Khabar Dabali Logo
  May 20, Mon

आइपीएल रोयल च्यालेन्जर्ससंग चेन्नई सुपर किंग्सको हार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर किंग्सलाई १ रनले हराएको छ । बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा आइतबार राति भएको रोमाञ्चक खेलमा बैंगलोरले दिएको एक ६२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो ।

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ८४ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए । अम्बाती रायडुले २९, रविन्द्र जडेजाले ११ रन बनाए । बलिङमा बैंगलोरका डेल स्टेन र उमेश यादवले दुई-दुई विकेट लिए । सन्दीप सैनी र युजवेन्द्र चाहलले एक-एक विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय इनिङ खेले । मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए ।

बलिङमा चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले दुई-दुई विकेट लिए । इमरान ताहिरले एक विकेट लिएका थिए । हारे पनि चेन्नई शीर्ष स्थानमा यथावत छ । चेन्नईले १० खेलबाट १४ अंक बनाएको छ । लिगको पुछारमा रहेको बैंगलोरले १० खेलबाट ६ अंक बनाएको छ ।

बैशाख ९ गते, २०७६ - ०८:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोपा अमेरिकाका लागि ब्राजिल टोलीको घोषणा

एजेन्सी । आगामी जुन १४ तारिखबाट सुरु हुने कोपा अमेरिका कप फुटबलका लागि ब्राजिल टोलीको घोषणा गरिएको...   

अब्बल बन्दै सामुदायिक विद्यालय

धनगढी । केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा...   

अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका बम्जन देखा परे

सिन्धुली । अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित...   

नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति नजुट्दा जापान रोजगार अनिश्चित

काठमाडौं । आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका...   

भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात

काठमाडौं । सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि...   

नियुक्तिको एक महिनामै विवादास्पद आदेश

काठमाडौं । सर्वोच्च अदालतले विधिशास्त्रीय अवधारणा र न्यायका मान्य सिद्धान्तविपरीत पाँच महिनाअघि...   

नेकपामा करिब ३५ सयलाई जिम्मेवारी, पूर्व एमाेलबाट १६ र माओवादीबाट ६ जनसंगठनकाे नेतृत्व

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले...   

प्रदेश सरकारको मनमानी अन्त्य , ६ दिन मात्रै बिदा दिन पाउने मन्त्रालयको सूचना

काठमाडाैं । प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको...   

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जाने तयारीमा

काठमाडौं । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड...   

सात करोड राजस्व हिनामिना गरेको नासु फरार

काठमाडौं ।सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top