Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

काठमाडौँ । अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् । बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, “हामीले तीन वर्ष अगाडि सेवा शुरू गरेका हौँ, पछिल्लो समयमा अनलाइनबाट टिकट काट्ने यात्रुको सङ्ख्या बढिरहेको छ । सुरुसुरुमा यातायात व्यवसायीले अनलाइनमार्फत टिकट बिक्री गर्ने कुरामा चासो नदेखाए पनि पछिल्लो समय यातायात व्यवसायीसमेत यसमा आकर्षित भएका छन् । “अहिले यातायात व्यवसायीले सुविधा सम्पन्न एसी÷डिलक्स गाडीमा लगानी बढाइरहेका छन् । महङ्गो मूल्यमा गाडी खरीद गरेसँगै यात्रुलाई पनि गुणस्तरीय सेवा दिनका लागि उनीहरूले प्रविधिको प्रयोग गर्न उत्सुक देखिन्छन्”, सिइओ खनालले भने । धौलागिरि यातायात व्यवसायी समितिका अध्यक्ष उमेश केसीले हिजोका दिनमा हातले टिकट काट्दा यात्रु र कर्मचारी दुवैलाई झञ्झट थियो, अहिले यात्रु काउन्टरसम्म पुग्न नपर्ने र कर्मचारीलाई पनि काम गर्न सहज हुने भएका कारण अनलाइन टिकटिङ शुरू गरेको बताए । व्यवसायीलाई सवारीको प्रबन्ध मिलाउन र टिकटलाई व्यवस्थापन गर्नका लागि प्रविधिको प्रयोगले धेरै सहज भएको उनको भनाइ छ । यस्तै अनलाइन टिकटिङको सेवा दिइरहेको नमस्ते कपिलवस्तु यातायात प्रालिका अध्यक्ष कुमार खड्काले पनि पछिल्लो समय अनलाइनबाट टिकट काट्नेको सङ्ख्या बढेको बताए । अहिले धेरै क्षेत्रमा अनलाइन भुक्तानी तथा कारोवार शुरू भए पनि सार्वजनिक यातायातका साधनमा प्रविधिको प्रयोग हुन नसकिरहेका बेला बस सेवाले यातायात व्यवसायीलाई आवश्यकपर्ने ‘बि–सफ्ट’ नामक सफ्टवेयर निर्माण गरी अनलाइनबाटै टिकट काट्न सकिने सेवा ल्याएको हो । नेपालका अधिकांश रूटमा अनलाइन टिकट काट्न सकिन्छ । यात्रुले आफ्नो मोबाइल, इन्टरनेटमार्फत घरैबाट अथवा नजिकको साइबर कम्युनिकेशनबाट टिकट काट्न सक्छन् । ‘बि–सफ्ट’ सफ्टवेयर प्रयोग गर्दा यातायात व्यवसायीलाई समेत धेरै फाइदा हुने सिइओ खनालको भनाइ छ । उनले भने, “सबै कुरा सफ्टवेयरले नियन्त्रण गर्ने हुँदा मानवीय त्रुटिका कारण हुने कमजोरी हट्छ ।” यसको प्रयोग गर्दा दशैँ तिहार तथा अन्य समयमा धेरै यात्रु ओहोरदोहोर गर्ने समयमा पनि टिकट दोहोरिने तथा टिकटमा कालोबजारी गर्न नसक्ने हुँदा यातायात व्यवसायीलाई पनि सेवा प्रदान गर्न सहज हुने उनको भनाइ छ । यस्तै यात्रुलाई पनि घरबाटै टिकट काट्न सकिने हु“दा समय र खर्च दुवैको बचत हुनुका साथै टिकट बुकिङकै लागि काउण्टरमा गई लाइन बस्नुपर्ने सास्तीबाट मुक्ति मिल्छ । बस सेवा डटकम, बस सेवा मोबाइल एप्सलगायतका माध्यमबाट टिकट काटी ई–सेवा, आइएमई पे, इप्रभुलगायतका भुक्तानी सेवा प्रदायक तथा इन्टरनेट बैंकिङ र मोबाइल बैकिङमार्फत टिकट काट्न सकिन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies