Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

धनगढी । संयुक्त राज्य अमेरिकाको पश्चिम भर्जिनियाको फेयरमण्ट निवासी प्रा डा तुलसीराम जोशीले धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई रु ८० लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । यो सहयोगसँंगै श्री राष्ट्रिय माध्यामिक विद्यालयको नाम परिवर्तन भई ‘श्री राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय’ हुने विद्यालयका प्रधानाध्यापक गणेशराज भट्टले जानकारी दिए । विद्यालयको आग्रहमा नगर शिक्षा समितिको सिफारिशमा धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले विद्यालयको नाम परिवर्तनका लागि निर्णय गरेपछि यो प्रकृयाले अन्तिम रुप लिएको हो । विद्यालयको वार्षिकोत्सवको अवसरमा यही फागुन ९ गते जोशीप्रति सम्मान दर्शाउँदै नाम थप्न लागिएको हो । विद्यालय व्यवस्थापन समितिले वार्षिकोत्सवको अवसरमा दाता जोशीको नागरिक अभिनन्दन गर्ने भएको छ । नागरिक अभिनन्दनका क्रममा जोशीलाई धनगढी ट्राफिक चौराहादेखि विद्यालयसम्म रथयात्रा गराउने कार्यक्रम तय गरिएको छ । विद्यालयको नाम परिवर्तनका लागि दाताले ७० लाख रुपैयाँ दिनुपर्ने कानूनी प्रावधान छ । बझाङको व्यासी गाउँ पञ्चायत (हाल छविस पाथिभेरा गाउँपालिका) को तामाखानीमा ८१ वर्षअघि जन्मेका तुलसीराम भानुभक्त जोशी र महालक्ष्मी जोशीका जेठो छोरो हुन् । प्राथमिक विद्यालयको तह गाउँमै पूरा गरेका उनले मावि तहको पढाइ चैनपुरको सत्यवादी पाठशालामा पूरा गरेका थिए । त्यसपछि काठमाडौँ पढ्दा पढ्दै छात्रवृत्ति पाएर ५४ वर्षअघि अमेरिका पुगेका उनले त्यहीबाट विद्यावारिधि गरे । भूगोलमा त्रिचन्द्र कलेजबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका जोशीले हवाई युनिभर्सिटीबाट कृषि र भूगोलमा एमए गरेका थिए । त्यसपछि उनले पिट्सबर्ग युनिभर्सिटीबाट अर्वान एण्ड इकोनोमिक्स स्टडिजमा विद्यावारिधि गरे । पढाईसँंगै उनले फेयरमण्ट स्टेट युनिभर्सिटीमा भूगोल विभागमा सन् १९७२ देखि प्राध्यापन गरेका थिए । उनले अमेरिकामा रहेर पनि सुदूरपश्चिमको शिक्षा क्षेत्रको उन्नयनका लागि लामो समयदेखि सहयोग गर्दैआएका छन् । विगत ३० वर्षदेखि बझाङका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएका जोशीले यो अवधिमा १५ जनाभन्दा बढीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गरेका छन् । त्यस्तै, उनले नेपालका ४० जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिलाएर अमेरिकामा पढ्ने व्यवस्था मिलाइएका छन् । उनले बझाङका विद्यालयहरुमा समेत अक्षयकोष स्थापना गरेका छन् । शान्ति मावि चौघान पाटालाई बुबा भानुभक्त जोशीका नाममा र बान्नीचौर उच्च माविलाई आमा महालक्ष्मी जोशीका नाममा अक्षयकोष स्थापनार्थ उनले रु १२÷१२ लाख प्रदान गरेका छन्। त्यस्तै, सत्यवादी उच्च माविमा ठूलो बुबा देवीभक्त जोशीका नाममा अक्षयकोष स्थापना गर्ने योजना उनको योजना छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies