गलकोट । बाग्लुङ गलकोट नगरपालिका–९ छिसमा स्थानीय मित्रलाल खरेलले व्यावसायिकरुपमा कागतीखेती शुरु गरेका छन् । परीक्षणका लागि तीन वर्ष पहिला लगाइएका एक सय कागतीका बिरुवाले राम्रो फल दिन थालेपछि अहिले व्यावसायिक रुपमै कागतीखेती थालिएको ४९ वर्षीय किसान खरेलले बताए ।
गत वर्ष ४०० कागतीका बिरुवा रोपेर व्यावसायिक रुपमै कागती खेती थालेको उनको भनाइ थियो । दुई दशक अघि स्थानीय सरस्वती आधारभूत विद्यालयमा अध्यापन पेशामा आवद्ध खरेल अवकाश पश्चात व्यावसायिक कृषि पेशामा सक्रिय छन्। कागती भारतबाट गाउँमै आयात हुन थालेपछि यसलाई रोक्नका लागि व्यावसायिक कागतीखेती गर्ने चाहना भित्रैदेखि जागृत भएको खरेलले बताए ।
“गाउँमै कागतीखेती सम्भव छ भन्ने लागेर परीक्षण गरे, त्यो सफल भएपछि यही व्यावसायिक उत्पादन गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेको छु”, खरेलले भने ।
मेहनत थोरै गरेर पनि आम्दानी धेरै गर्न सकिने भएकाले कागती खेतीको यस क्षेत्रमा राम्रो सम्भाव्यता देखिएको छ । “कागतीको राम्रो सम्भावना देखेर तीन रोपनी बारीमा व्यावसायीक रुपमा कागती खेती थालेको छु”, उनले भने “वर्षेनी कागतीका बिरुवा थप्दै जाने योजनामा छु ।”
खरेलले गलकोट कृषि तथा पशुपक्षी उत्पादन तथा बिक्री केन्द्र नामको फर्म स्थापना गरी कृषि पेशा थाल्नु भएको हो । अहिले उहाँले व्यावसायिक तरुल खेती, जर्सी गाई तथा भैँसीपालन गर्दै आएका छन् । नगरपालिकामा व्यावसायिक रुपमा कागतीखेतीको राम्रो सम्भावना भएकाले नगरले कागतीको बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताए ।
समुद्री सतहबाट एक हजार ३०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण नगरपालिकाले गतवर्ष ६ हजार कागतीका बिरुवा अनुदानमा बितरण गरेको नगरपालिकाका कृषि तथा पशु प्राविधिक चिन्तामणि शर्मा गैरेले जानकारी दिए । गलकोटममा मात्रै अहिले पाँच जनाले व्यावसायिक रुपमा कागतीखेती शुरु गर्न लागेको नगरपालिकाले जनाएको छ ।
गलकोट रिघाका दानबहादुर श्रीसले आफ्नो बारीमा अहिले ५०० कागतीका बिरुवा लगाएका छन् । कागती स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ भने भिटामिन ‘सि’ का लागि यसको प्रयोग गर्ने गरिएको छ । कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारकालगायत विभिन्न परिकार बनाउनका लागि कागतीको माग उच्च छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: