चिप्लेढुङ्गा । गैह्रापाटनस्थित पोखरा थियटरको गन्धर्व नाट्यघरमा बुधबारदेखि शुरु भएको पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव जारी छ । महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठद्धारा लिखित ‘निरमाया’ नाटक प्रस्तुत गरिएको थियो । ‘नाटक हेर्छ पोखरा’ भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले महोत्सव उद्घाटन गरेका थिए । उहाँले गण्डकी प्रदेश प्रज्ञा –प्रतिष्ठान चाँडै गठन गर्ने तयारी रहेकोे बताउँदै कला, साहित्य, संगीत, नाटक लगायतका संस्कृति संरक्षण गर्न बहुसाँस्कृतिक ग्राम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
पोखराका दुई क्रियाशील नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजित महोत्सव यही फागुन २२ गतेसम्म चल्नेछ । पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव निर्देशक परिवर्तनले नाटकघर सञ्चालनमा आएपछि पाँच हजार दर्शकले नाटक हेरेको बताउँदै गन्धर्व नाटकघरमा एक वर्षका अवधिमा २३ नाटक मञ्चन हुँदा पोखरामा बाहिरी जिल्लाबाट नाटक हेर्न आउने दर्शकको सङ्ख्या बढ्दै गएको जानकारी दिए ।
महोत्सवमा फागुन १६ गते भारतको ‘ब्ल्याक एण्ड ह्वाइट’, फागुन १७ गते मेसेडोनियाको ‘प्राइभेट कन्फेन्सन’, फागुन १८ गते नेपालको ‘कन्फेसन’, फागुन १९ गते नेपालकै ‘गैँडा टाइम्स’, फागुन २० गते भारतको ‘इन ट्रान्जिट’, फागुन २१ गते नेपालको ‘मेमोरी यार्ड’ र अन्तिम दिन फागुन २२ गते युथ क्रियशन थिएटर पोखराको ‘घेरो’ नाटक मञ्चन हुने बताइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: