Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अठार वर्षपछि साधारणसभा, एउटा धारा जडान गर्न रु ४० हजार

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्चालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महीनाभित्र साधारणसभा सम्पन्न गर्न सांसददेखि नगरपालिकासमेतले निर्देशन दिएको छ ।

विसं २०५२ मा स्थापना भई हाल एक हजार २०० घरपरिवारलाई पानी वितरण गर्दै आएको समितिले १८ वर्षसम्म साधारणसभा नगरेको, लेखापरीक्षण नगरेको, आयव्यय सार्वजनिक नगरेको र समितिका कर्मचारीले व्यापक अनियमितता गरेको आरोप लाग्दै आएपछि वडा कार्यालयमा आज भएको सर्वपक्षीय बैठकले एक महीनाभित्र साधारणसभा गर्न निर्देशन दिएको हो ।

सूर्यविनायक–१ सिरुटार वडा कार्यालयले आज आह्वान गरेको उपभोक्ता भेलामा सहभागी स्थानीय बासिन्दा एवं प्रदेश नं ३ का प्रदेश सांसद शशीजङ्ग थापा, वडाध्यक्ष सानुकाजी कायस्थ, समितिका पदाधिकारी, जनप्रतिनिधि एवं उपभोक्ता सहभागी भेलाले आगामी असोज १० गतेभित्र समितिलाई साधारणसभा गर्न अन्तिम समय दिएको हो ।

असोज १० गतेभित्र साधारणसभा नगरे वडा कार्यालयले उक्त समिति विघटन गरी नयाँ समिति गठन गरेर अनियमितताबारे छानबिन गर्ने सर्तमा सबै सहमत भएका छन् । खानेपानी समितिमा रहेका पदाधिकारीमध्ये कोषाध्यक्षसहित दुई सदस्यको मृत्यु भइसकेको र हाल अध्यक्ष, सचिव र सदस्यसहित चार जना मात्रै रहँदा समितिभन्दा कर्मचारी हाबी हुँदा अनियमितता भएको र कर्मचारीले रु १० हजारमा जडान गर्नुपर्ने धारालाई ४० हजारसम्म लिएर जडान गर्ने गरेको भन्दै छलफलमा समितिको व्यापक आलोचना भएको थियो ।

भेलामा सांसद थापाले काकाकुल रहेको सिरुटारमा आफू गाविस अध्यक्ष हुँदादेखि खानेपानी ल्याउन पहल भएको बताउँदै आएको खानेपानी पनि अव्यवस्थित हुँदा कतै वर्र्षौंदेखि पानी नगएको र कतै जथाभावी छाडिएको पाएको बताए । खानेपानीका कर्मचारीबाट व्यापक अनियमितता भएको, एउटै धारा जडान गर्न कर्मचारीले रु एक लाखसम्म मागेको गुनासो आफूमा आएको बताउँदै भेलाको निर्णयानुसार असोज १० गतेभित्र साधारणसभा गर्न समितिलाई निर्देशन दिए ।

वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थले असोज १० गतेभित्र समितिले साधारणसभा नगरे असोज ११ गते नगरपालिकाले हस्तक्षेप गर्ने र समिति सञ्चालन गरेर अनियमितताबारे छानबिन गरिने निर्णय भएको बताए । समितिका अध्यक्ष अच्युत मिश्रले आफूले निकै दुःख गरेर खानेपानीको व्यवस्था गरेको बताउँदै केही कर्मचारीको बेइमानीले समस्या आएको बताए । उनले समितिको अडिट भइरहेको बताउँदै भेलाले गरेको निर्णयानुसार असोज १० गते अगाडि नै साधारणसभा गरेर नयाँ समिति गठन गर्ने बताए ।

यसअघि पनि समितिले एक वर्ष अघि डिभिजन खानेपानी कार्यालयमा भेला गरी जनप्रतिनिधिको रोहबरमा ४५ दिनभित्र साधारणसभा गर्ने भनिए पनि हुन सकेन । साधारणसभा नहुँदा सरकारी तथा गैरसरकारी संस्थाले बजेट नदिँदा थप खानेपानीको व्यवस्था गर्न र पानी शुद्धीकरणसमेत गर्न सकिएको छैन । यसक्षेत्रमा चार वर्षदेखि सिरुटार उपयोगी चोक क्षेत्रमा पानी आएको छैन भने केही स्थानमा सातामा केही दिन र केही स्थानमा तरकारीमा लगाउनसमेत पुग्ने गरी पानी वितरण गर्दै आएको स्थानीवासीको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies