Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कर्मचारीद्धारा रक्सी चुरोट र सुर्ती सेवन नगर्ने भन्दै दशबुँदे प्रतिबद्धता

दार्चुला। दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य वस्तुबाट टाढै रहने प्रतिबद्धता जनाएका छन् । आफ्नो स्वास्थ्यप्रति पूर्ण जिम्मेवारी रहने भन्दै दशबुँदे प्रतिबद्धताअन्तर्गत यस्तो प्रतिबद्धता जनाएका हुन् ।

स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय रक्तचाप जाँच अभियान कार्यक्रममा उनीहरुले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै स्वास्थ्यको जिम्मेवारी आफैँ लिन दशबुँदे प्रतिबद्धता जनाएका हुन् । दश वटा प्रतिबद्धताअन्तर्गत म स्वस्थ्य र पोषिलो खाना खान्छु, म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु र म नियमित व्यायाम गर्छु जस्ता प्रतिबद्धता गरिएको छ ।

यस्तै म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु, म ट्राफिक नियमको पालना गर्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु तथा म स्वास्थ्यलाई प्रतिकूल हुने खालका बालविवाह छाउपडी जस्ता सामाजिक कुरीति, कुसंस्कारहरु अनुसरण गर्दिन जस्ता प्रतिबद्धता गरिएको छ ।

यसैगरी म हिंसा तथा भेदभाव गर्ने छैन, कसैले हिंसा तथा भेदभाव गरेको थाहा पाएमा त्यसको प्रतिकार गर्नेछु भन्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

स्वास्थ्य कार्यालयले प्रतिबद्धता कार्यक्रमका लागि सदरमुकाम खुलामञ्चबाट करीब डेढ किलोमिटर दौड कार्यक्रम गरी प्रतिबद्धता गराएको छ ।

यस्तै कार्यक्रममा सहभागी जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारीहरुको रक्तचाप परीक्षण गरिएको छ । मर्निङ वाक गराएपछि उनीहरुको रक्तचापको अवस्था बुझ्नका लागि कार्यक्रमका सहभागीहरुको रक्तचाप परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख शिवराज सुनारले बताए । पछिल्लो समय मानिसको दैनिकी, खानपिन रहनसहन फेरिएको छ । जीवनशैलीमा आएको परिवर्तनका कारण स्वास्थ्यमा ठूलो लगानी खर्च भइरहेको छ । बिरामी भइसकेपछि हुने खर्च कम गर्नको निमित्त पनि यस्ता सन्देश प्रवाह हुने कार्यक्रम गरिएको उनको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies