/  Wed, January 23, 2019

पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने मन्त्री विष्टको प्रतिबद्वता

पोखरा। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गरे ।

उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जानु हुने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्ने छ । आगामी दिनमा यस कार्यालयबाट नै वैदेशिक रोजगारमा जानु हुनेलाई श्रम स्वीकृति प्रदान गरिने उद्देश्यका साथ यो कार्यालयको स्थापना भएको हो ।

सो अवसरमा मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास प्रकट गरे । उनले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर कार्य गरिरहेको बताए ।

उनले सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको भन्दै ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराए ।  उनले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको स्पष्ट पारे ।

सो अवसरमा मन्त्री विष्टले वैदेशिक रोजागारमा मकाउ जानुहुने नवलपरासीका खड्गबहादुर गुरुङ र युनाइटेड अरब इमिरेट्स जाने चन्द्रबहादुर गुरुङलाई राहदानी प्रदान गरे ।

पुस २६ गते, २०७५ - १५:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चट्याङ लागेर दुई जनाको मृत्यु, ४ जना घाइते

डडेल्‍धुरा । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका-४ गनेडाकी रोशनी देउवाको चट्याङ लागेर मृत्यु...   
भिडियो गेमको व्यापारबाट ४४ अर्ब डलर

भिडियो गेमको व्यापारबाट ४४ अर्ब डलर

सान फ्रान्सिस्को। ‘फोर्टनाइट’, ‘पोकेमोन गो’ समेतका लोकप्रिय ‘भिडियो गेम’ उद्योगबाट संयुक्तराज्य...   
चलचित्र ‘जिस्म-२’ को टिजर सार्वजनिक, ग्ल्यामरको दृश्य समाबेश (हेर्नुहाेस् भिडियाे)

चलचित्र ‘जिस्म-२’ को टिजर सार्वजनिक, ग्ल्यामरको दृश्य समाबेश (हेर्नुहाेस् भिडियाे)

काठमाडौँ । चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’को टिजर रिलिज गरिएको छ । चलचित्रको टिजरमा फाइट...   

अधिकांश स्थानमा वर्षा र हिमपात, अझै चिसो बढ्ने

काठमाडौँ। पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुको...   

गुणस्तर सुधार्दै टेलिकम

बागलुङ। धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ । पूर्वाधार...   
डाभोसमा नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला, प्रधानमन्त्री ओलीले के भने ?

डाभोसमा नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला, प्रधानमन्त्री ओलीले के भने ?

स्वीटजरल्याण्ड। विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्,...   

क्रिस्टियानो रोनाल्डोलाई करछली मुद्दा, १ करोड ८८ लाख युरो जरिवाना

करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख युरो जरिवाना तिर्न मड्रिडस्थित...   
काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौं । मंगलबार राति देखि नै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानी परेको छ , साथै देशका विभिन्न...   
११ हजार भोल्टको करेन्ट लागेर दुवै हात-खुट्टा गुमाएका हरिकाजी भन्छन् ‘म पनि कृष्ण ओली भाइ झै हाँस्न चाहान्छु !’ शेयर गरेर सहयोगी हात सम्म पुर्यायौं

११ हजार भोल्टको करेन्ट लागेर दुवै हात-खुट्टा गुमाएका हरिकाजी भन्छन् ‘म पनि कृष्ण ओली भाइ झै हाँस्न चाहान्छु !’ शेयर गरेर सहयोगी हात सम्म पुर्यायौं

अति दुर्गम हिमाली बारीको भित्तामा टाँसिएको एकतले झुप्रे घर । आफु बस्नेसँगै जोडेर बनाइएको बाख्रोको...   

अण्डाको सस्तो पसल खुल्दै, अब कति रुपैंयाँमा पाइन्छ ?

चितवन। उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top