Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यौनसम्पर्कमार्फत् सर्ने यी चार खतरनाक रोग जो अहिले तीब्र रुपमा बढ्दैछ

१. नाइसेरिया मेनिन्जाइटिसः नाइसेरिया मेनिन्जाइटिसलाई मेनिन्गोकसको नामले पनि चिनिन्छ । यो ब्याक्टेरियाले दिमाग र मेरुदण्डको हड्डीलाई संक्रमण गर्नसक्छ । तर यो यूरोजेनिटल संक्रमणका लागि परिचित छ । ७० को दशकमा भएको अध्ययन अनुसार चिम्पान्जीको नाक र गला हुँदै यो ब्याक्टेरिया यौनाङ्गसम्म पुगेको थियो जसलाई युथरल संक्रमण भनिन्छ । लगभग ५ देखि १० प्रतिशत युवायुवतीमा नाइसेरिया मेनिन्जाइटिस ब्याक्टेरिया घाँटी वा नाकको बाटो हुँदा शरिरभित्र प्रवेश गर्ने गर्छ । एक अध्ययनका अनुसार यो संक्रमण एक व्यक्तिबाट उनको पार्टनरमा मुख मैथुन र अन्य प्रकारको सम्पर्कबाट हुनसक्छ । जम्मा पाँच प्रकारका एन। मेनिन्जाइटिस संसारभरी हुने यौन संक्रमणका लागि जिम्मेवार छन् । यद्यपी, यो ब्याक्टेरियाका लागि दुईवटा खोप उपलब्ध छन् जसको मद्दतले यो ब्याक्टेरियाको प्रभाव कम गर्न सकिन्छ । २. माइकोप्लाजमा जेनिटेलियमः माइक्रोप्लाजमा जेनिटेलियम संसारको सबैभन्दा सुक्ष्म ब्याक्टेरियामध्ये एक हो तर यसमार्फत् हुने यौनजन्य संक्रमण संसारको ठूलो समस्याको कारण बन्दै गएको छ । यसलाई सन् १९८० को दशकमा पहिचान गरिएको हो । यो ब्याक्टेरियाले अहिले लगभग १ देखि २ प्रतिशतलाई संक्रमित गरेको छ । विशेषगरी यो युवा र वयस्कमा तीब्र रुपमा फैलिरहेको छ । यो ब्याक्टेरियाका कारण बाँझोपन, गर्भपतन, समयअगावै प्रसव र भ्रुणको मृत्युसम्म हुनसक्छ । कन्डमको प्रयोगले यो संक्रमण पार्टनरलाई सर्नबाट जोगाउन सकिन्छ । अनुसन्धानकर्ताले एम। जेनिटेलियमलाई रोक्नका लागि एन्टीबायोटिक औषधी विशेषगरी एजिथ्रोमाइसिन र डक्सीसाइक्लिनको प्रयोग नगर्न सल्लाह दिने गर्छन् । ३. शिगेला फ्लेक्जेनरीः यसलाई शिग्लोसिसको नामले पनि चिनिन्छ । यो मानवीय मलको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउँदा फैलने गर्छ । यो संक्रमणपछि अत्यधिक पेट दुख्न र झाडालगायतका समस्या देखिन्छन् । वैज्ञानिकका अनुसार एस। फ्लेक्जेनरी मूल रुपमा मुख मैथुन र मलद्वारमा यौनसम्पर्क गर्दा फैलन्छन् । संसारभरीका यस्ता संक्रमण तीब्र रुपमा सार्वजनिक भइरहेको छ । ४. लिन्फोंग्रानुलोमा वेनेरेउम (एलजीवी) क्लेमाइडिया ट्रेकोमाटिस नामको ब्याक्टेरियाका कारण पैदा हुने यो यौनरोग भयानक संक्रमणको कारण बन्न सक्छ । एलजीवीको संक्रमणका कारण अस्थायी डण्डीफोर, यौनाङ्गमा अल्सरको समस्या हुनसक्छ । त्यसपछि यसको ब्याक्टेरिया शरिरको लसिका तन्त्रिकामा आक्रमण गर्नेगर्छ । रेक्टल संक्रमण आन्द्रासँग जोडिएका रोगको कारण बन्नसक्छ । मलाशयको गम्भीर रोगको कारण पनि बन्नसक्छ । पछिल्लो एक दशकदेखि एलजीवी युरोप र उत्तरी अमेरिकामा तीब्र रुपमा बढ्दैछ । विशेषगरी यो रोग बाइसेक्सुअल र समलिङ्गीमा साधारण हुँदै गएको छ । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies