Khabar Dabali Logo
  June 1, Mon

यस्तो छ विप्लव नेकपाको अबको रणनीति

काठमाडौं । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

आजको राजधानि दैनिकमा खबर छ–सरकारले आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ गर्ने र गलाएर पार्टीसमेत छाड्ने परिस्थितिमा पु¥याएपछि चन्द नेतृत्वको नेकपाले रणनीति बदल्दै वार्ताका लागि सकारात्मक हुने संकेत गरेको हो ।

प्रतिबन्धपछि भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको ‘विप्लव’ समूहले पार्टी छाडेकालाई धमाधम कारबाही गर्दै रक्षात्मक रूपमा गतिविधि सञ्चालन गर्दै आएको छ ।

विप्लव नेतृत्वको नेकपाका उच्च तहका एक नेताले पार्टीभित्र वार्ताका लागि छलफल भइरहेको र सरकार नै पहिले सकारात्मक हुनुपर्ने बताए । ‘वार्ता नै नगर्ने भन्ने त होइन, पार्टीभित्र छलफल भइरहेका छन् । सरकार वार्ताका लागि सकारात्मक रूपमा तयार भए हुन सक्छ,’ ती नेताले भने ।

महासचिव विप्लवले समेत केही दिनअघि एक अन्तर्वार्ताका क्रममा आफू वार्ताको निरपेक्ष विरोधी नभएको बताएका थिए । तर, सरकारले विगतमा वार्ताको हल्ला मात्रै फिँजाएको र सरकारतर्फकै केही व्यक्ति अहिले पनि वार्ता विरोधी रहेको उनले भनेका छन् ।

‘जनताका एजेन्डामा बहस गर्न हामी सधैं खुला छौं तर वार्ता देश र जनताका विषयमा केन्द्रित हुनुपर्दछ,’ विप्लवले भनेका छन् ।

भदौ ३० गते, २०७६ - ०७:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना संक्रमित फेरी ६० जना संक्रमित थपिए, विहान ६३ थपिएका थिए

काठमाडौं । २ नं. प्रदेशमा आइतबारमात्रै ६० जना संक्रमित थपिएका छन् । यसअघि आइतबार विहानमात्रै कर्णाली...   

कोरोनाका कारण बाजुरामा एक बालिकाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण बाजुरामा दुई वर्षिय बालिकाको मृत्यु भएको छ । ८ दिनअघि भारतबाट नेपाल...   

आज एकैदिन थपिए ६३ संक्रमित, कहाँका हुन् थपिएका संक्रमित !

काठमाडौं । कर्णाली प्रदेश आइतबार एकैदिन ६३ जना कोरोना संक्रमित थपिएका छन् । पहिलोपटक संक्रमित भेटिएको...   
भारतीयहरु जवर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रद्वारा हवाई फायर

भारतीयहरु जवर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रद्वारा हवाई फायर

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका २ पकडीको दशगजा क्षेत्रबाट नेपाल छिर्न खोजेका भारतीय नागरिकहरुको...   
यसकारण एमसिसि पारित हुन हुँदैन : २६ बुँदामा पढ्नुहोस् -किन गलत छ ?

यसकारण एमसिसि पारित हुन हुँदैन : २६ बुँदामा पढ्नुहोस् -किन गलत छ ?

अमेरिकी आयोजना एमसिसि नेपालमा बहुचर्चित र विवादित विषय हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेत...   

सेना परिचालन गरिने, लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले आवश्यक ठाउँमा सेना परिचालन सहित लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री...   

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

काठमाडौं । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण...   

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको नयाँ मोडालिटिबारेमा पनि छलफल हुने

काठमाडौं । विभिन्न विषयमा छलफलका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । शनिबार साँझ ५ बजे प्रधानमन्त्रको...   

शनिबार एकैदिन थपिए १ सय ८९ संक्रमित , १४०१ पुग्याे संख्या

काठमाडौं । शनिबार एकैदिन १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस...   

कपिलबस्तुमा शनिबार मात्रै ७७ थपिए संक्रमित

बुटवल । कपिलबस्तुमा आज शनिबार एकैदिन ७७ नयाँ संक्रमित थपिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top