Khabar Dabali Logo
  January 19, Sun

अमेरिकन सेनासँगको संयुक्त अभ्यास कार्यक्रम नगर्न सत्तारुढ सांसदको माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ तथा सांसद पफ्फा भुसालले अमेरिकन सेनासँगको संयुक्त सैन्य अभ्यास कार्यक्रम नगर्न सरकारसँग माग गरेकी छिन । नेतृ भुसालले नेपालको परराष्ट्र नीतिलाई मध्यनजर गर्दै विवादित कार्यक्रम रोक्नुपर्ने बताईन् ।

बिहिबार प्रतिनिधि सभाको वैठकमा बोल्दै नेतृ भुसालले भनिन्, ‘आगामी नोम्बेम्बर ४ देखि १५ सम्म नेपालको सशस्त्र प्रहरीसँग अमेरिकन सेनाले दुईवटा प्रशिक्षण कार्यक्रमको प्रस्ताव गरेको छ । अन्नपूर्ण राउण्ड र उद्धार कार्यक्रमको नाउँमा कुरिन्टारमा राख्ने गरेर प्रस्ताव गरेको छ । नेपाल असलंग्न परराष्ट्र नीतिमा अडिग रहेको छ । कुनै एउटा राष्ट्रले बनाएको सुरक्षा एलाइन्समा रहनु हुँदैन् ।’

उनले कुनै राष्ट्रले बनाएको सुरक्षा एलाइन्समा नेपाल रहन नहुने बताईन् । इण्डोप्यासिफिक एलाइन्स आफैं विवादमा रहेको बताउँदै नेतृ भुसालले कुनै देशले बनाएको एलाइन्समा लागेर विवादमा पर्नु नहुने बताईन् ।

‘यो संगठनमा नेपाल औपचारिक हिसाबले आवद्ध छैन्, यो खालको जोइन्ट प्रशिक्षण नगरियोस् भनेर नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ भुसालले भनिन्, ‘हामीले यस सन्दर्भमा हाम्रो असलंग्न परराष्ट्र नीतिलाई अबलम्बन गर्दै हामी कुनै पनि देशको एउटा एलाइन्समा लाग्नु हुँदैन् भन्ने कुराको माग पनि गर्न चाहन्छु ।’

अमेरिकन दुतावासको स्पष्टीकरण पत्र के हो ?

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्रीको भेटबारे अमेरिकन दुतावासले स्पष्टीकरण सोधेको बारे नेकपा नेतृ भुसालले सरकारसँग जवाफ माग गरेकी छिन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भनिन् ‘पूर्वप्रधानमन्त्री नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इन्डो प्यासिफिक रणनीतिमा आवद्ध छैन भनेको विषयमा अमेरिकी दूतावासले स्पष्टीकरण माग्दैछ भन्ने आएको छ, यो बारे के हो नेपाल सरकारले भन्न जरुरी छ ।’

भदौ २६ गते, २०७६ - १५:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

को हुन् अग्निप्रसाद सापकोटा ? यस्तो सापकोटाको राजनीतिक पृष्ठभूमि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुखमा अग्निप्रसाद सापकोटाको...   

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, सभामुखको नाम अनुमोदन हुने

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखको विषयमा पार्टीको तर्फबाट औपचारिक निर्णय लिन नेकपा सचिवालयको बैठक...   
आफूँलाई पढाउने  शिक्षिकाको  प्रेममा परे पछि युट्युबर शिशिर यस्तो अवस्थामा (भिडियोसहित)

आफूँलाई पढाउने शिक्षिकाको प्रेममा परे पछि युट्युबर शिशिर यस्तो अवस्थामा (भिडियोसहित)

काठमाडौं । चर्चित गायक दिनेश गौतमको आवाजमा रहेको ‘म मरिसकेपछि’ गीतको भिडियो सार्वजनिक भएको छ ।...   
गायक रमेश राना र सिता थापाले ल्याए सालैजो भाका “स्याङजाली माया” भिडियोसहित

गायक रमेश राना र सिता थापाले ल्याए सालैजो भाका “स्याङजाली माया” भिडियोसहित

काठमाडौं । गायक रमेश राना र गायिका सिता थापाको सालैजो भाका “स्याङ्जाली माया” सार्वजनिक भएको छ । मौलिक...   

राष्ट्रियसभा बैठक : ‘एमसिसी’का पक्ष विपक्षमा चर्काचर्की बहस

काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज...   
नेकपा–राजपाको गठबन्धनलाई रिजवान अन्सारीको पार्टीले सघाउने

नेकपा–राजपाको गठबन्धनलाई रिजवान अन्सारीको पार्टीले सघाउने

काठमाडौं । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको...   
कसरी सम्भव भयो अग्नि सापकोटाको विषयमा सहमती ?

कसरी सम्भव भयो अग्नि सापकोटाको विषयमा सहमती ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   
को बन्छ अबको सभामुख ? टुंगो लगाउन ओली–प्रचण्ड अन्तिम गृहकार्यमा

को बन्छ अबको सभामुख ? टुंगो लगाउन ओली–प्रचण्ड अन्तिम गृहकार्यमा

काठमाडौं । सभामुखको उम्मेदार टुंगो लगाउन सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल...   

गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी

काठमाडाैं । गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top