Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ज्ञानेन्द्र शाही ‘मानसिक रोगी’ कि सामाजिक अभियन्ता ? के भन्छन् डाक्टर ?

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालगंजबाट काठमाडौँ आउने बुद्ध एयरको जहाजलाई एक घण्टा कुराएको आरोप लगाउँदै आफूहरूले ‘रामधुलाई’ गरेको दाबीसहित शनिवार एक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गरे ।

आफूलाई भ्रष्टाचार विरुद्धको अभियन्ता बताउने ज्ञानबहादुर शाहीले सार्वजनिक गरेको उक्त भिडियोमा मन्त्री भट्टराईमाथि गालीगलौज र हुलहुज्जत गरेको देख्न र सुन्न सकिन्छ । भिडियो हेर्नेले विश्वास गरे, मन्त्रीले साँच्चै अरू यात्रीहरूलाई एक घण्टा नै कुराए । भिडियो पोस्ट भएपछि सामाजिक सञ्जालमा मन्त्रीको आलोचना शुरू भयो ।

उक्त भिडिओमा एक यात्रुले संस्कृतिमन्त्री भएर पनि ‘संस्कार नभएको’ भनी टिप्पणी गरेको सुनिन्छ । अर्का यात्रुले ‘पञ्चायतकालमा पनि यस्तो नभएको’ भन्दै मन्त्री भट्टराईको आलोचना गरेका छन् । तर पनि मन्त्री भट्टराई मुस्कुराइ रहे ।

काठमाडौँ अवतरण भएपछि मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत् घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नै कारणले उडानमा केही ढिलाइ भएको स्वीकारे । उनले यसरी हुलहुज्जत गर्नेहरूले पारस ९पूर्व युवराज०का विरुद्धमा ७ लाख हस्ताक्षर गरेर दुख दिएको भन्दै चेतावनी दिएको दाबी गरेका छन् ।

यस्तो घटना कसरी भयो ?

नेपालगंज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जम्मा १५ मिनेट ढिलो भएको जानकारी दिए । ‘काठमाडौँबाट आएको जहाज नेपालगञ्ज् ग्रउण्डमा ५५ मिनेट बस्यो,’ उनले भने, ‘जसमा जहाजको इन्जिन सट डाउन गरिएपछि यात्रु ओराल्ने, चढाउने, इन्धन र कार्गो राख्ने आदि समयमा ३५ मिनेटदेखि ४० मनेट लाग्छ । त्यसबाहेक अतिरिक्त समय १५ मिनेट ढिलाई भएको हो ।’

त्यस्तै बुद्ध एयरले सोमवार विज्ञप्ति निकाल्दै ६ बजेर ४० मिनेटमा उड्नुपर्ने जहाजमा मन्त्री भट्टराई १० मिनेट ढिलो गरी ६ बजेर ५० मिनेटमा आइपुगेका थिए ।

‘मन्त्रीज्यु १८स्५० मा एयरपोर्ट आइपुग्ना साथ बाहिरका उत्तेजित समूह उहाँतिरै फर्केर तपाइँ किन ढिला आउनुभएको,तपाइँले गर्दा हामी सबैले कुर्नुपर्ने हो भनी अझ आकोशित हुनथालेपछि मन्त्रीज्यू चपचाप विमानभित्र चढ्नुभयो,’ बुद्ध एयर भन्छ, ‘सो समूह मन्त्रीज्यूसँगसँगै विमानभित्र एकैचोटी चढेर एकै ठाउँमा उभिएर ४(५ मिनेटसम्म अझ बढी आक्रोश पोख्न थाले ।’

सोही समूहका कारण विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको आरोप बुद्ध एयरले लगाएको छ । उक्त हुलहुज्जत गर्ने समूहलाई शान्त बनाई सिटमा बसाल्दासम्म विमान उडाउन २४ मिनेट ढिलो भएको बुद्ध एयरले निकालेको विज्ञप्तिमा उल्लेख छ । विमान ७ बजेर ४ मिनेट जाँदा उडेको थियो ।

आक्रोशित समूहको उद्देश्य के ?

पछिल्लो समयमा सरकारको विरोध गरेर सामाजिक सञ्जालमा चर्चा बटुलेका ज्ञानबहादुर शाहीले आफूलाई ज्ञानेन्द्र शाहीका रूपमा परिचित गराउदै आइरहेका छन् । यसअघि विवादित सञ्चारकर्मी रबी लामिछाने विरुद्ध लागेको आत्महत्या दुरुत्साहन अभियोगका क्रममा चितवनमा सरकारमाथि मात्र होइन, व्यवस्थामाथि नै उत्तेजक अभिव्यक्ति दिने गरेका पात्र हुन् शाही । सामाजिक सञ्जालमा उनले भारतीय राजदूत, अवकाशप्राप्त पूर्व भारतीय सेना प्रमुखसँग खिचाएका तस्वीरहरू छरपष्ट छन् ।

गत जेठ १५ गते पत्रकारविरुद्ध जथाभावी बोलेको भन्दै शाही सुर्खेतबाट पक्राउ परेका थिए । त्यतिबेला शाहीका विरुद्धमा पत्रकार महासंघले विज्ञप्ति नै जारी गर्नुपरेको थियो ।

‘ज्ञानेन्द्र शाहीले सामाजिक सञ्चालको दुरुपयोग गरी सार्वजनिक गरिएका सामग्री अभिव्यक्ति स्वतन्त्रताको उपभोगमात्रै हो भनेर भन्न सकिँदैन, उनका अभिव्यक्तिले कर्णाली प्रदेशका पत्रकारको आत्मसम्मानमा चोट पुग्नुका साथै असुरक्षा पैदा भएको छ,’ महासंघका केन्द्रीय महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लेखिएको थियो, ‘सामाजिक सञ्जालबाट अफवाह फैलाउनेविरुद्ध कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन महासंघ सम्बन्धित निकायसमक्ष माग गर्दछ ।’

शाही पक्राउ परेपछि काठमाडौँ ल्याइयो । शाहीले प्रहरीमाथि नै आक्रमण गरेर भाग्न खोजेको आरोप सुर्खेत प्रहरीले लागेको थियो । काठमाडौँबाट प्रहरीले सम्झाईबुझाइ छाडेपछि उनलाई पत्रकार ऋषि धमलाले आफ्नो टेलिभिजनमा लगेर अन्तर्वार्ता लिए । यसबाट उनको चर्चा थप चुलियो ।

मन्त्री योगेश भट्टराईले ज्ञानेन्द्र शाही र उनको समूहलाई ‘मण्डले’ भनी सम्बोधन गरेका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै आफूलाई मण्डलेहरूले कुत्सित र नियोजित मानसिकता बोकेर बदनाम गर्न खोजेको आरोप लगाए । आफू जनताप्रति जवाफदेही हुने तर मण्डलेप्रति हुन आवश्यक नभएको उनको तर्क छ ।

शाहीलाई गणतन्त्र विरुद्ध कसैले परिचालन गरेको हुनसक्ने शंका गरिएपनि कसले कसरी परिचालन गरेको हो भन्ने अझैसम्म पुष्टि भएको छैन । उनले बेलाबेलामा गणतन्त्र व्यवस्था खराब रहेको र भ्रष्टाचारीहरू जन्माएको भन्दै गणतन्त्रको आलोचना भने गर्ने गरेका छन् ।

मानसिक रोगी !

कतिपय समाजशास्त्रीहरूले शाहीको यस्तो प्रवृत्तिलाई मानसिक रोगको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पनि कतिपयले शाही मानसिक रोगी भएको हुन सक्ने विश्लेषण गरेका छन् ।

‘मानसिक रोग भनेर हामीले डिप्रेसनलाई मात्र बुझ्ने गर्छौं तर यथार्थ त्यस्तो होइन,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मनोरोग विशेषज्ञ डाक्टर धनरत्न शाक्य भन्छन्, ‘आफूलाई नै सबै कुराको केन्द्रमा राख्ने, आफूबाहेक अरूलाई नराम्रो देख्ने र आफूपछाडि एकाध मान्छे भए आवश्यकता भन्दा बढी हौसिनेहरू पनि मानसिक रोगको शिकार भएका हुन सक्छन् ।’

शनिवार नेपालगंज विमानस्थलमा मन्त्री ढिलो भएकाले जहाजमै ‘रामधुलाई’ गरियो भन्दै फेसबुकमा लेखेका शाही सोही जहाजमा काठमाडौँ आएका थिए । उनी फेसबुकमा आफ्नो पक्षमा आएका प्रतिक्रियाहरू देखेर हौसिए । अर्को पक्षले यो विषयमा केही बोल्न नपाउँदै ललितपुरमा पत्रकार सम्मेलन गर्न तम्सिए ।

उनको तथाकथित पत्रकार सम्मेलनमा वास्तविक पत्रकार कोही गएनन्, बरू केही युट्युबरहरू पुगे । त्यहाँ हुलदंगा भयो । प्रहरीले सुरक्षा गर्ने भन्दै थुनामा लगेर राख्यो । आइतवार प्रहरी थुनामा राखिएका शाहीलाई सोमवार प्रहरीले आइन्दा यस्तो हुलहुज्जत नगर्ने शर्तमा सम्झाईबुझाई छाड्यो । तर शाहीले सुध्रिने छाँटकाँट ल्याएका छैनन् ।

विमानभित्र हुलहुज्जत गर्नेलाई कस्तो कारवाहीको व्यवस्था छ ?

आफूलाई भ्रष्टाचारविरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीको समूहले मन्त्री भट्टराईका कारण विमान डिले भएको भन्दै विमानस्थल र विमानभित्रै पनि होहल्ला र हुलहुज्जत गरेका थिए ।

विमानभित्र चर्को स्वरमा बोल्ने, होहल्ला गर्ने, अन्य यात्रु तथा विमान कर्मचारीलाई दुर्व्यवहार गर्ने कामलाई संसारभरिका एयरलाइन्सले अपराधका रूपमा लिने गर्छन् । संसारभरिका एयरलाइन्सको छाता संगठन इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) ले दुर्व्यवहार गर्ने यात्रुहरू हवाई सुरक्षाका लागि गम्भीर र वास्तविक खतरा भएको बताएको छ ।

नेपाल लगायत सबै देशको कानूनमा विमानभित्र गरिने असामान्य व्यवहार कसूर ठहरिने व्यवस्था छ । नेपाल नागरिक उड्डयन ऐन, २०७३ को नागरिक उड्डयनको नियमन तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा ‘वायुयानमा यात्रुबाट हुने अवांछित व्यवहारजन्य कसुर’ को व्यवस्था गरिएको छ ।

उक्त व्यवस्थामा उल्लेख गरिएबमोजिम, ‘उडानमा रहेको वायुयानमा कुनै यात्रुले वायुयानमा सवार चालकदलका सदस्य वा अन्य यात्रु माथि हातपात वा दुर्व्यवहार गरेमा वा वायुयानका यन्त्र, उपकरण वा सरसामानमा हानि नोक्सानी पुर्‍याउने कार्य गरेमा वा वायुयानभित्रको शान्ति सुव्यवस्थाका साथै उडान सुरक्षामा समेत खलल पुग्ने अन्य कुनै किसिमको कार्य गरेमा अवांछित व्यवहार गरेको कसूर मानिनेछ र यस्तो कसुर गर्नेलाई रु। दश हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies