Khabar Dabali Logo
  October 24, Thu

दाम्पत्यबीच जति धेरै झगडा उति नै सम्बन्ध कसिलो

दाम्पत्य सम्बन्धमा माया(प्रेम मात्र भयो भने त्यो सम्बन्ध सधैं एकनासको हुन्छ । श्रीमान्- श्रीमतीबीचको यो सम्बन्धमा स(साना झैं-झगडा भयो भने मात्र कहिले रिसाउने अनि कहिले फकाउने कुराले त्यो सम्बन्ध रोचक हुन थाल्छ ।

मानिसको स्वभाव नै परिवर्तनशील छ । त्यसैले उ एकै किसिमको सम्बन्धभन्दा केही फरक होस् भन्ने चाहान्छ । त्यसैले माया(प्रेमको सम्बन्धमा पनि कहिले काहीँ स(साना मनमुटाव हुँदा रिसाउने(फकाउने हुन्छ, जसले माया झन् बढ्छ । तर झगडाले माया बढ्छ भन्दैमा धेरै दिनसम्म रहने गरि झगडा भने गर्नु हुँदैन । त्यो झगडा छोटो समयको लागि हुनु पर्छ । त्यसले दम्पतीबिचको माया झन् प्रगाढ बन्दै जान्छ, दुबै अझ नजिकिन थाल्छन् ।
कहिले काहीँ हुने झगडा आवश्यक छ भन्ने धारण धेरै विवाहित जोडीहरुको रहेको छ । कहिलेकाहिं हुने झगडाले एक(अर्काको इच्छा, चाहाना र राम्रा(नराम्रो कुराहरु बुझ्ने मौका प्राप्त हुन्छ ।

श्रीमान-श्रीमतीबीच हुने वहसका कारण दाम्पत्य जीवन अझ बलियो हुन्छ भन्ने हालै भएको एउटा अनुसान्धानले प्रमाणित गरेको छ । जुन दम्पतीमा स(साना कुरालाई लिएर वहस हुन्छ, त्यस्ता दम्पति अन्य समयमा खुशीका साथ रहने गर्छन् । तर जुन दम्पतिको कुनै पनि कुरामा वहस हुँदैन, मनको कुरा मनमा नै राख्ने बानी हुन्छ, उनीहरु एक्लै हुँदा रुने, भित्र-भित्रै जल्ने गर्छन् । उनीहरुलाई एक(अर्कासंग वहस अथवा झैं-झगडा गर्दा सम्बन्ध तोडिने डरका कारण उनीहरु चित्त नबुझेको कुरामा पनि चुपचाप बस्ने गर्छन् ।

धेरै दम्पतीको सम्बन्ध बिग्रनुको महत्वपूर्ण कारण नराम्रो संवाद अथवा कुराकानीमा कमी रहेको पाइएको छ ।

आफ्नो भावना एक-अर्कासंग बाँढ्दा, आफुलाई चित्त नबुझेको कुरामा झगडा गर्दा सम्बन्ध कमजोर होइन, झन् बलियो हुन्छ भन्ने कुरा दाम्पत्य जीवनमा गरिएको अनुसन्धानले पत्ता लगाएको छ । आज हामी दाम्पत्य जीवनमा हुने स-साना झगडाको फाइदाको बारेमा केही उल्लेख गर्नेछौं ।

इमान्दार हुन्छन् झगडाको सुरुवात गर्नेहरु

दाम्पत्य सम्बन्धमा रिसाउने व्यक्ति एक(अर्काप्रति धेरै नै इमान्दार हुन्छन् भन्ने कुरा अनुसन्धानकर्ताको धारणा रहेको छ । त्यस्ता दम्पती एक(अर्कालाई प्रेम गर्ने, ध्यान दिने र मन नपर्ने कुरामा परिर्वतन चाहाने किसिमका हुन्छन् ।

त्यस्तै जुन दम्पतीबीचमा माया(प्रेम हुँदैन, उनीहरु एक(अर्काको कुरामा ध्यान नदिने, वास्ता नगर्ने किसिमका हुन्छन् । जुन दाम्पत्य जीवनमा धेरै झगडा हुन्छ, त्यस्ता दम्पतीबीच अथाह प्रेम र उनीहरुको सम्बन्ध पनि बलियो हुन्छ ।

लामो समयसम्मको प्रेम

एक-अर्कासँग वहस हुँदा उस्तै शैलीमा सवाल(जवाफ गर्ने र हरेक कुरालाई प्रष्ट रुपले खुलाएर भन्ने, स(साना कुरा जुन आफुलाई चित्त बुझेको छैन, ती कुराहरुका बारेमा पनि खुलेर वहस गर्नेको सम्बन्ध बलियो हुन्छ । वहसको समयमा एक(अर्कालाई बुझ्ने कोसिस गर्ने र आफ्नो सम्बन्ध बलियो बनाउनका लागि आफ्ना भावनाहरुलाई ब्यक्त गर्न आवश्यक छ ।

दम्पतीबीचको झगडा के कारणले भयो, त्यो महत्वपुर्ण हुँदैन । तर, झगडालाई कसरी व्यवस्थापन गर्ने त्यो महत्वपुर्ण हुन्छ । झगडापछि बोलचाल नै बन्द गर्नु हुँदैन, आफ्नो मनमा लागेको कुरा सबै बताउनु पर्छ । सानो झगडालाई ठुलो हुन दिनु हुन्न, सानो झगडा ठुलो भएर कुटपिटसम्म पुग्यो भने त्यसले सम्बन्ध टुक्क्राउन पनि सक्छ । यो कुरालाई ध्यान दिनु आवश्यक छ । केही कुरा यस्ता हुन्छन्, जुन झगडा गर्ने क्रममा पनि भन्नु हुँदैन ।

अपमान (इन्सल्ट) गर्नु हुँदैन

झगडाको समयमा एक(अर्कालाई इन्सल्ट गर्ने प्रयास गर्नु हुँदैन । यदि सानो झगडाले ठुलो रुप लिन थाल्यो भने आफुलाई सम्हाल्नु पर्छ । जुन कुराले एक(अर्कालाई चोट पुर्‍याउँछ, त्यो कुरा बोल्नु हुँदैन । तपाईंले रिसको झोंकमा बोलेको कुराले तपाईंको पार्टनरले जीवनभर मनमा लिएर बस्न सक्छन् ।

छुट्टिनु पर्छ त भन्दै नभनौं

झगडाको क्रममा अथवा झगडा भएको केही क्षणमा नै कुनै ठुलो निर्णय लिनु हुँदैन । झगडा भएको समयमा एक(अर्कासँग छुट्निे कुराले तपाईंको सम्बन्ध सधैको लागि अन्त्य हुन सक्छ । यसले तपाईहरुको एक-अर्काप्रतिको विश्वास हराउँछ । एक-अर्काप्रति जीवनमा केहि समस्या आयो भने साथ नदिने रहेछ भन्ने सोचाइ आउन सक्छ ।

पुरानो कुरा नगर्नुहोस्

झगडा भएको समयमा बितिसकेका अथवा पुराना कुराहरु निकाल्नु हुँदैन । झगडाको कारण अर्को हुन्छ तर पुराना कुराहरु कोट्याएर झगडालाई अझ बढाउनु गलत हो । त्यस्ता कुराहरु जुन तपाईंले पहिले नै सुल्झाइसक्नु भएको छ भने त्यो कुरामा पुनः वहस गर्नु मुर्खता हुन्छ ।

यदि तपाईं एक(अर्कालाई प्रेम गर्नु हुन्छ भने बितिसकेका कुरालाई पुनः वहसको कारण बनाउने भुल नगर्नु होला । त्यसले तपाईंलाई निराशता मात्र प्राप्त हुन्छ ।

म कमाउने तिमी उडाउने

यो वाक्य त्यस्तो हो, जुन कुनै पनि श्रीमतीले सुन्न चाहान्नन् । आफु कमाउँछु भनेर कहिले पनि श्रीमतीको अगाडि फुर्ती लगाउनु हुँदैन । दाम्पत्य जीवनमा श्रीमान्(श्रीमतीले आ(आफ्नो जिम्मेवारी पुरा गरेका हुन्छन्, त्यसैले कहिले पनि एक(अर्काबीच तुलना गर्नु हुँदैन ।

सानो कुरालाई ठुलो नबनाउनुहोस्

कुरा सानो होस् अथया ठुला एक(अर्काको कुरा राख्ने अधिकार दुबैलाई हुनु पर्छ । एक(अर्काको कुरा ध्यानपूर्वक सुन्नु आवश्यक छ । आफ्नो पार्टनरको दृष्टिले पनि हेर्ने कोसिस गुर्न पर्छ । त्यसले झगडा रोक्न सहयोग गर्छ ।

एक-अर्कासँग कुरा गर्नुको फाइदा

झगडा भएपछि कुराकानी बन्द भयो भने समस्याको समाधान पनि निस्कदैन । त्यसैले झगडापछि पनि बोलचाल गर्नु पर्छ । हो, कसैको स्वभाव नै जिद्दी हुन्छ, सम्झाउन गाहो हुन्छ तर तपाईंले धैर्यताका साथ काम लिनु आवश्यक हुन्छ ।

अतितका सम्बन्धलाई कोट्याउनु हुँदैन

झगडाको क्रममा पुराना सम्बन्धको बारेमा कुरा निकाल्नु गलत हो । एक(अर्कालाई अतितका सम्बन्धलाई लिएर बिझ्ने कुरा भन्नु भनेको आफ्नो सम्बन्ध झन् कमजोर बनाउनु हो । त्यसैले बिर्सेर पनि एक(अर्काको अतितलाई झगडाको बीचमा ल्याउनु हुँदैन । यसो गर्दा झगडाले अर्कै रुप लिन सक्छ ।

नातेदारको बारेमा नबोल्दा राम्रो

प्रायः दम्पतीहरु एउटा कुरामा झगडा परेको हुन्छन् तर कुरा एक(अर्काको नातेदारको हुन थाल्छ । तिम्रो नातेदार यस्तो, तिम्रो नातेदार उस्तो भनेर एक-अर्कालाई घोचपेच गर्न थाल्छन् । झगडाको क्रममा एक(अर्काको आमा(बुबा, भाइ-बहिनीलाई निशाना बनाएर अप्रिय बोली बोल्नु हुँदैन । त्यसले झगडा झन् बढाउँछ । कसैले पनि आफ्नो नातेदारको बारेमा नराम्रो सुन्न सक्दैन । त्यसैले दुबैले एक(अर्कामा नियन्त्रण राख्न आवश्यक छ ।

अरुसंग तुलना गर्नु हुँदैन

श्रीमान्को गुनासो हुन्छ-तिमी भन्दा समझदार त तिम्री दिदी, बहिनी अथवा भाउजु छिन् । उनीहरु कहिल्यै आफ्ना श्रीमानसँग वहस गर्दैनन् ।

श्रीमतीको गुनासो झन् कडा हुन्छ-पहिला आफुलाई हेर, तिम्रो बुबा र दाई जस्तो तिमीमा के त्यस्तो गुण छ र रु तिमीसंग विवाह गरेर म फसेँ । मेरो साथीको श्रीमान्ले उनलाई कस्तो माया गर्छन्, तिमीले मलाई त्यस्तो कहिल्यै गरेनौ। । श्रीमान्श्री-मतीको झगडामा त्यस्ता कुराहरु धेरै हुने गर्छन् । तपाईहरुबीच भएका झगडामा आफूसँग अरुहरुको तुलना कहिले पनि गर्नु हुँदैन । श्रीमान्श्री-मती दुबैले त्यस्ता कुराहरु सहन सक्दैनन् ।

आफ्नो अनुहार हेरेका छौ ?

श्रीमान्श्री-मतीले एक(अर्कालाई होच्याउनु हुँदैन । श्रीमान्को भनाइ हुन्छ- जति क्रिम लगाए पनि अनुहार उस्तै हो, शरीर मोटाएर भैंसी जस्तो भैसक्यो । श्रीमती भन्छिन्(सेतो कपालमा कलर गरेर कालो बनाउनु, मेरो अगाडि बुढो देखियो’ जस्ता कुराहरु एक(अर्कालाई भन्नु भनेको दुबैले एक(अर्काको बेइज्जत गर्नु हो । त्यस्ता कुराले दुबैको मन दुख्छ । त्यसैले आफ्नो बोलीमा नियन्त्रण राख्नु पर्छ । उमेर अनुसार हरेक मानिसमा परिपक्वता आउँछ ।

तिमी केही बुझ्दैनौं

यदि तपाईं एक-अर्कालाई( तिमी केहि बुझ्दैनौ भन्ने जस्ता कुरा गर्नु हुन्छ भने तपाई आफ्नो पार्टनरको अस्तित्वमा आँच पुर्याउदै हुनुहुन्छ । त्यस्ता वाक्यले तपाईंले आफ्नो पार्टनरको कुनै कामको छैन् भन्न खोजेको बुझिन्छ । यदि तपाईं झगडाको क्रममा एक(अर्कालाई केहि कामको छैनौ भन्ने शब्द प्रयोग गर्नु हुन्छ भने त्यसले झगडालाई थप चर्काउन सहयोग गर्छ ।

धार्मिक कारण

दम्पतीका बीचमा हुने अधिकांश विवादहरु धार्मिक कारणले पनि हुने गर्दछ । महिलाहरु खुट्टाको जुत्ता हुन्, महिलाको लागि पुरुष भगवान् हुन जस्ता कुराले महिला(पुरुषबीचमा भिन्नता ल्याएको छ । जसले गर्दा पुरुषले सधै महिलालाई दबाएर राख्ने मानसिकताको विकास हुन्छ । अहिले महिला पनि पुरुषको बराबारी हुने भएकाले त्यस्तो कुराको विरोध गर्छन्, जसको कारण झगडा भैरहेको हुन्छ । अनलाइनखबर

साउन १९ गते, २०७६ - १५:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अब अविवाहित महिलाले भत्ता पाउने

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता...   

कुखुरापालक किसानले मूल्य नपाउँदा चल्ला नकिन्ने घोषणा

दाङ । दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको...   
यसकारण दिँदैन विवाहले स्थायी खुसी

यसकारण दिँदैन विवाहले स्थायी खुसी

के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ रु यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका...   

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली । तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका...   

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

काठमाडौ । दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून...   

प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन...   

पर्यटकको रोजाइमा तालपोखरा

बेझाड । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने...   

सत्तारुढ नेकपाले भोली चियापन गर्दै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका...   

विद्यालयमा तालाबन्दी

लहान । विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी...   

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top