Khabar Dabali Logo
  May 27, Wed

नयाँ पार्टी बनाउने कि, पुच्छर भएको पुरानै पार्टीको ढिपि कस्ने ?

29790747_1628646967231064_168414737593189258_n

अध्यक्ष प्रचण्ड भन्नुहुन्छ –हामीले एकपटक उतिर्ण भएर हुन्न । ईतिहासमा पटकपटक परीक्षा दिईरहनुपर्छ । समय एकपटक मात्रै आउन्न । समय र इतिहास एकपटक मात्रै आउन्न र एउटै तरीकाले घटित पनि हुदैन । नयाँ, विल्कुल नयाँ र उच्चस्तरमा बिकास भएर आउँछ ।

मानव समाज कसैको ब्यक्तिगत आग्रह ,पूर्वाग्रह ,ईष्र्या,रोदनले होईन ,वस्तुगत नियम र आबश्यकताले चल्छ । समाजको आफ्नै गति ले चल्छ ।

हामीलाई के लाग्छ ? होइन, बास्तविकता के हो भन्नेले खास अर्थ राख्छ । हिजो के गरियो ,के लाग्यो ,के भयो ? आज ईतिहास बनिसक्यो । तपाईं हामीले चाहनु र नचाहनुले वास्तविक तथ्यलाई गुमनाम बनाउन सक्दैनौं । ईतिहास त निर्मम बनेर आउँछ ।

बर्तमान र भविष्य बाहेक सबै इतिहास अनुभवसिद्ध शिक्षा सिवाय अरु केही होइन । ईतिहासप्रति तथ्यसंगत सत्यबाट अमिलिनुको जरुरत नै छैन । समय अग्रगमनको यात्रामा नै हुन्छ । पश्चगमन आत्मरति मात्रै हो । फगत अतितमुखी यात्रा मात्रै हो ।अघिल्ला पाईला नै आम प्रवृत्ति हो ।

कपाल र रौका लिखा गन्न न तिमीलाई फुर्सद छ न मलाई । दुनियाँ हसाउनु छैन । तिमी र हाम्रा के कति चाखलाग्दो नजिर छन् । चर्को स्वरले होइन चर्को तथ्यले बताउने हो । हजारौं हजार बर्षका अजस्र पानाहरु छन् । तिम्रा ,मेरा अनि हामी सबैका । हाम्रा वासलत सारा जगत सामु खुला छन् ।पौरख कति छन्, कति गरियो त्यो ईतिहासको एक पहलु मात्रै हो ।

सत् प्रवाह ,निरन्तर गति एक अनिवार्य जीवनको परिघटना हो ।अब पुनः नयाँ राडार चाहिएको छ।अहिले विगतको निरन्तरता मात्रै होइन ,क्रमभंग ,नयाँ छलाङ हो । फरकफरक तत्वको रासायनिक समिकरण आजजको आबश्यकता हो । मलाई के लाग्यो होइन हामीले के गर्यौ बाहेक सबै भ्रम हो ।अन्यथा समाज , राष्ट्र रुपान्तरण एउटा जोक मात्रै बन्छ ।

हामीले हाम्रा सामु खडा यि प्रश्न र तथ्यहरुमाथि बिचार गर्नैपर्छ–

१. नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई नै । यो बिश्व ईतिहास र नेपालीको आफ्नै ईतिहासबाट खारिएको छ।एकताको प्रतिवेदनमा भन्छ–माओवादी जनयुद्ध र जनआन्दोलनको संयोजनबाट जनक्रान्ति अघि बढेको हो । यसैको बलबाट गणतन्त्र नेपाल सम्भव बनेको हो । यसको अर्थ कुनै एक पाटे होइन सबैको योगदानलाई मानेको हो ।

२. नेपालमा मूलरुमा पुँजीवादी जनवादी क्रान्ति राजनीतिक रुपमा पूरा भयो । सानो समुहको संविधान संशोधनको माध्यमबाट पूरा गर्नुपर्नेछ । खासगरी आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरण को बाँकी कार्यभार समाजबादी रणनीति अन्तर्गतको कार्यनीतिक श्रृङखलामा पूरा गर्ने ।

३. हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । विगतमा हामीले अबलम्वन गरिरहेको सिद्धान्त ,माओवाद, जवज,२१ औं शताब्दीमा जनवादको विकास लगायतका विषयमा गहन अध्ययन ,बहस र छलफल गरेर टुङ्गोमा पुगिने छ। अवको नेपाल र बिश्वब्यापी क्रान्तिको कार्यभार पूरा गर्न विचार सिद्धान्तको थप विकास गर्नुपर्ने आवश्यकताको सामूहिक प्रतिबद्धता र बोध जरुरी छ ।

४. विश्व कम्युनिस्ट ईतिहास र नेपाल कम्युनिस्ट पार्टीको टुटफुटको पीडाको निर्मम आत्मासातीकरण , जनता ,कार्यकर्ता र राष्ट्रको आवाज र समयको पदचापलाई पहिचान गर्नु जरुरी छ ।

५. नयाँ विश्व व्यवस्थाको विकल्प खोज्न मानव जातिलाई मुक्तिको आशा संचार गर्न सम्पूर्ण रुपमा केन्द्रित हुनुपर्नेछ ।

६. हिजोका आदी विद्रोह स्पार्टकस देखि पेरिस कम्युन, चीन , रुस , नेपालकै प्रजातान्त्रिक विद्रोह, झापा विद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनहरु सबैको स्वामित्व लिन, र साझा सम्पत्ति मान्नु ,जुनसुकै देश काल र परिवेशमा भएका जनपक्षीय विद्रोहको सम्मान र शिक्षा लिनु अति आवश्यक छ ।

७. नेपाल अब समाजवादी क्रान्तिको चरणमा प्रवेश, समाजवाद उन्मुख जनताको जनवाद अहिलेको आवश्यकता हो, यसलाई दह्रोसँग आत्साथ गर्नुपर्छ । कुनै पनि पनि क्रान्ति शुद्ध रुपमा पूरा हुन नसक्ने नेपालको परिवेसमा पनि लागू हुनु स्वाभाविक रहेको ।

८. आम राजनीतिक कार्यदिशा र नेपाली क्रान्तिको दीर्घकालीन र रणनीतिक लक्ष्य समावादको स्थापना हो । हामी शान्तिपूर्ण संघर्ष र शान्तिपूर्ण प्रतिस्पर्धात्मक तरिकाले समाजवाद निर्माण गर्न चाहान्छौ तर यो हाम्रो चाहानाले मात्रै निर्धारण हुदैन संघर्षको स्वरुप लाई तत्कालीन शक्ति सन्तुलनमा ठोस विश्लेषण गर्नेपर्छ ।

९. प्रगतिशील राष्ट्रवाद हाम्रो नीति हो, यसलाई शर्तका रुपमा मनन गर्नुपर्छ ।

१०. हाम्रा बाँकी कार्यभार पुरा गर्दै आर्थिक समृद्धि र समाजिक न्यायको माध्यमबाट समाजवादको आधार तयार पार्दै अगाढी बढ्नु जरुरी छ ।

आज नत माओले भनेको जस्तै जनवादी क्रान्तिका कार्यभार पुरानै मोडलबाट गर्ने हो नत समाजवादी क्रान्ति नै दुरभविष्यको विषय हो नत आजै सबै समाजवादी कार्यक्रम हतार पूर्वक लागू गर्ने नै हो ।

अत हामीले हिजोका विरासतका सकारात्मक पक्ष लिनैपर्छ नकि नकारात्मक । अहिले नयाँ रासायनिक समिकरणको योगबाट विल्कुल नौलो पार्टीको निर्माण गर्न खोजेको हो । पुच्छर बानरबाट मान्छेको विकास भएजस्तै । आज पुच्छरको पीडाबाट रोदन क्रन्दन गर्ने कि नयाँ निर्माण र बिकासको बाटोमा अघि बढने आजको यक्ष प्रश्न हो ! अनि सबैको सम्मानले मात्रै अघि बढ्ने हो ।

अत्यान्तै साँघुरो घेरा, सानो चित्तबाट कसरी फराकिलो राजमार्गको रेलगतिमा दौडन सकिन्छ ? सबभन्दा संस्थागत र गुटबन्दी रहित तर्क गर्दै त्यसैको दौडमा अब्बल निस्कनेबाट हामीले के सिक्छौ ? आज हामीलाई उद्धात र निकै अग्लो कदको सबैको भावनात्मक ,सांगठनिक र वैचारिक नेतृत्वको खाँचो छ । अध्यक्ष प्रचण्ड भन्नुहुन्छ –हामीले एकपटक उतिर्ण भएर हुन्न । ईतिहासमा पटकपटक परीक्षा दिईरहनुपर्छ । समय एकपटक मात्रै आउन्न । समय र इतिहास एकपटक मात्रै आउन्न र एउटै तरीकाले घटित पनि हुदैन । नयाँ, विल्कुल नयाँ र उच्चस्तरमा बिकास भएर आउँछ ।

(थापा वाईसियल नेपालका केन्द्रिय सचिव तथा ४ नं. प्रदेशका इन्चार्ज हुन् )

फागुन ३ गते, २०७५ - १२:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा १५ जना कोरोना पुष्टी, आजै १२९ थपिए

कर्णालीमा १५ जना कोरोना पुष्टी, आजै १२९ थपिए

काठमाडौं । बुधबार साझसम्म एकैदिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा बुधबार राति थप १५ जनामा...   

कोरोनाबाट ललितपुरमा एक जनाको मृत्यु

ललितपुर । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ। ललितपुरको बुङमति घर रहेका ५७...   
भोलि चीनबाट सेनाले २८ टन स्वास्थ्य सामग्री ल्याउँदै

भोलि चीनबाट सेनाले २८ टन स्वास्थ्य सामग्री ल्याउँदै

काठमाडौं । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले भोलि चीनबाट...   

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बोले नेपाल, भारत र चीनका बारेमा

काठमाडौं । पकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपाल भारतको सिमा विवादका विषयमा चीनलाई समेत जोडेर...   

नेपालमा आज एकैदिन १ सय १४ जनामा कोरोना पुष्टी

काठमाडौं । बुधबार साँझसम्म एकैदिन १ सय १४ जनामा कोरोना पुष्टी भएको छ । मंगलबार १ सय २ जनामा संक्रमण...   

पार्टी निर्णय नभई चल्दिन भनेका ओलीले फेरी गर्न थाले मनखुशी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको...   

कोरोनाको खोप बनाएको दावी गर्ने अमेरिकी कम्पनि परिक्षणका लागी अष्ट्रेलियामा पुग्यो

क्यानबेरा । संयुक्तराज्य अमेरिकाको १ बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको...   
कालापानि भारतलाई र भारतको फुलबाडी नेपाललाई लिजमा सट्टाभर्ना दिने चर्चा

कालापानि भारतलाई र भारतको फुलबाडी नेपाललाई लिजमा सट्टाभर्ना दिने चर्चा

नयाँ दिल्ली । नेपालको नयाँ नक्सा जारी भएपछि भारतमा यसले ठूलो चर्चा पाएको छ । भारतीय मिडिया र साउथ ब्लकले...   

महाकाली सन्धि राष्ट्रघाती थियाे : वामदेव गाैतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि राष्ट्रघाति...   

६२ संक्रमित थपिए, रौतहटमा मात्रै ३५, झापामा १७ जना

काठमाडौं । प्रदेश नं. २ का विभिन्न जिल्लामा गरी ४५ जना कोरोना संक्रमित थपिएका छन् । ४५ मध्य ३५ जना रौतहटका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top