Khabar Dabali Logo
  April 24, Wed

विज्ञ केन्द्र : चितवनका कुखुरामा बर्डफ्लु देखिएको छैन

चितवन । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ ।

केन्द्रका प्रमुख डा विजयकुमार श्रेष्ठले मकवानपुर, काठमाडौँ र पोखरामा बर्डफ्लु देखिए पनि यहाँ भने समस्या नभएको बताए । उनले भने, “छिमेकी जिल्लामा बर्डफ्लु छ, देशकै सबैभन्दा बढी उत्पादन हुने चितवन सुरक्षित छ ।” कृषकले जैविक सुरक्षामा सजगता अपनाएका कारण जिल्लामा बर्डफ्लु भित्रन नपाएको उनले बताए । जोखिम नहोस् भन्नका लागि जिल्लाका अधिकांश कृषक सजग रहेकाले जैविक सुरक्षाका कारण जिल्ला सुरक्षित बन्न सकेको बताए ।

केन्द्रले नियमितरुपमा नमूना सङ्कलन गर्ने, जिल्लास्थित प्रयोगशालामा परिक्षण गर्ने र शङ्कास्पद देखिएमा केन्द्रीय प्रयोगशालामा पठाउने काम गरिरहेको छ । कृषकले कुखुरा मरेमा परीक्षणका लागि प्रयोगशालामा ल्याउने गरिरहेका छन् । केन्द्रले हाटबजार र शङ्कास्पद खोरको नमूना लिने काम गरिरहेको छ । ठूलो सङ्ख्यामा कुनै पनि खोरमा कुखुरा नमरेको श्रेष्ठले बताए । एच नाइनका कारण केही कुखुरा मरेका भए पनि सङ्ख्यात्मक रुपमा कुखुरा नमरेको उहाँले बताए । देशकै आधाभन्दा बढी कुखुराजन्य उत्पादन चितवनमा हुन्छ ।

रोग भित्रिएमा ठूलो नोक्सान हुने भएकाले सकेसम्म भित्रन नदिन र देखिई हालेमा तत्काल केन्द्रलाई खबर गरी सो क्षेत्र घेराबन्दी गरी नष्ट गरेर क्षति कम गर्ने विषयमा कृषकसँग सहमति भएको श्रेष्ठले बताउनुभयो । बारा, पर्वतलगायत केही जिल्लामा पोल्ट्रीजन्य उत्पादन ओसारपसारमा समस्या देखिएको थियो । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा हालसम्म रोग देखा नपरेको बताए । कृषकले जैविक सुरक्षामा ध्यान दिन सकेमा रोग भित्रन नपाउने उनको भनाइ छ । अण्डा, मासु र चल्ला पुर्याएर फर्कने सवारीसाधनको सरसफाईमा विशेष ध्यान दिन सकेमा रोगबाट जिल्ला वच्ने उनले बताए ।

नेपालमा दैनिक ५० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । दैनिक ब्रोइलर मासु आठ लाख ५० हजार किलो उत्पादन हुन्छ । हप्तामा ब्रोइलर कुखुराको चल्ला २७ लाख र लेयर्सको चल्ला तीन लाख उत्पादन हुँदै आएको छ । यो व्यवसायले एक लाख ८० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याउँदै आएको छ । हालसम्म पोल्ट्री व्यवसायमा रु एक खर्ब लगानी भएको व्यवसायी बताउँछन् । रासस

चैत ९ गते, २०७५ - ०९:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीलंका बम विष्फोट आक्रमणमा एक अर्बपतिका तीन सन्तानको मृत्यु

एजेन्सी । श्रीलंकाको बम आक्रमणमा परेर एक अर्बपतिका तीन सन्तानको मृत्यु भएको छ । एन्डर होल्च पोभ्लसेन...   

वार्षिक व्यापार घाटा करिब ९ खर्ब

काठमाडौं । वैदेशिक व्यापारमा नेपालको सस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक...   
जसले गरे तीन करोड दान

जसले गरे तीन करोड दान

चितवन । मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित...   

कालाेपत्रे गरेकाे एका सातामै घाँस उम्रियाे, अख्तियारद्वारा अनुसन्धान सुरू

काठमाडाैं ।निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा...   

सेवाग्राहीको भीड हुँदैमा कर्मचारी टाप

ललितपुर । कार्यलय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो । सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा...   

आइपीएल रोयल च्यालेन्जर्ससंग चेन्नई सुपर किंग्सको हार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर...   

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको...   

विवाहमा छुवाछुत र भेदभावः अगुवाले दक्षिणा दिए, भोज खाएनन्

रुपन्देही । जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने कानुनी प्रावधान भए...   

सरकारी सवारीमा कर्मचारीको दाइँ, एक अधिकृतलाई दुई गाडी

काठमाडौं । गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन् । तर उनीहरूको प्रयोजनका लागि ल्याइएका...   

नेकपा एकता प्रकृया : तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटिका अध्यक्ष र सचिवको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top