Khabar Dabali Logo
  August 25, Sun

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।

इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन ।

आइसिसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ ।

त्यसैगरी आइसिसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले जिम्बावेलाई निलम्बन गरेको हो । सरकारी हस्तक्षेप बढेको र आइसिसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो ।

आइसिसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ । जिम्बावे अहिले आर्थिक सङ्कटमा छ । आइसिसीले जिम्बावे क्रिकेट बोर्डलाई तीन महीनाभित्र यस मुद्दालाई समाधान गर्न (अल्टिमेटम) समयसीमा दिएको छ ।

आइसिसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ ।

साउन ३ गते, २०७६ - १४:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेती नदीमा डुबेर सात जनाले ज्यान गुमाए

सेती नदीमा डुबेर सात जनाले ज्यान गुमाए

डोटी । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ। जिल्ला प्रहरी...   

डेङ्गुबाट एकको मृत्यु

चितवन । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२...   

पहिरोमा श्रीमती र दुई छोरा गुमाएका राईलाई प्रदेश सरकारद्धारा छ लाख राहत

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर...   
‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा ऐक्यबद्धता’

‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा ऐक्यबद्धता’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ...   

मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकातर्फ

काठमाडौँ । राष्ट्रिय मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका...   

धरौटी तिर्न नसक्दा विप्लव कार्यकर्ता कारागार चलान

बैतडी । नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता कारागार चलान भएका छन्। पुर्चौडी नगरपालिका–३...   
राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण...   

भारतीय नक्कली रुपैयाँसहित दुई जना पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भारतीय नक्कली नोटसहित २ जनालाई नियन्त्रणमा लिएको छ । पर्साको बहुदरमाई...   
‘वातावरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘वातावरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । राष्ट्रियसभा बैठकले ‘वातावरण संरक्षण विधेयक, २०७६ विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले...   

बिप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

कास्की । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top