँग तपाईंको राम्रो बैठक भएको सूचना मैले पाएको छु। नेपाललाई भूपरिवेष्ठितबाट भूजडित देशमा रुपान्तरण गराउने तपाईंको प्रतिबद्धता र सहयोगले नेपाली जनताको उत्साह र विश्वासको स्तर नयाँ उचाईमा उठेको छ। हाम्रो आपसी हितलाई बढाउन र सम्बन्धलाई मजबुत बनाउन हामीले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिइरहनु पर्छ। हाम्रा साझा चासोका विषयहरुमा क्षेत्रीय र विश्वस्तरीय मुद्दाहरुमा हामी चीनसँग मिलेर काम गर्न चाहन्छौं, जसले हाम्रो देश र क्षेत्रको विकास र शान्तिलाई प्रवर्द्धन गर्नेछ।

१३. एक पटक फेरि महामहिमलाई नेपालमा न्यानो स्वागत गर्न चाहन्छु। तपाईंको निरन्तरको सदभाव, नेपाल र नेपालीप्रतिको मित्रताप्रति हामी अत्यन्तै खुसी छौं। महामहिमको भ्रमण भव्यताका साथ सफल हुनेछ र तपाईंको यात्रा सुरक्षित र सुविधाजनक हुनेछ भन्ने शुभकामना दिन चाहन्छु।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies