Khabar Dabali Logo
  February 24, Mon

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने, परराष्ट्रले सार्वजनिक गर्यो भ्रमण तालिका

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी शनिबार नेपाल आउने पक्का भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै चिनियाँ राष्ट्रपति आगामी असोज २५ मा काठमाडौं आउने जानकारी गराएको हो ।

राष्ट्रपति सीले आगामी २५ र २६ गते नेपालको भ्रमण गर्ने परराष्ट्रले जनाएको छ । परराष्ट्रले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’

भ्रमणको क्रममा राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । साथै सीले नेपालका वरिष्ठ नेताहरुसँग पनि भेट गर्ने जनाइएको छ ।

राष्ट्रपति सीको भ्रमणको बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

सीको भ्रमणलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा

करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालीले तयारी तीब्र बनाएको छ । काठमाडौंका सडकहरु सिघाँरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ ।

यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ ।

यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् । सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउनेछन् ।

अशोज २२ गते, २०७६ - १३:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने खेल : नेकपाभित्र आयाे संविधान संशोधनको प्रस्ताव

वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने खेल : नेकपाभित्र आयाे संविधान संशोधनको प्रस्ताव

काठमाडौं । नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न कार्यदल बनाएसँगै नेकपाभित्रको नयाँ खेल बाहिर...   
सुरेन्द्र महर्जन ‘अमर’ को आउन माया बसी देऊ गीत सार्वजनिक (भिडियाेसहित)

सुरेन्द्र महर्जन ‘अमर’ को आउन माया बसी देऊ गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । गीतकार एंव साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’काे गीत ‘आउन माया बसी देऊ’ सार्वजनिक भएकाे...   
के छ नेकपाको आचारसंहितामा ? के प्रम ओलीले करोड खर्च गरेर जन्मदिन मनाउन पाउँछन् ?

के छ नेकपाको आचारसंहितामा ? के प्रम ओलीले करोड खर्च गरेर जन्मदिन मनाउन पाउँछन् ?

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा पार्टी अध्यक्ष केपि शर्मा ओलीले मनाएको जन्मदिन अहिले निकैं...   
नेपालको नक्शा राखिएको ‘ओली केक’ विवादमा, सामाजिक सञ्जालभर गालीको वर्षा

नेपालको नक्शा राखिएको ‘ओली केक’ विवादमा, सामाजिक सञ्जालभर गालीको वर्षा

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिनको दिन काटेकाे केक विवादमा परेकाे छ ।...   

संविधान संशोधनका लागि माधवकुमार नेपालकाे नेतृत्वमा नेकपाले बनायो कार्यदल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । वरिष्ठ...   
सरकारको दुई वर्षे समिक्षा : राम्रो कामको प्रचार भएन, गलत कामलाई उचालियो

सरकारको दुई वर्षे समिक्षा : राम्रो कामको प्रचार भएन, गलत कामलाई उचालियो

सकारात्मक पक्ष सरकारको दुईवर्षे कार्यकाललाई आर्थिक दृष्टिकोणबाट मुल्याङकन गर्दा समग्रमा आर्थिक...   

निर्भया हत्या मुद्दा : अपराधी विनयको उपचारको अनुरोध अदालतद्वारा खारेज

काठमाडौं । दिल्लीको एक अदालतले निर्भया सामूहिक बलात्कार तथा हत्याका एक अपराधी विनय कुमार शर्माको...   

टर्की र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने पोखरेल पक्राउ

काठमाडौं । टर्की र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने कमलप्रसाद पोखरेललाई प्रहरीले पक्राउ गरेको छन्...   
प्रहरी कर्मचारीहरुले नागरिकले खोजेजस्तो उत्कृष्ट सेवा प्रवाह गर्नुपर्छ  – प्रहरी महानिरीक्षक ज्ञवाली

प्रहरी कर्मचारीहरुले नागरिकले खोजेजस्तो उत्कृष्ट सेवा प्रवाह गर्नुपर्छ – प्रहरी महानिरीक्षक ज्ञवाली

बारा । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले...   

कोरोना महामारी : चीनमा मात्रै २,४४२ को मृत्यु, ८० हजार हाराहारीमा संक्रमण

काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दै गईरहेको छ । यस घातक महामारीको कारण शनिबार मात्रै चीनमा ९७...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top