Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी आँखाको नयाँ ज्योति पाएपछि....

लमही। आर्थिक अवस्था कमजोर भएका कारण तुलसीपुर उपमहानगरपालिका–२ कुइरेपानीका ६८ वर्षीय हिरालाल चौधरीले लामो समयसम्म आँखाको उपचार गराउन नसकेर न्यून दृष्टियुक्त भई जीवननिर्वाह गर्दै आएका थिए ।

न्यून दृष्टियुक्त भएर भोगेको दुःख र पीडाले उनलाई जीवन नै निराश हुन लागेको थियो । तर बिहीबार स्थानीयस्तरमै आँखाको शल्यक्रिया गर्ने अवसर पाएपछि उनी खुशी भए । “३÷४ वर्षअघि आँखा धमिलो देखिन थालेका थिए,” उनले भने, “पैसा नहुँदा अस्पताल जान सकेको थिइनँ, अहिले गाउँमै शिविर राखेपछि सजिलो भयो ।”

तुलसीपुर उपमहानगरपालिका–१ को पवननगरस्थित वीरेन्द्र मावि भ्युडहरमा भएको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सेवाले उनीजस्तै धेरै नागरिकलाई सहज भएको छ ।

गाउँमै निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएपछि तुलसीपुर उपमहानगरपालिका–१ की ७० वर्षीया देउमती घर्तीले पनि खुशी भएकी थिइन् । आँखा धमिलो हुन थालेको करीब तीन वर्ष हुनै लागेको थियो । तर उपचार गराउन पाएकी थिइनन् । “बूढीमान्छे हिँड्डुल गर्न सक्ने अवस्थामा थिएन,” उनले भनिन्, “आज गाउँमै शिविर आयो, त्यसैले आँखाको उपचार गर्न पाएँ ।”

आर्थिक अवस्था कम्जोर भएकै कारण तुलसीपुर उपमहानगरपालिका–१ का ८० वर्षीय तिलबहादुर पुनको पनि विगत एक वर्षदेखि धमिलो आँखामै दिन कटाउनु परेको थियो ।

आँखाको प्रारम्भिक जाँच गरेर डाक्टरले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिए पनि आर्थिक अभावका कारण उनले शल्यक्रिया गर्न पाएकी थिइनन् । “यसअघि एउटा आँखा शल्याक्रिया गरे, त्यसपछि लगत्तै अर्को आँखा पनि शल्यक्रिया गर्नुपर्ने भयो,” उनले भनिन्, “एउटा आँखा अप्रेशन गरेको आठ हजार तिर्नुपथ्र्यो, पैसा नहुँदा एउटा आँखाको अप्रेशन गर्न पाएको थिइनँ ।”

उनीहरु मात्रै होइन, तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको निःशुल्क मोतिविन्दुको शल्यक्रियाबाट सय जनाले सेवा पाएका छन् । आँखाको शल्यक्रियामा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतसहितको प्राविधिक टोलीले सक्रिय थियो ।

बिहीबारदेखि नै उपमहानगरपालिकाले शुरु गरेको ‘मोतियाविन्दु मुक्त तुलसीपुर, उज्यालो तुलसीपुर’ अभियानको शुरुआतको चरणमा ती दुईवटा वडाका सय जनाको निःशुल्क मोतिविन्दु शल्यक्रिया गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । “पहिलो चरणमा तुलसीपुरको १ र २ नं वडाका सय जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सेवा प्रदान गरिएको छ,” उनले भने, “यो अभियानलाई तुलसीपुर उपमहानगरपालिकाका सबै वडामा पुर्याउने छौँ ।” पाँच वर्षभित्र तुलसीपुर उपमहानगरपालिकालाई मोतिविन्दु मुक्त उपमहानगरपालिका बनाउने योजनाअनुसार यो अभियानलाई अघि बढाएको उनले बताए।

यसअघि ती दुईवटै वडाका सबै नागरिकको आँखा जाँच गरी शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका सय जनाको शल्यक्रिया गरिएको प्रमुख पाण्डेको भनाइ छ । अब उपमहानगरपालिका भित्रका सबै वडाका नागरिकको निःशुल्क आँखा जाँच गरी मोतियाविन्दुका समस्या देखिएकालाई निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार तुलसीपुर उपमहानगरपालिकाभरिमा करीब एक हजार पाँच सयभन्दा बढी मोतिबिन्दुका रोगी भएको हुन सक्ने बताए । त्यसमध्ये यस आर्थिक वर्षभित्र पाँचसय जनाको मोतिविन्दुको शल्यक्रिया गर्ने लक्ष्य लिइएको समेत उनले बताए ।

दाङमा पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाले मोतियाविन्दुमुक्त पालिका बनाउन अभियान शुरु गरेको छ । राप्ती आँखा अस्पताल, नेपाल नेत्रज्योति सङ्घ लगायतको सहकार्यम उक्त अभियान शुरु गरिएको हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies