Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै

परासी । सडकबाट उद्धार गरिएको दश महीनापछि मात्र बङ्गलादेशकी एक महिलालाई स्वदेश फर्काउन सहज वातावरण बनेको छ । नेपालस्थित बङ्गलादेश राजदूतावासमार्फत उनलाई आउँदो सोमबार आफ्नो देश पठाउन लागिएको हो ।

मानसिक सन्तुलन गुमेपछि आफ्नो देशबाट भौँतारिँदै नेपाल पसेकी ती महिलालाई गत भदौ १० गते पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित गोबरहिया प्रहरीचौकी नजीकै सडकमै बच्चा जन्माई सालनालसहित बेवारिसे अवस्थामा उद्धार गरिएको थियो ।

बच्चासहित ती महिलालाई नवलपरासी जिल्ला प्रहरी कार्यालयले उद्धार गरी जिल्ला अस्पताल पुर्याएको थियो । बङ्गलादेशको माणिकगञ्ज नजीकै माइती र आरैचा घर बताउने करीब ४५ वर्षीया साहेला खातुनलाई उपचारपछि विगत सात महीनादेखि नै स्वदेश फर्काउन पहल गरिएको थियो ।

रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा ललितपुरस्थित कोसिस नेपाल नामक संस्थामा चार महीनाको उपचारपछि ती महिलाको गत माघमै होस आएको थियो भने बच्चालाई परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा नर्स र महिला प्रहरीको रेखदेखमा छ महीनासम्म संरक्षणमा राखिएको थियो । उपचारपछि पुनः परासी फर्किएकी ती महिलालाई पुनःस्थापनाका लागि परासीस्थित अल्पकालीन आश्रयस्थल सेवा केन्द्रमा सात महीनासम्म आश्रय दिइएको थियो ।

ती महिलालाई आफ्नै देश फर्काउन काठमाडौँस्थित बङ्गलादेश दूतावासमार्फत पहल गरिए पनि उनको पहिचान खुल्ने कुनै पनि कागजात नभएपछि दूतावासले सुनुवाइ नगरेको उक्त नगरपालिकाकी उपप्रमुख रम्भा कुँवरले बताए ।
बङ्गलादेशमै एक वर्ष काम गरी फर्किएकी रेडियो परासीकी मालती न्यौपानेले उनको परिवारसँग सम्पर्क गराउनाका साथै नागरिकतालगायत आवश्यक कागजात मगाउन सहजीकरण गरेकीले अहिले ती महिलालाई देश फर्काउन सहज भएको उपप्रमुख कुँवरले जानकारी दिए ।

उनले भने, “कागजपत्र भएपछि मानव सेवा आश्रमको पहलमा दूतावासले टिकटको व्यवस्था मिलाएको छ, यही साउन ६ गते काठमाडौँदेखि ढाकाको नियमित उडानबाट ती महिलालाई आफ्नो देश पठाउने तय भयो, लामो प्रयासपछि उलाई फर्काउन सफल भएका छौँ, उनलाई देश फर्काउन पाउँदा अहिले निकै हर्ष लागेको छ ।”

आफ्नो देश फर्किन पाएकामा ती निकै खुशी भएकी छिन् । आफू दुई वर्षअघि मानसिक सन्तुलन गुमेकै अवस्थामा घरबाट हिँडेको तर कसरी यहाँसम्म आएँ भन्ने याद नभएको उनको भनाइ थियो ।

श्रीमान् आसान खानले बङ्गलादेशमा खुर्सानीको व्यापार गर्ने गरेको र आफ्नो त्यहाँ तीन छोरी पनि रहेको जनकारी दिँदै उनले नेपालमा बस्दा आफूले धेरै माया पाएको बताइन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies