Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

तीस वर्ष पुगेको इन्टरनेटको वेबपेजको इतिहास थाहा पाउनुहोस्

के तपाईँलाई इन्टरनेटको सबैभन्दा पहिलो वेबपेज हेर्ने कुराले उत्साहित बनाउँछ ? बनाउँछ भने थाहा पाइरहनुहोस्, त्यो रमाइलो खालको अनुभव हुनसक्छ। त्यो वेब पेज रङ्गिन थिएन, त्यसमा तस्वीर वा भिडिओ थिएन, त्यसमा खालि अक्षर र लिङ्क थियो। अनि थिए केही झुक्किनेखालका मेनु। तर त्यहि सानो प्रयासबाट आज डब्ल्युडब्ल्युडब्ल्युले ठूलो फड्को मारेको छ।

विकिपिडिया, फेसबुक, गुगल र अनगिन्ती अन्य इन्टरनेटका पानाहरू जसलाई विश्वभरका करौडौं मानिसहरूले दैनिक हेर्छन्।

\"\"

अध्ययनका लागि युरोपेली संस्था, सर्न,मा भएको थियो। जेनेभामा मुख्यालय भएको भएपनि सो संस्थामा १०० भन्दा बढी देशमा रहेका १० हजारजना भन्दा बढी वैज्ञानिकहरू जोडिएका थिए। उनीहरूका लागि भरपर्दो सञ्चार माध्यमको आवश्यकता थियो।

यसको जन्मदाता थिए बेलायती भौतिकशास्त्री तथा इञ्जिनियर टिम बर्नर्स-ली जसले ती सबै वैज्ञानिकहरूबिच सुरक्षितरूपमा आफ्नो अध्ययनका बारेमा जानकारी आदानप्रदान गर्न \'सूचना व्यवस्थापन प्रणाली\'को प्रस्ताव गरेका थिए।

बर्नर्स-लीका तत्कालिन हाकिम मार्क सेन्डलले त्यो प्रस्तावलाई \'अस्पष्ट तर चाखलाग्दो\' भनेका थिए। आज वेब हरपल थपिइरहने अनगिन्ती फाइल, तस्वीर र सञ्जालको विशाल सूचना भण्डार बनेको छ।

तर ३० वर्ष अगाडी बर्नर्स-लीले आफ्नो कम्प्युटरमा आफ्नो आविष्कार राखेका थिए र यसलाई हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल भनेर नाम दिएका थिए। आज हामीले इन्टरनेटका ठेगाना दिदाँ देख्ने एचटीटीपी उनले दिएको नामको छोटकरी रूप हो। त्यसको एक वर्षपछि सन् १९९० डिसेम्बर २० मा वेब आन्तरिक प्रयोजनका लागि र सन् १९९१ अगस्टमा सर्वसाधारणका लागि उपलब्ध गराइएको थियो।

सन् १९९३ अप्रिल ३० मा यसको धेरै प्रयोग होस् भनेर पारमाणविक अध्ययनका लागि युरोपेली संस्था सिइआरएनले वेबको सफ्टवेयर सार्वजनिक गरेको थियो।

\"\"

फेसबुकको सर्भर

बाँकीको इतिहास सबैका सामु छ - वेब इन्टरनेटको पर्यायवाची बन्यो।

त्यो बेलाको प्रविधि कस्तो थियो त? त्यो बेला न विण्डोज थियो न गुगल क्रोम। व्यक्तिगत कम्प्युटर औंलामा गन्न सकिन्थ्यो, र प्रविधि बजार सारै नै प्राविधिक र हेर्दा दिक्कलाग्दो थियो। इन्टरनेटको एकमात्र प्रयोग भनेको केही इमेल र फाइल पठाउने थियो।

र इन्टरनेट चलाउनका लागि फोन जोड्ने तारबाट काम चलाउनु पर्ने बाध्यता थियो जसका लागि धैर्यता आवश्यक थियो। किनभने इन्टरनेटमा जोडिन र फाइल पठाउन लामो समय लाग्थ्यो। अहिले फोरजीको जमानामा हामी द्रुत गतिको इन्टरनेट चलाउछौँ र केही सेकेण्ड इन्टरनेट चलेन भने दिक्क मान्छौँ तर त्यो बेला इन्टरनेट चलाउन दिक्दारी व्यवस्थापन गर्न जान्नुपर्दथ्यो।

पहिलो वेबपेज पनि आजको हिसाबले उस्तै दिक्कलाग्दो थियो। केही खैरो बाकसमा भएका अक्षरहरू तर त्यो बेला त्यही पनि ठूलो आविष्कार थियो। अनि साँच्चै त्यो बेला गुगलजस्तो सर्च इन्जिन पनि थिएन।

सन् १९८९ को पहिलो वेबपेजमा त ठेगाना राख्ने ठाँउपनि थिएन। त्यसमा कुनै तस्वीर वा चित्र वा आवाज थिएन। त्यो बेलादेखि धेरै कुरा बदलिएको छ:

  • वेबपेज बनाउने एचटीएमएल भनिने भाषामा व्यापक सुधार भएको छ। एचटीटीपी भनिने वेबपेज कसरी देखिन्छ भन्ने नियम र इन्टरनेट ब्राउजरले कसरी हामीले भनेजसो गर्छ भन्ने निर्देशनमा यति परिवर्तन भएको छ की यो बर्नर्स-लीले बनाएको भन्दा धेरै फरक भइसकेको छ।
  • र हाम्रो वेब चलाउने तरिका र अनुभवलाई रमाइलो बनाउने सर्च इञ्जिन र ब्राउजर दिन प्रतिदिन राम्रो र परिष्कृत बन्दै गएका छन्।

यसको अर्थ आज हामी अनलाइनमा जे देख्छौँ त्यो पहिलो वेबपेजभन्दा नितान्त भिन्न छ।

सन् १९९४ मा बर्नर्स-लीले डब्ल्युडब्ल्युडब्ल्युको व्यवस्थापन गरेर विश्वभर एउटै मापदण्ड बनाउने डब्ल्युडब्ल्युडब्ल्यु कन्सोर्टियम स्थापना गरे।

\"यदि तपाईँले वेबपेज हेर्नु गज्जब हो भन्ठान्नु भएको छ भने म विश्वस्त छु तपाईँले कहिल्यै वेबपेज बनाउनु भएको छैन,\" बर्नर्स-लीले सन् १९९८ मा भनेका थिए। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies