Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पर्यटकको रोजाइमा तालपोखरा

बेझाड । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने कमै हुन्छन् । यहाँ आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने थलोनै अहिले तालपोखरा बनेको छ । फेवातालको स्वरुपमा रहेको तालपोखराले आकारमा सानो भएपनि छोटो समयमा नै पर्यटकको मन लोभ्याउन सफल भएको छ ।

विभिन्न सञ्चारमाध्यममा आएका समाचार सुनेर, हेरेर तालपोखरा आउने आन्तरिक पर्यटकको उपस्थिति दिनहुँ बढ्दै गएको छ । बुटवलबाट गल्याङसम्मको यात्रामा निस्किएका सुदीप भण्डारीलाई पनि एकपटक तालपोखरा नघुमिकन आफ्नो गन्तव्यमा फर्कन मन भएन । तालपोखरामा डुङ्गामा सयर गर्दा फेवातालको अनुभूति भएको उनले बताए ।

“तालपोखराका बारेमा चर्चा हुन थालेपछि एकपटक नआइकन मनले मानेन, तालपोखरा क्षेत्र घुम्दा अति सुन्दर लाग्यो, रामपुर क्षेत्रको पर्यटन विकासको दरिलो खम्बा बन्नेछ”, उनले भने ।

आन्तरिक पर्यटकको अलावा बाह्य पर्यटकलाई पनि भित्र्याउने व्यवस्था गर्नसके आर्थिक समृद्धिमा पनि टेवा पुग्ने उनको भनाइ छ । दशैँपर्व शुरु भएदेखि तालपोखरा घुम्नेको चहलपहल बढ्दो छ । चाडपर्वको समय भएकाले अहिले दैनिक ४०० को हाराहारीमा डुङ्गा चढ्ने गरेको डुङ्गा चालक भगवान् देवकोटाले बताए ।

“दशैँतिहार पर्वको समय भएकाले अन्य समयभन्दा तेब्बर बढी पर्यटक भित्रिएका छन्, हामीलाई पनि काम पुगेकै छ”, उनले भने । तीन महीनासम्म तालको पानी सुकाएर मर्मत तथा सम्भार गरेपछि तालपोखराको सौन्दर्य नै फरक देखिएको छ ।

तालपोखरा परिसरको ५५० मिटर घेराबार, तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर परिसरमा २०५ मिटर फलामे बार र मन्दिर परिसरमा दुई वटा पार्क निर्माण गरिएको छ ।

रामपुर नगरपालिकाले रु २० लाख र नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख सहयोग रकमबाट तालपोखराको स्तरोन्नति गरिएको हो । करीब रु ४५ लाख बराबरको मर्मत कार्य सम्पन्न भएको छ भने अब बाँकी अझै रु एक करोड २५ लाखको काम रहेको समितिले जनाएको छ । अहिलेसम्म तालपोखराको पर्यटन विकासमा करीब तीन करोडको काम भइसकेको छ ।

तालपोखरालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै जाँदा यसले रामपुर नगरपालिका मात्र नभई कालीगण्डकी वेंशी क्षेत्रकै पहिचान बढाएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए ।

“असोज शुरु भएपछि पर्यटक बढेका छन्, नियमितरुपमा बिहान दिउँसोभरि दुई वटा डुङ्गा चलिरहेको छ”, उनले भने । प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ । तालपोखरा वरपर डुङ्गामा घुम्ने, तालको बीच भागमा रहेको जलेश्वर महादेवको मन्दिर दर्शन गरेर फर्कने गरेको पाइन्छ । कोही घण्टौँसम्म मन्दिर परिसरमा रहेको पार्कमा रमाएर फर्कने गर्छन् ।

तालपोखरामा सेल्फी जोन निर्माण गरिएपछि फोटो खिचाउनेको भीड लाग्ने गरेको छ । स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजिकै बहेको कालीगण्डकीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गरिएको छ । डुङ्गा सञ्चालनबाट स्थानीयलाई रोजगारीको अवसर मिलेको छ ।

दैनिक डुङ्गाबाट सरदरमा पाँच हजार आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर डुङ्गाबाट मासिक रु एक लाख ३५ हजार आम्दानी भइरहेको छ । अघिल्ला वर्षका तुलनामा यो वर्ष आम्दानी बढ्नसक्ने तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउछन् ।

सामान्य वर्षाद्को पानी जम्मा हुने खाडलका रुपमा रहेको तालपोखरालाई यहाँका स्थानीयले पर्यटकीय क्षेत्रका रुपमा विकास गरेका हुन् । झण्डै ७० रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र पहिला पानी जम्मा हुने खाडका रुपमा रहेपनि अहिले भने प्रशस्त आम्दानी गर्ने गतिलो माध्यम बनेको छ । महायज्ञबाट केही आम्दानी सङ्कलन गरी विसं २०६६ बाट पर्यटन विकासका काम थालनी गरिएको संस्थापक अध्यक्ष देवराज देवकोटा बताउछन् । पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका आन्तरिक पर्यटक यहाँ अवलोकन गरेर फर्कने गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies