Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

वनमा लागेको आगो अझै नियन्त्रणमा आएन

डोटी । जिल्लाका विभिन्न सामुदायिक तथा कबुलियती वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । करीब एक महीना पहिले यहाँका वनमा एकाएक आगलागी हुँदा यहाँका सयौँ हेक्टर वन सखाप भएको बताइएको छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा आगलागी हुँदा सामुदायिक तथा कबुलियती गरी करीब ७४५ हेक्टरभन्दा बढी वन सखाप भएको छ । डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले दिएको जानकारीअनुसार यहाँका सामुदायिकतर्फका कम्तीमा पनि ४५ र कबुलियतीतर्फका दुई तथा अन्य केही सरकारी वनमा ठूलो आगलागी भइरहेको छ । वनमा लागेको आगो निभाउने प्रयास गरेपनि आगो नियन्त्रणमा आउन नसकेको सहायक वन अधिकृत डिसीले बताए ।

डोटीमा ३६६ सामुदायिक वन र १९६ कबुलियती वन रहेका छन् । धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको जोरायल गाउँपालिका– १ स्थित रानिवन सामुदायिक वनका धीरबहादुर मल्लले बताए । आगलागीकै कारण यहाँका सल्ला जातका आला रुख धमाधम ढल्न थालेका छन् । आगलागीका कारण यहाँका वनमा करोडौँको नोक्सानी भएको जोरायल गाउँपालिका– २ धारापानीका स्थानीय तीर्थराज भण्डारीले बताउनुभयो । आगलागीसम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा आगो नियन्त्रण गर्न नसकिएको वन कर्मचारीको भनाइ छ ।

अधिकांश वनमा आगो लाग्दा आँखा चिलाउने, श्वास फेर्न अप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिने जस्ता समस्या आउन थालेको शिखर नगरपालिका–२ का स्थानीय शङ्करबहादुर महराले बताए ।
यहाँका वनमा वर्षेनी आगलागी हुने गरेको छ । वनमा कसले र किन आगो लगाउँछ त्यो विषयमा अहिलेसम्म कसैले पनि पत्ता लगाउन नसक्दा जिल्लामा वर्षेनी आगलागी हुँदै आएको केआइसिंह गाउँपालिकाका स्थानीय रामबहादुर लुहारले बताए ।

जिल्लामा बाक्लो तथा घना जङ्गल भएका कारण एक ठाउँमा लागेको आगो सहजै अर्को ठाउँमा सर्ने गरेका कारण पनि यहाँका जङ्गल आगलागीमा परी वर्षेनी सखाप हुँदै आएको रानीवन सामुदायिक वनका हरिलाल विकले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies