Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

कावासोती । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ ।

ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ । सोही आधारमा नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकलाई आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको बैंक खातामा जम्मा गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताए ।

ज्येष्ठ नागरिकले विभिन्न समयमा यसप्रकारको माग गर्दै आएकोमा नगरपालिकाले सोहीअनुसार उनीहरुको माग सम्बोधन गर्न यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । नगरपालिकाले निजी क्षेत्रमा कार्य गर्ने कर्मचारीलाई समेत १० प्रतिशत रकम जम्माका लागि आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । उनका अनुसार नगरपालिकामा रहेका व्यापार, व्यवसाय गर्ने उद्योगी र व्यापारीलाई समेत आफ्नो आम्दानीको १० प्रतिशत आमाबुबाको खातामा जम्मा गर्न भनिएको छ । “ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले यस्तो नीति लिएको हो, हामीले सबैमा आग्रह गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, “यो स्वच्छिक विषय हो ।”

नगरपालिकाले आमाबुबाको खातामा पैसा जम्मा गर्नेको विवरणसमेत सङ्कलन गरेर राख्ने बताउँदै उहाँले यही आधारमा भोलिका दिनमा यससम्बन्धी थप योजना निर्माण गरिने जानकारी दिनुभयो । “हामीले सबैमा आह्वान गरेका छौँ, गत महीनाको तलब निकासा भएको छैन, हामीलाई विश्वास छ, सबैले यसलाई अनुशरण गर्नुहुनेछ”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने ।

नगरपालिकाबाट सम्बन्धित व्यक्तिको खातामा पारिश्रमिक गएपछि, सोहीअनुसार आफूले प्राप्त गरको रकमबाट दश प्रतिशत रकम आमाबुबाको छुट्टै बैंक खातामा जम्मा गर्न भनिएको उनले बताए । ज्येष्ठ नागरिकको सम्मानसहित उनीहरुको उपचार, पोषणमा सहयोग पुर्याउने उद्देश्यले यस्तो नीति लिइएको देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले बताए । नगरपालिकाको यो नीतिले ज्येष्ठ नागरिक उत्साही भएको उनले बताए । यस्तो नीतिले कुनै पनि परिवारमा ज्येष्ठ नागरिकलाई नहेर्ने गरेको भए नैतिक दबाब सिर्जना हुने बताउँदै नगर प्रमुख श्रेष्ठले ज्येष्ठ नागरिक परिवारमा अपहेलित हुने, बिरामी पर्दा समयमा उपचार नहुने, आफ्ना आवश्यकता पूरा गर्न पैसा नहुँदा समस्यामा पर्नेजस्तो कुरालाई यसले न्यूनीकरण गर्ने धारणा व्यक्त गरे । “नैतिकरुपमा आफ्ना आमाबुबाप्रति जिम्मेवार बनाउन यस्तो कदम चालिएको हो, यसले पारिवारिक सम्बन्धसमेत मजबुत बनाउन सहयोग पुग्ने छ”, नगर प्रमुख श्रेष्ठले भने । यसलाई कार्यान्वयन गराउन सबै जनप्रतिनिधि एकमत भएकाले यो लागू हुने विश्वास उनको छ ।

नगरपालिकाले शुरुआत गरेको कदम सिर्जनात्मक भएको देवचुलीका सामाजिक अगुवा खिमानन्द भुसालले बताए । नगरपालिकाको यो कार्य राम्रो भएको भए पनि यसलाई व्यापक छलफल गरी सोहीअनुसार कार्यविधि बनाएर कार्यान्वयमा जाँदा अझै राम्रो हुने उनको दाबी छ । विवाहित महिला जागीरे हुँदा आमाबुबा वा सासूससुरा कस्कोमा रकम जम्मा गर्ने स्पष्ट नभएको भुसालले बताए । अंशसमेत लिई अलग्गै बसेकाको हकमा के गर्ने, सन्तानको तलबभन्दा धेरै पेन्सन पाउने आमाबुबाको हकमा के गर्ने, तोकेबमोजिम नगर्नेलाई कसरी दायरामा ल्याउनेजस्ता विषयमा स्पष्ट भएर कार्यविधि बनाउँदा कार्यान्वयनमा सहजता हुने उनले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies