विराटनगर । विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् ।
प्रदेश नं १ कार्यालय विराटनगरका अनुसार असार २६ गते भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका–७ बस्ने ६६ वर्षीय जगत्बहादुर राईलाई खोलाले बगाई मृत्यु भएको छ भने सोही दिन भोजपुर जिल्लाकै ट्याम्केमयुम गाउँपालिका–९ बस्ने १४ वर्षीय जनक विकको शौचालयले पुरेर मृत्यु भएको छ ।
यसैगरी असार २७ गते खोटाङ खोटेहयाङ गाउँपालिका–२ बस्ने २८ वर्षीया रेखा राई र उहाँका छोराहरु चार वर्षीय रोमन राई र सात महीनाको रोहन राईको आफ्नै घरले किचेर मृत्यु छ । सोही दिन खोलाले बगाउँदा ओखलढुङ्गा चिसुङ्खुगढी गाउँपालिका–४ बस्ने ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली–१ बस्ने ५० वर्षीय अञ्चल लावती र झापा दमक नगरपालिका–१० बस्ने छ वर्षीया बालिका ऐलिजा न्यौपानेको मृत्यु भएको छ ।
यस्तै असार २६ गते खोलाले बगाई बेपत्ता भएका उदयपुर घर भई इटहरी –५ सुनसरीमा बस्ने ३५ वर्षीय सागर थापा आज बिहान मृतावस्थामा फेला परेका छन् ।
कार्यालयका अनसार बेपत्ता हुनेहरुमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने नौ वर्षीय दिवन राई, झापा भद्रपुर नगरपालिका–९ बस्ने ४५ वर्षीय सफल हज्दा, सुनसरी बराहाक्षेत्र–१ बस्ने १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाउँपालिका–२ बस्ने नाम, थर, वतन नखुलेका एक जनालाई खोलाले बगाई बेपत्ता बनाएको छ ।
भोजपुर रामप्रसाद राई गाउँपालिका–५ बस्ने ३५ वर्षीया मनकुमारी राई निजकै छोराहरु १७ वर्षीय शिवकुमार राई र १५ वर्षीय शक्तिकुमार राई आफ्नै भान्सा घरमा पुरिएर बेपत्ता भएका छन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: