Khabar Dabali Logo
  September 20, Fri

अमेरिका छिर्न खोज्ने हजारौंको ज्यान गईसक्यो, अति जोखिम मोल्नुपर्छ सिमासम्म पुग्न

काठमाडौं । सुखी जिन्दगीको खोजीमा मैक्सिको हुँदै अमेरिका गएका ओस्कर अलबर्टो आफ्नी छोरी वालेरियाका साथ रियो ग्रान्ड नदी पार गर्दा नदीमा डुबे । अलबर्टो २३ महिनाकी आफ्नी छोरीलाई आफ्नो टी–शर्टमा राखेर नदी पार गरिरहेका थिए ।

अलबर्टो र उनी छोरीको नदी किनारमा डुबेको तस्बीर देखेर पुरै दुनिया भावूक भएको छ । अलबर्टो र उनकी छोरी मात्रै नभई यस वर्ष १ हजार २२४ शरणार्थीको मृत्यु भएको छ । जसमा १४% अर्थात् १७० जना अमेरिका–मैक्सिको सीमा पार गर्दा मरेका छन् ।

इन्टरनेशनल अर्गनाइजेशन अफ माइग्रेशनले दिएको जानकारीअनुसार जनवरी २०१४ देखि २७ जुन २०१९ सम्म मात्रै ३२ हजार १८२ शरणार्थीको मृत्यु भएको छ । जबकी , यस दौरान अमेरिका–मैक्सिको सीमामा मात्रै २ हजार ७५ जना मानिसको मृत्यु भएको छ ।

अमेरिकी कानून कडा हुँदा दोस्रो विकल्पको प्रयोग
विशेषत मध्य अमेरिकी देशका मानिसहरु अमेरिकामा शरण माग्न जान्छन् । यस्तो हुनुको पछाडि ति देशहरुमा भएको राजनीतिक र आर्थिक अस्थिरताको कारण पैदा भएको बेरोजगारी र गरीबी जस्तो समस्या हो । तर अमेरिकाको पछिल्लो कानून ती शरणार्थीको लागि मुख्य चुनौति बन्न गएको छ । अमेरिकाले त्यस्ता शरणार्थी विरुद्ध कडाई गरेको छ । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएसँगै शरणार्थी कानूनलाई कडाई गरिएको छ ।

अमेरिकाको शरणार्थी कानून (असाइलम सिस्टम)मा कुनै देशमा रहनै नसक्ने भएमा मात्रै अमेरिकामा शरणार्थी निवेदन दिन सकिने उल्लेख छ । यदि व्यक्तिलाई ज्यानको नै जोखिम छ भने मात्रै शरणार्थीको रुपमा स्वीकार गरिने व्यवस्था छ ।

तर शरणार्थीहरुलाई असाइलम प्रक्रिया पुरा गर्न महिनौं लाग्छ जसको कारण उनिहरु अर्को माध्यम अपनाउँछन् । उनिहरु दोस्रो तरिकाबाट अमेरिका छिर्छन् । अमेरिकाको सरकारी तथ्यांकअनुसार सन् २०१८ मा ९२ हजार ९५९ जनाले असाइलम सिस्टम अनुसार निवेदन दिएका थिए । यो संख्या ०१७ कोभन्दा बढि हो । सन् २०१७ मा ५५ हजार ५८४ जनाले निवेदन दिएका थिए । यस वर्षको सुरुवाती ४ महिनामा मात्रै १८ हजार मानिसले आवेदन दिएका थिए ।

गरीबी, हिंसा र बेरोजगारी मुख्य कारण
मध्यअमेरिकी देशबाट अमेरिका जानुको कारण गरिबी, हिंसा र बेरोजगारी हुन् । होंडुरास, ग्वाटेमाला र अल सल्वाडोरमा गरीबी, हिंसा र बेरोजगारीको अवस्था चरम छ । मैक्सिकोमा पनि यस्तै अवस्था छ । यसकारण राम्रो जिन्दगीको खोजी गर्दै मानिसहरु अमेरिका छिर्ने प्रयासमा हुन्छन् । एउटा अनुमानअनुसार एक वर्षमा मात्रै करिब ५ लाख मानिसहरु मैक्सिकोबाट अमेरिका जाने कोसिस गर्छन् । यस वर्षको सुरुवातीको ३ महिनामा मात्रै ३ लाख मानिसले अमेरिका छिर्ने कोशिस गरेका थिए ।

पछिल्लो ५ महिनामा मात्रै सिमा पार गर्न खोज्ने ६ लाख पक्राउ
अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्शनको आँकडाअनुसार सन् २००० देखि अमेरिकाको सीमामा आउने शरणार्थीको संख्यामा कमी आएको छ । आँकडाअनुसार सन् २००० मा १६ लाखभन्दा बढि मानिस सिमा पार गर्दै गर्दा पक्राउ परेका थिए भने २०१८मा ४ लाख पक्राउ परेका थिए । तर, यस वर्षको मेसम्म मात्रै अमेरिका–मेक्सिको सीमा पार गर्दै गर्दा ६ लाख मानिस पक्राउ परेका छन् ।

ट्रम्पको धम्कीको कारण मेक्सिद्धारा आप्रवासिमा कडाई
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोद्धारा आप्रवासीलाई नियन्त्रण नगरे अमेरिकादेखि मेक्सिको जाने सबै सामानमा कर बढाउने चेतावनी दिएका थिए । साथै ट्रम्पले मेक्सिकोबाट आउने सामानमा पनि जुनदेखि ५ प्रतिशत कर बढाउने चेतावनी दिएका थिए । ट्रम्पले मेक्सिको यति गर्दा पनि जिम्मेवार नभए प्रत्येक महिला ५/५ प्रतिशतको दरले कर बढाउने चेतावनी दिएका थिए । तरपनि पछिल्लो समय मेक्सिकोसँग भएको सम्झौतासँगै यो घोषणा रोकिएको छ ।

यस सम्झौतामा आप्रवासी रोक्ने र ड्रग्स तस्करी रोक्ने कुरा पनि छ । साथै मैक्सिकोले बेलिज र ग्वाटेमालाको सिमामा पनि ६ हजार राष्ट्रिय गार्ड राखेर शरणार्थीलाई रोक्ने सम्झौता गरेका छ । यसको साथसाथै असाइलम कानूनलाई स्वीकार गर्दै मेक्सिको आउने शरणार्थीलाई मेक्सिकोमा नै शरण दिने भन्ने पनि उल्लेख छ ।

सबैभन्दा बढिको मृत्यु भूमध्य सागरमा
माइग्रेशनको तथ्यांक विश्लेषण गर्ने आईओएमको अनुसार सन् २०१४ मा मात्रै ३२ हजार १८२ शरणार्थीको मृत्यु भएको थियो । आफ्नो देशबाट दोस्रो देश जाँदै गर्दा ति प्रवाशीहरुको मृत्यु भएको थियो । तथ्यांकअनुसार सबैभन्दा बढि मृत्यु भूमध्य सागरमा भएको छ । यहाँ १८ हजार ५१५ शरणार्थीको यात्राको क्रममा मृत्यु भएको छ । यो कुल मृत्युको ५७.५ प्रतिशत हो ।

पछिल्लो ६ वर्षमा सबैभन्दा बढिको मृत्यु सन् २०१६ मा भएको छ । सन् २०१६ मा मात्रै ७ हजार २४१ आप्रवासीको मृत्यु भएको छ । जसमध्ये भूमध्य मात्रै ५ हजार १४३ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा

असार १५ गते, २०७६ - १५:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिग्री पाँडेको ‘सक्किगोनी’ले यूट्यूवमा शानदार प्रदर्शन गर्दै (भिडियाेसहित)

जिग्री पाँडेको ‘सक्किगोनी’ले यूट्यूवमा शानदार प्रदर्शन गर्दै (भिडियाेसहित)

काठमाडौं । चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग भएपछि कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे...   
चर्चित ‘तेलगु’ अभिनेता नागार्जुनको फार्म हाउसमा भेटियो पुरानो शव

चर्चित ‘तेलगु’ अभिनेता नागार्जुनको फार्म हाउसमा भेटियो पुरानो शव

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेता नागार्जुनको हैदराबादको बाहिरी क्षेत्रमा रहेको फार्म हाउसमा...   
रेलवे स्टेशनमा गाउँदै बलिउड पुगेकी रानु मन्डलको अर्को भिडिओ पनि भाइरल (भिडियोसहित)

रेलवे स्टेशनमा गाउँदै बलिउड पुगेकी रानु मन्डलको अर्को भिडिओ पनि भाइरल (भिडियोसहित)

एजेन्सी । भारत, पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाएर पेट पाल्दै आएकी रानु मन्डल अब बलिउडकी...   
‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै, कसको कमाई कति ?

‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै, कसको कमाई कति ?

एजेन्सी । ‘बिग बोस’ एक भारतीय टेलिभिजनबाट आउने कार्यक्रम हो । यस कार्यक्रममा विवाददेखि लडाइँ–झगडा...   
संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

काठमाडौं । सरकारले संविधान दिवस भव्य रुपले मनाईरहँदा मधेश केन्द्रीत दलहरु भने कालो दिन भन्दै विरोधमा...   
कर्णालीमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)

कर्णालीमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)

सुर्खेत । बिहान सवा ७ वजे नै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही प्रदेश राजधानी वीरेन्द्रनगरको...   
यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

काठमाडौं । सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर...   
फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौं । शुक्रबार अमेरिकीसहित प्राय देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८२...   
चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा निकै उतार चढाव देखिएको छ । बिहिबार घटेको सुनको मुल्य शुक्रबार...   
दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

काठमाडौं । दसैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top