Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

होलीमा कपाल जोगाउने ८ काइदा, यस्तो

होलीको रमाइलोमा जथाभावी रंगको प्रयोग गरिन्छ । आफुले प्रयोग गर्ने रंग मात्र होइन, अरुले छ्याप्ने पानी, रंग आदिले कपाल तथा छालामा असर गर्न सक्छ । किनभने धेरैजसोले फोहोर पानी प्रयोग गर्छन् । रसायनयुक्त रंगहरु प्रयोग गर्छन् ।

होलीमा अबिर एवं रङ लगाउनु रमाइलो हो । तर रङ लगाएपछि त्यसमा भएको हानीकारक केमिकल्सले कपालमा जुन समस्या देन्छि, त्यो भने पक्कैपनि चिन्ताको विषय हो । किनकी होलीमा प्रयोग गरिने विभिन्न केमिकल्सयुक्त रङले कपाललाई फुस्रो बनाउनुका साथै कपाललाई रुखो बनाउने तथा कपाल झर्ने समस्या निम्त्याउँछ ।
त्यसैले, यस्तो समस्याबाट बच्नका लागि पनि होलीमा कपालको विशेष रुपले हेरचाह गर्न जरुरी छ । खासगरी होली खेल्नु अघि कपाललाई जतिधेरै हेरचाह गर्नुपर्छ , होली खेलेपछि कपालको हेरचार त्यो भन्दा धेरै गर्नुपर्छ । किनकी होली खेले पश्चात्त लामो समयसम्म कपालमा रङ रहिरहने रङ्गले कपाललाई भित्रैदेखि क्षति पुर्‍याउँछ ।

त्यसैले, होलीको अवसरमा कपाललाई क्षति हुनबाट जोगाउन यी काइदा अपनाउन सकिन्छ ।

पानीले धुने कपाल

होली खेलिसकेपछि पश्चात्त कपाललाई सफा पानीले धुनु पर्छ । जसले गर्दा कपालमा भएको सबै रङ पखालिन्छ । यसपछि मात्र कपाललाई हर्वल श्याम्पू वा शिकाकाई, अमला, रिठ्ठा तथा आमलालाई रातभर भिजाएर तयार पारिएको श्याम्पूले धुनु पर्छ । कपालमा श्याम्पू गरेपछि कन्डीशनरको प्रयोग गर्न भुल्नु हुँदैन ।

हातैले निकाल्ने प्रयास गर्ने

कपाललाई पानीले धुनु पूर्व कपालमा लागेको रङ लाई सर्वप्रथम हातैले निकाल्ने प्रयास गर्नु पर्छ । त्यसपछि कपालमा कायो प्रयोग गरेर रङ निकाल्ने कोशिश गर्नुपर्छ ।

सक्दो छिटो रङ पखाल्ने

होलीमा रङको प्रयोग गर्नासाथ जतिसक्दो छिटो रङ निकाल्ने प्रयास गर्नुपर्छ, जसले गर्दा केमिकल्सयुक्त रङले कपाललाई कुनै हानी नगरोस् ।

कागती पानीको प्रयोग

होलीको रङबाट कपाललाई सुरक्षा प्रदान गर्न कपाल धोए पश्चात्त अन्तिममा कागती हालेको पानीले कपाल धुनुपर्छ । यसले कपालको जरामा क्षति हुन पाउँदैन ।

तेलमा अण्डा मिसाउने

कपालको चमक फर्काउन तथा कपाललाई पहिलेजस्तै चमकदार बनाउ अण्डामा बदाम वा जैतुनको तेल मिसाएर कपालको मालिश गर्नु पर्छ । र, करिब एक घण्टापछि कपाललाई राम्ररी पखाल्नु पर्छ ।

मेहन्दीको प्रयोग

कपालमा चमक ल्याउन कपालमा मेहेन्दी पनि लगाउन सकिन्छ । यसले कपालमा कन्डिशनरको रुपमा काम गर्छ । मेहेन्दीमा दही, कागती, अण्डा वा कफि मिलाउन सकिन्छ । यसले कपाल आर्कषक तथा चम्किलो बनाउन मद्दत मिल्छ ।

ओलिभ आयल वा मह

कपाललाई चम्किलो बनाउन ओलिभ आयलमा मह मिलाउन सकिन्छ । यो कपालको लागि राम्रो प्याक मानिन्छ । यसले कपाललाई भित्रै देखि कन्डिशनिङ गर्छ ।

बदाम वा जैतुनको तेल

रङका कारण कपाल झर्ने समस्या भएमा रातमा बदाम वा ओलिभ आयल द्धारा कपालको मालिश गर्नुपर्छ । यसले कपलालाई स्वस्थ बनाउँछ ।

यी घरेलु तरीका अपनाएमा कपालमा भएको केमिकल्सयुक्त रङ निकाल्न सकिन्छ र कपाललाई क्षति हुनबाट बचाउन सकिन्छ । यद्यपी, राम्रो त यही हुन्छ कि होली खेल्नु अघि कपाललाई ढाकेर राख्नुस् । ताकी कपालमा रङ नपरोस् र सफा गर्न सजिलो होस् । /अनलाइनखबर

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies