/  Mon, March 25, 2019

काङ्ग्रेसद्धारा अष्ट्रेलियामा बिचल्ली परेका विद्यार्थीको उद्धार गर्न आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको जनाएका छन् ।

‘हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पुर्याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काङ्ग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

फागुन ८ गते, २०७५ - १३:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

अछाम। मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी...   

दम्पतीबीच जति धेरै उमेर अन्तर हुन्छ, उत्तिनै सम्बन्ध विच्छेद हुने संभावना बढ्छ ।

हाम्रो समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुन्छ । अक्सर श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने मान्यता...   
खोटाङका किसान भन्छन्, पुलपुलेसा चाहिँदैन सरकार, बाँदर नियन्त्रण गरिदेऊ !

खोटाङका किसान भन्छन्, पुलपुलेसा चाहिँदैन सरकार, बाँदर नियन्त्रण गरिदेऊ !

खोटाङ । जतिसुकै मेहनत गरे पनि बाली भित्र्याउने बेला बाँदरले सत्यानाश पारिदिन थालेपछि दिक्क बनेका...   
पाँचखालमा नयाँ पुस्ताका आलुको बीउ उत्पादन

पाँचखालमा नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको...   

घरघरमा पानीको धारा आएपछि स्थानीयवासी खुशी

गोरखा । गोरखाको वारपाक सुलिकोट गाउँपालिका–४ स्थित भण्डारी गाउँमा घरघरमा खानेपानीको धारा पुगेपछि...   

सामाजिक सञ्जालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ

काठमाडौँ । विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि...   

डेटिङमा समस्या आएको भन्दै आमाले हप्तादिनको बच्चा बेचेपछि…

काठमाडौं । एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो...   

बम पड्काउन आउनेसँग ताली पड्काउन सकिन्न

काठमाडौं । विप्लवजीहरूलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुस् भनेका थियौँ । उहाँहरू...   
सडक खन्दा चाँदी र तामाका सिक्का फेला

सडक खन्दा चाँदी र तामाका सिक्का फेला

धम्बोजी। बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका...   

प्रधानमन्त्रीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top