Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

माडीको समस्याबारे प्रतिनिधि मण्डलसहित ओली र प्रचण्डबीच बैठक

काठमाडौं, ४ माघ । चितवन राष्ट्रिय निकुञ्जका कारण चितवनको माडी नगरपालिकाका बासिन्दाले भोग्नुपरेका समस्या लिएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।

शुक्रबार माडी नगरपालिकाका मेयर ठाकुर ढकालसहितको प्रतिनिधि मण्डल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेको थियो । प्रतिनिधि मण्डलले माडीका स्थानीय बासिन्दाले भोग्नुपरेका समस्या समाधानका लागि ठोस पहल गर्न अध्यक्ष प्रचण्डसँग अनुरोध गरेको छ ।

प्रतिनिधि मण्डलसँग केहीबेरको छलफलपछि अध्यक्ष प्रचण्ड चितवनबाट आएको प्रतिनिधि मण्डल लिएर प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । प्रतिनिधि मण्डलमा मेयर ढकाल, नेकपाका तीन नम्वर प्रदेशका अध्यक्ष नारायण दाहाल, तीन नम्वर प्रदेशका सचिव आनन्द पोखरेल, पूर्वउपप्रधानमन्त्री अमिक शेरचन र चितवनका जिल्लास्तरीय नेताहरु सहभागी थिए ।

छलफलका क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई पनि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएका थिए । छलफलमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

प्रतिनिधि मण्डलले निकुञ्जका कारण माडीका बासिन्दाले भोग्नुपरेका समस्या प्रधानमन्त्रीलाई अवगत गराएको थियो । प्रतिनिधि मण्डलले निकुञ्जका कारण माडी क्षेत्रमा आवातजावतमा समस्या परेको, घरायसी सामानसमेत निकुञ्जको बाटो हुँदै लान नपाइने अवस्था रहेको प्रधानमन्त्रीलाई अवगत गराएको थियो ।

‘देश शान्ति प्रक्रियामा आए पनि माडीमा संकटकालकै अवस्था छ’ प्रतिनिधि मण्डलका सदस्यहरुले प्रधानमन्त्रीसँग भने, ‘हामीले हाम्रो घरायसी सामान भरतपुर, काठमाडौं वा अन्यत्र लैजान पाउँदैनौं, अन्यत्रबाट घरायसी कामका लागि ल्याएको सामान पनि निकुञ्जले रोकिदिन्छ । यसरी त कसरी बाँच्न सकिन्छ ? उपाय खोज्दिनुपर्यो ।’

भरतपुर महानगरपालिका र माडी नगरपालिकाको बीचमा पर्ने राष्ट्रिय निकुञ्जका कारण माडीबासीले सास्ती खेप्नुपरेको मेयर ढकालले बताए । ढकालले स्थानीयका माग सम्बोधन गर्न आफू अनसन बस्नुको बिकल्प नभएकोसमेत प्रधानमन्त्रीलाई स्मरण गराए । ढकालले भने, ‘अब त अति भयो, म आफैं अनसन बस्नुको बिकल्प छैन । अन्तिम उपाय खोज्न प्रधानमन्त्रीज्यूकोमा आएका छौं ।’

प्रतिनिधि मण्डलले निजी स्वामित्वमा रहेको ढुंगा, गिढी, बालुवाको भोगचलन गर्न नपाएको, राष्ट्रिय निकुञ्जले आवातजावतमा प्रतिबन्ध लगाउँदा एक प्रकारको बन्दी जीवन बिताउनु परेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । माडीको बाँदरझुलाबाट माडी नगरपालिका कार्यालय आउन अवरोध गरिएको र सवारी साधन आवातजावतमा रोक लगाइएको कुरा पनि प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग राखेको थियो ।

प्रतिनिधि मण्डलले राष्ट्रिय निकुञ्ज नेपालकै गौरवको विषय भए पनि आफूहरुले बन्दी जीवन बिताउनुपरेको भन्दै बिकल्प खोज्न प्रधानमन्त्रीसँग आग्रह गरेको हो । २०२९ सालमा बनेको निकुञ्जसम्बन्धि ऐन संशोधन गरी स्थानीयका माग सम्बोधन गर्न पनि प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग अनुरोध गरेको थियो ।

प्रतिनिधि मण्डललाई लिएर बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले माडीका जनताले भोगेका समस्याहरुबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । प्रचण्डले आफूले माडीका जनतासँग पटकपटक प्रत्यक्ष अन्तरक्रिया गरेको र त्यहाँको जनताको आवातजावातको समस्या अत्यन्तै कष्टकर रहेकाले बिकल्प खोज्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

भेटमा प्रचण्डले माडीको समस्या हेरौला नभनी तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरे । ‘एउटै जिल्लामा आवातजावत गर्न पनि यति धेरै कष्टकर छ’ प्रचण्डले भने, ‘बाँदरझुलामा तत्काल सवारी साधन जाने वातावरण, स्थानीय प्राकृतिक साधन स्रोतको नगरपालिकाले कर लिन पाउने व्यवस्था, माडीको सडक कालोपत्रे र आवातजावातको समस्या तत्काल सम्बोधन गर्नुपर्छ । त्यहाँको स्थिति हेर्दा भोलि गरौंला, पर्सि गरौंला भन्ने परिस्थिति छैन ।’

प्रतिनिधि मण्डलको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आफू स्वीटजरल्याण्डबाट फर्किएपछि समस्या समाधानका लागि ठोस पहल गर्ने बताएको एक नेताले बताए । ‘तपाईंहरु अहिले अनसन नबस्नुस्, अहिले केही दिनका लागि सजिलो उपाय के हुन सक्छ, त्यो म खोज्छु । म फर्केर आएपछि बिस्तृतमा छलफल गरेर टुङ्गोमा पुर्याउला’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रतिनिधि मण्डलका सदस्य ईश्वरी भट्टराइले भने ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies