Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

हराएका नवजात शिशुका बुवालाई रोजगार

बेझाड । लुम्बिनी मेडिकल कलेज पाल्पाबाट हराएका नवजात शिशुको बुवालाई रोजगार र उनका परिवारलाई निःशुल्क उपचार दिइने भएको छ ।

गएको शुक्रबार मेडिकल कलेजमा जन्मिएको केही समयमा नै हराएका नवजात शिशुका वुबालाई रोजगार र परिवारलाई निःशुल्क उपचार दिने भएको सो कलेजले जनाएको हो ।

हराएको शिशु सकुशल भेटिएपछि कलेज प्रशासन र पीडित पक्षबीच भएको छलफलपछि रोजगार र निःशुल्क उपचार गर्ने लिखित सहमति भएको अस्पतालका अध्यक्ष गोपालप्रसाद पोखरेल र तानसेन नगरपालिका– ९ का वडाअध्यक्ष हरिसुमर रेग्मीद्वारा हस्ताक्षरित प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाले शुक्रबार विहान ११ः५६ मा छोरालाई जन्म दिएकी थिइन् । जन्मदिएको केही समयमा नै नवजात शिशु हराएको थियो ।

जमुनाको रेखदेखमा उनकी आमा खटिएकी थिइन् । झोलिलो खानेकुरा लिन काखमै शिशु च्यापेर होटलमा गएकी आमा समक्ष एक जना अपरिचित महिलाले सहयोग गर्ने बाहना गर्दै शिशु समात्न पुगेकी थिइन् । झोलिलो पदार्थ लिएर जमुनाकी आमालाई अस्पताल कक्षमा पठाएको र शिशु आफूले ल्याइदिने निहुँ पारी त्यसैबखत शिशु लिएर महिला बेपत्ता भएकी थिइन् । हराएको शिशुसहित चोरी गर्ने महिला शनिवार बिहान ८ बजे स्याङ्जाको र्मिमीमा भेटिएको थियो ।

शिशु चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले सार्वजनिक गरेको छ । शुक्रवार दिउँसो करिव ३ बजेतिर नवजात शिशु चोरी गरी फरार रहेकी स्याङ्जा गल्याङ नगरपालिका–५ डुम्रीचौरका ४५ वर्षीय विमकला पाण्डेलाई पक्राउ गरी प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

योजनाबद्ध तरिकाले महिलाले बच्चा चोर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) दिपेन्द्र जिसीले बताए । उनका अनुसार विदेशमा भएको श्रीमानलाई आफू गर्भवती भएको र बच्चा समेत जन्माएको प्रमाण देखाउन महिलाले अस्पतालबाट शिशु चोरेर फरार भएकी थिइन् । चोरी गरेर लगेको शिशुको स्वास्थ्य अवस्था समेत सामान्य छ भने शिशु परिवारलाई बुझाइएको छ । पक्राउ परेका महिलालाई म्याद थप गरी थप अनुसन्धान थालिने प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए । पत्रकार र स्थानीयहरुको सहयोगमा शनिबार महिलाई स्याङ्जाको मिर्मीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies