Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसकारण महिलाहरू यौन रोगको उपचार गर्न जान हिचकिचाउँछन्

वीरगन्जकी ४० वर्षीया फुलझरी देवीलाई लामो समयदेखि यौनजन्य रोगका लक्षण देखिएका थिए। उनको योनिबाट गनाउने पानी बग्थ्यो अनि तल्लो पेट पनि निकै दुख्थ्यो। तर लाजका कारण उनी लामो समय उपचार गर्न गइनन्। उनी भन्छिन्, \'पेट दुख्थो अनि गनाउने सेतो पानी धेरै बग्थ्यो। मलाई यस्तो समस्या भएको छ भनेर भन्न लाज लागेकै कारण मैले केही महिनासम्म त आफ्नो समस्या कसैलाई बताइनँ। तर पछि डर लाग्यो, मलाई केही भयो भने मेरा सन्तानलाई कसले हेर्छ भनेर।\' त्यसपछि आफ्नो समस्याबारे उनले आफ्नी फुपूलाई भनिन् र उनकै सल्लाहमा चिकित्सकलाई परीक्षण गराइन्। \'अहिले मैले उपचार सुरु गरेकी छु। बिस्तारै निको हुँदैछ,\' फुलझरीले भनिन्। यो समस्या उनको मात्र होइन। चिकित्सकहरूका अनुसार महिलाहरूमा यस प्रकारका समस्या बढी नै देखिन थालेको छ। \'यस प्रकारको समस्या लिएर आउने महिलाको सङ्ख्या निकै धेरै छ। चाहे ती ग्रामीण भेगका हुन् वा सहरका,\' स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा आभा श्रेष्ठले भनिन् । श्रेष्ठ भन्छिन्, \'सबैभन्दा धेरैमा देखिने समस्या चाहिँ क्लमिडियाको सङ्क्रमण हो। त्यसपछि गोनरिया अनि सिफिलिस (भिरिङ्गी) हो। यी सबै ब्याक्टेरियाबाट हुने सङ्क्रमण हुन्।\' छुट्टाछुट्टै ब्याक्टेरियाले गराउने भए पनि यी सबै रोगका लक्षण भने उस्तै हुने उनी बताउँछिन्। के - के हुन्छन् लक्षण ? योनिबाट गन्हाउने पानी बग्ने, योनिमा घाउ हुने र मुसा पलाउने आदि हुन्छ। चिकित्सकहरूका अनुसार सङ्क्रमण भएको व्यक्तिको तल्लो पेट दुख्छ र केहीलाई ज्वरो पनि आउन सक्छ। तर अझै पनि देशका ग्रामीण र सहरी भेगमै पनि रोग लाग्नुभन्दा पनि त्यसलाई लुकाएर राख्नु अझ डरलाग्दो समस्याको रूपमा रहेको छ।समयमै उपचार गर्न आए यस प्रकारका रोग सजिलै निको हुन्छन्। समयमै उपचार भएन भने भिरिङ्गी शरीरभरि फैलिन्छ तर लामो समयसम्म रोग लुकाएर राखियो भने समस्या पर्न सक्ने बताउँछिन् चिकित्सक उमा श्रीवास्तव। \'यी प्राणघातक रोग होइनन्। चाँडै पत्ता लगाएर समाधान गर्न सक्यो भने यो निको भैहाल्छ। तर जटिल हुँदै गयो भने यसले बच्चा नहुने, बच्चा ठाउँमा नबस्ने हुन्छ र वर्षौँसम्म यस्तो सङ्क्रमण रहिरह्यो भने क्यान्सरसम्म पनि हुन सक्छ।\' कारण आखिर महिलाहरू किन यस्तो समस्या लुकाएर बस्छन् त ?  महिला स्वास्थ्यबारे कुरा उठाउने अधिकारकर्मी एवम् नर्स राधा पौडेल यसका पछाडि सामाजिक र आर्थिक कारणहरू भएको बताउँछिन्। \'यसबारे आमा, दिदीबहिनी र साथीहरूसँग पनि हामी सजिलै कुरा गर्न सक्दैनौँ। यस्ता अङ्गहरूलाई सफा राख्नुपर्छ र महिनावारी हुँदा सफा कपडा प्रयोग गर्नुपर्छ भनी कसले सिकाएको छ र ?\' उनी भन्छिन्, \'उपचार गर्न जान महिलासँग पैसा पनि हुनु पर्‍यो अनि नजिकै स्वास्थ्य संस्था हुँदैनन्। स्वास्थ्य उपचार गर्न जानका लागि घरको कामबाट फुर्सद निकाल्न पनि त सजिलो छैन महिलालाई पुरुषको तुलनामा।\' सुरक्षित यौन सम्पर्कले सरुवा यौन रोग हुनबाट जोगाउँछ तर यस्तो रोग लाग्नुका कारण चाहिँ असुरक्षित यौन सम्पर्क, तथा पर्याप्त सरसफाइ गर्न नसक्नु नै रहेको चिकित्सकहरू बताउँछन्। कहिलेकाहीँ गर्भपतन गर्दा प्रयोग भएका औजारबाट सङ्क्रमण भएको समेत भेटिएको उनीहरू बताउँछन्। सुझाव यस प्रकारका रोगबाट बच्न सुरक्षित यौन सम्पर्क गर्नु सबैभन्दा उचित हुने चिकित्सकहरूको भनाइ छ। त्यस्तै यौनाङ्गको सरसफाइमा पनि ध्यान दिनुपर्ने उनीहरू सुझाव दिन्छन्। स्वास्थ्यचौकी लगायतका धेरै स्थानमा सेवा दिन बसेका व्यक्ति पुरुष हुने भएका कारण पनि त्यहाँ गुप्ताङ्गमा देखापरेको समस्या लिएर जान महिलाहरू धक मान्ने गरेका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies