Khabar Dabali Logo
  November 12, Tue

नेपाललाई रेल होइन व्यवस्थित सडक चाहिन्छ, रेलले हामीलाई हाेइन छिमेकीलाई फाईदा पुग्छ

नेपालको दुईदिने राजकीय भ्रमण सकेर छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनफिङ स्वदेश फर्किसकेका छन् । करिब २३ बर्षपछि चिनियाँ उच्चतहको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध नयाँ उचाइको रुपमा विकसित भएको कुटनीतिक मामिलाका जानकारहरु बताउँछन् । राष्ट्रपति सीको भ्रमणको अवसर पारेर दुई देशबीच सिमा वारपार सम्बन्ध बिस्तार गर्न २० बुँदे सहमति भएको छ । दीर्घकालिन महत्व राख्ने यस्तो सहमतिलाई सबैपक्षले स्वागतयोग्य कदम भनेका छन् ।

कतिपय यस्ता दुईपक्षिय तथा बहुपक्षिय सहमति सम्झौताहरु भएपनि कार्यान्वयन हुन नसक्दा उल्लेखित लक्ष्य हासिल गर्न सकिएको छैन । विगतमा भएका कतिपय सहमति र सम्झौताको कार्यान्वयनको विषयलाई लिएर नेपालको क्षमतामाथि नै प्रश्न चिन्ह उठ्ने गरेको पनि छ । यसै विषयमा चीनसँग भएको विगतका सहमति र हालै चीनसँग भएको २० बुँदे सहमति तथा सम्झौताले नेपाललाई प्राप्त गर्ने अवसर र चुनौतिको विषयमा अर्थविद् तथा पूर्वअर्थमन्त्री रामशरण महतसँग खबर डबलीका तर्फबाट गणेश पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

करिब २३ बर्षपछि मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनफिङ नेपालको राजकीय भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् । पूर्वअर्थमन्त्री तथा अर्थविद्को हिसावले तपाईँले सीको भ्रमणलाई कसरी हेर्नु भएको छ ?

लामो समयको अन्तरालमा छिमेकी मुलुक चीनका राष्ट्रपति सीको नेपाल भ्रमणले सकारात्मक सन्देश प्रवाह गरेको छ । चीन विश्वको एक शक्ति राष्ट्र मात्र नभइ हाम्रो मित्र राष्ट्र पनि हो । चीनसँग नेपालको लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको छ । चीनका मात्र शक्तिशाली राजनीतिज्ञ नभइ विश्वमै स्थापित व्यक्तित्वबाट नेपालको भ्रमण हुनु स्वागतयोग्य कदम हो । उहाँको भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । यसलाई सकारात्मक मान्न सकिन्छ ।

सी भ्रमणको बेला नेपाली र चिनियाँ पक्षबीच केहि सहमती तथा सम्झौताहरु भएका छन् । नेपाल र चीनबीच भएको २० बुँदे सम्झौतालाई यहाँले कसरी हेर्नुहुन्छ ? के सम्झौताले नेपालको विकासमा नयाँ सम्भावना खोलिएको मान्न मिल्छ ?

उच्च तहको नेतृत्वको उपस्थितिमा दुईपक्षीय सहमति भएका छन् । नीतिगत कुराहरु पनि छन् । योजनका बारेमा पनि केही चर्चा भएको छ । कार्यान्वय तहमा निर्णय भएको होइन । कार्यान्वयको डिटेल सम्झौता बेग्लै हुनुपर्छ । यहाँ रेलका कुरा भइरहेका छन् । कामभन्दा पनि हल्लाखल्ला भइराखेको छ । मैले त पहिल्यैदेखि भन्दै आएको छु । दुई पक्षिय ठुला आयोजनामा सम्भाव्यता अध्ययन हुर्नुपर्छ । प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन हुनुपर्छ । त्यसपछि निर्माणका कुरा हुन्छन् । परियोजनको आवश्यकता के हो ? त्यसको प्राविधिक समस्या के छ ? आर्थिक लगानी कति गर्नु पर्छ ? प्रतिफल के निस्कन्छ ? यसको विस्तृत अध्ययन भइसकेपछि अनि निर्णयको कुरा आउँछ । चिनियाँहरुले अहिले परियोजना अध्ययनको लागि प्रस्ताव गर्नु भएको छ । भएका नीतिगत कुराहरु सकारात्मक छन् । कार्यान्वयनको लागि विस्तृत योजना प्रतिवेदन चाहिन्छ । संयन्त्र तयार गर्नुपर्छ । बजेट व्यवस्था गर्नुपर्छ । यसमा नेपालको गृहकार्य पुगेको छैन् ।

यसअघि पनि चिनियाँ पक्षसँग विभिन्न सम्झौता भएका थिए । तर भएका सम्झौताहरु कार्यान्वयनको तहमा निकै उदासिनता पनि देखिन्छ । के अहिले भएका सम्झौता कार्यान्वयन भईहाल्ने अवस्था रहन्छ ?

सीले सम्झौता कार्यान्वयनको लागि नेपाली पक्षलाई जसरी सचेत गराउनु भएको छ, त्यो विल्कुल ठिक हो । हाम्रो कार्यान्वयन क्षमता बढाउनु पर्छ । कुरा मात्र गरेर हुँदैन । समयमा परियोजना सम्पन्न गर्नु पर्छ । सकेसम्म कम लागतमा कार्यान्वयन हुनुपथ्र्यो । तर, दुर्भाग्यवस कतिपय चिनियाँ पक्षहरुले नै ठेक्का पाएका कतिपय परियोजनाहरु समयमा सम्पन्न हुन सकेका छैनन् । लागत पनि निकै बढेको छ । कतिपय हाइड्रो पावरका योजनाहरु, टान्समिसन लाइनका योजनाहरु धेरै चिनियाँ ठेकेदारहरुले पाएका छन् । तर अधिकांश प्रोजेक्टहरु समयमा सम्पन्न हुन सकेका छैनन् । लागत पनि धेरै बढेको छ । यसलाई पनि सरकारले अनुसासनमा ल्याएर गुणस्तर बढाउनु पर्छ । समयमै कार्यान्वयन गर्न सरकरले ध्यान दिनुपर्छ । यी कुरा दुई पक्षिय विज्ञप्तीमा पनि आएको भए अझै राम्रो हुन्थ्यो ।

आर्थिक बिज्ञको रुपमा तपाईं विश्वमा चिनिनुभएको छ, खासमा नेपालको तर्फबाट प्राथमिकता के हुनुपर्छ ? रेल कनेक्टिभिटि वा रोड कनेक्टिभिटि ?

नेपाल–चीनबीच वा नेपाल–भारतबीच दुईपक्षिय सम्झौता गर्दा सडकलाई प्राथमिकता दिनुपर्छ । रेल कनेक्टिभिटिलाई दीर्घकालिन नीतिमा राख्नु पर्छ । नेपालको अहिलेको आवश्यकता रेल होइन । कतिपयले रेल विना विकास रोकियो पनि भनेका छन् यो फगत कुरा हो । हामीलाई चाहिएको व्यवस्थित सडक हो । १५–२० वर्षपछि पनि रेलले नेपाललाई भन्दा चीनको आर्थिक बृद्धिमा बढि फाइदा हुन्छ । भारतको व्यापार बृद्धि गर्न यसले मद्दत गर्छ । त्यसकारण भारत र चीनको व्यापारको लागि रेल आवश्यक हो नेपालको लागि होइन ।

नेपालको प्रत्यक्ष फाइदाको लागि सडक यातायातको विकास गर्नुपर्छ, आन्तरिक तथा अन्तरदेशीय रोड कनेक्टिभिटिलाई बढि प्राथमिकता दिनुपर्छ । चीनसँग जोडिएको नेपालको पाँच वटा नाका पूर्वका किमाथाङदेखि रसुवागढीसम्मको नाका विकास र विस्तार गर्नुपर्छ । पहिलेदेखि संचालनमा आएको तातोपानी नाका पूर्णरुपले बन्न सकेको छैन । रसुवागढीको नाका पनि कच्चा छ । कोरला, हुम्लालगायत यी सबै नाकाहरुलाई हाइवे तत्काल बनाउन आवश्यक छ । नेपाल मात्र नभई दुईपक्षीय कनेक्टिभिट बढाउनको लागि तत्कालको रोडलाई नै प्राथमिकतामा राख्नुपर्छ । रेलको आवश्यकताभन्दा अहिले हामीलाई सडकको आवश्यकता महत्पूर्ण हो । र, जलस्रोतको विकास ट्रान्समिसन लाइन, ग्रिड कनेक्टिभिटिलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।

ठुला अर्थतन्त्र भएको देश चीन र भारतसँग नेपालको व्यापार घाटा आकासिदो छ । तर, व्यापार घाटा घटाउनको कुनै पहल भएको देखिएन । नेपालको तर्फबाट यसकोलागि के गर्नु पर्ला ?

मैले पहिल्यदेखि भन्दै आएको छु । व्यापार घाटा घटाउनको लागि लगानी अभिबृद्धि गर्नुपर्छ । लगानी बृद्धिको लागि छिमेकी मुलुक चीन र भारतबाट लगानीकर्तालाई आकर्षित गराउनु पर्छ । उत्पादन पनि बढाउनु पर्छ । उत्पादन बृद्धि गर्दा छिमेकी मुलुकलगायत अन्य मुलुकलाई पनि ध्यान दिनुपर्छ । हाम्रो उत्पादन चीन, भारत, दक्षिण एसियालगायत अन्य मुलुकमा पनि निर्यात होस । यसरी हामीले व्यापार घाटा घटाउन सकिन्छ । साथसाथै चिनियाँले नेपाली बस्तुलाई सहुलियत भन्सारको सुविधा दिनुपर्छ । यी कुरालाई पनि ध्यान दिएको भए राम्रो हुन्थ्यो ।

अर्कोतर्फ, नेपालमा लगानीलाई आकर्षण गर्नुपर्छ । यसको लागि पूर्वाधारमा सुधार हुनु आवश्यक छ । लगानी आकर्षण नहुनुको मूख्य कारण यही हो । हाम्रो सडक यातायात एकदमै कमजोर छ । साथै हाम्रो प्रशासन संयन्त्र पनि बलियो छैन । यसमा सुधार गर्नु पर्छ । सुशासन हुन सकेको छैन । शासकीय क्षमता अभिबृद्धि भएको छैन । प्रशासकीय दक्षता हासिल भएको छैन । यसतर्फ ध्यान जान जरुरी छ । हामीकहाँ कामभन्दा राजनीतिककरण बढि भयो । यस्तो राजनीतिक हल्लाखल्लाले देश बन्दैन । यसलाई सुधार गर्नु पर्छ ।

दुईपक्षिय सहमति कार्यान्वयन गर्न कस्तो चुनौति देख्नु भएको छ ?

समग्रमा भन्नुपर्दा हाम्रो संस्थागत क्षमता कमजोर हुनु नै कार्यन्वयनको मुख्य चुनौति हो । हाम्रो व्यवस्थापकीय अवस्था कमजोर छ । साथसाथै शुसाशन, प्रशासन सुधार हुन सकेको छैन । संविधान अनुसार तीन तहको सरकार छ । अधिकार क्षेत्रलाई लिएर अहिले सरकार सरकारबीचमै विवाद भइरहेको छ । संस्थागत क्षमता बढेको छैन । यसकारण हामीले आन्तरिक सुव्यवस्था कायम गर्ने, आन्तरिक व्यवस्था सुदृढिकरण गर्ने, व्यवसायीक क्षमतामा बिकास गर्ने, सहि ठाउँमा सहि मानिसलाई जिम्मेवारी दिनु पर्छ । यो चीन वा भारतसँग सम्बन्ध बढाउनमात्र नभइ समग्र मुलुकको बिकासको लागि चुनौति रहेको छ । नेपाल दक्षिण एसियाकै कम उत्पादकत्व र कनेक्टिभिटी भएको मुलुक नेपाल हो । यसमा ध्यान दिनु पर्छ ।

चीनले बिआरआइमार्फत आफ्नो रणनीति अघि सारेको छ । अर्को तर्फ महाशक्ति राष्ट्र अमेरिकाले इन्डो–प्यासेफिकमार्फत आफ्नो रणनीति अघि सारेको छ । यसले नेपाललाई दीर्घकालिनरुपमा कस्तो असर गर्छ ?

विश्वमा हरेक मुलुकको आ–अफ्नो नीति हुन्छ । हाम्रो पनि आफ्नै नीति छ । विआरआइ चीनको नीति हो । यसमा नेपाललाई पनि फाइदा छ । अमेरिकाको पनि इन्डो–प्यासेफिक नीतिमार्फत नेपालमा आर्थिक बिकास, प्रजातन्त्रको प्रत्याभुति तथा मानव अधिकारको विकास होस भन्ने चाहिरहेको छ । त्यहि अनुसार हामीले साहयता पनि प्राप्त गरेका छौ । जबसम्म यस्ता नीतिहरु हाम्रो मुलुकको हित विपरित हुँदैन, तबसम्म राष्ट्रको आवश्यकता हेरी हामीले प्रयोगमा ल्याउनु पर्छ । यसबाट हामीले फाइदा लिने हो । सबै देशसँग हाम्रो मित्रता छ । दुई पक्षबीच संधिसम्झौता गर्दा अर्को मुलुकलाई असर पर्ने गरी गर्नु हुँदैन ।

इन्डो–प्यासेफिक नीतिमा हाम्रो कुनै पनि सम्झौता भएको छैन । त्यो अमेरिकाको नीति हो । अमेरिका पनि हाम्रो सबैभन्दा पुरानो आर्थिक साहयता दिने मुलुक हो । उनीहरुसँग पनि हाम्रो सम्बन्ध निरन्तर रहन्छ । उनीहरुकै नीतिअनुसार हाम्रो सम्बन्ध विकसित भएकोे छ भने त्यसमा आपत्ति गर्नुपर्ने कुनै कुरा छैन । मुख्य कुरा, हामीले कुनै पनि नीति हाम्रो राष्ट्रिय हितमा छ कि छैन त्यसमा ध्यान दिनु पर्छ । यसरी कुनै राष्ट्रको नीति स्वीकार गर्दा अन्य राष्ट्रलाई प्रतिकुल हुने कुनै बुँदा छ भने त्यसलाई हामी स्वकार गर्न सक्दैनौ । यस्तोमा नेपालले कुनै सहमति गरेको पनि छैन । गर्दैन पनि । यसमा अहिले अनावस्यक विवाद गर्नुको कुनै तुक छैन ।

अशोज २८ गते, २०७६ - १२:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

एजेन्सी । शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन्...   

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडाैं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो...   
भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

काठमाडौं । बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले...   
सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

काठमाडौं । नेपाल उद्योग परिसङ्घले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका...   
जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

काठमाडौं । जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको छ । जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको...   
सरकारलाई राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर

सरकारलाई राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको...   
सामाजिक सञ्जालबाट चर्चीत बनेका ‘अघोरी बाबा’ ठगी आरोपमा पक्राउ

सामाजिक सञ्जालबाट चर्चीत बनेका ‘अघोरी बाबा’ ठगी आरोपमा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा ‘अघोरी बाबा’ भनेर चर्चित विजय केसीलाई महानगरीय प्रहरीले पक्राउ गरेको...   

सीमा समस्यालाई अन्तराष्ट्रियकरण गर्ने बेला भएको छैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको...   
ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ आजको मुल्य

ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ आजको मुल्य

काठमाडौं । साताको दोस्रो आज नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । हिजो एकै दिन तोलामा ११ सय रुपैयाँ बढेको...   
दक्षिण एसियाको बढ्दो रणनीतिक महत्व

दक्षिण एसियाको बढ्दो रणनीतिक महत्व

मानव जातिको प्राचीनतम् सभ्यताको विकासको केन्द्र रहेको दक्षिण एसिया वर्तमानमा विश्व राजनीतिको केन्द्रीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top