Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यसकारण बर्खास्तीमा परेका रहेछन् मन्त्री सोडारी –कार्वाहीको भित्री कथा

काठमाडौं । सोमबार बिहान । मुख्यमन्त्री त्रिलोचन भट्ट एकाएक काठमाडौं आइपुगे । उनीलाई प्रधानमन्त्री कार्यालयबाट बोलाहट आएको थियो । प्रसङ्ग थियो– सामाजिक विकास मन्त्री दीर्घ सोडारीविरुद्ध परेका उजुरी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री दीर्घ सोडारीविरुद्ध नैतिक र पदीय आचरणसँग जोडिएका उजुरी आएपछि उनीलाई मन्त्रीपदबाट हटाउन पार्टी अध्यक्षसमक्ष उजुरी परेको थियो । विशेष श्रोतका अनुसार, सोमबार बिहान काठमाडौं आएका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले यस विषयमा गम्भीर छलफल गरेका थिए । नैतिक आचरणकै विषय जोडिइसकेपछि मन्त्री पदमा बसिराख्न उचित नहुने र यसले पार्टीलाई नै असर पर्न सक्ने प्रधानमन्त्रीको जिकिर थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग भएको छलफलपछि मुख्यमन्त्री भट्ट आज मंगलबार बिहान धनगढी फर्किएका थिए । धनगढी फर्केलगत्तै मुख्यमन्त्रीले आफ्नो टीम तथा प्रदेश इन्चार्ज भीम रावललगायतसँग यसविषयमा छलफल गरेको श्रोतले जनायो । राजनीतिकरुपमा भीम रावलका निकट मानिन्छन् बर्खास्त भएका मन्त्री दीर्घ सोडारी । स्रोतका अनुसार, उनको नाम एकजना महिलासँग जोडिएर उजुरी परेको थियो । योसँगै मन्त्री भइसकेपछि आर्थिक अनुशासनमा बस्न नसकेको समेत उनीमाथि आरोप आइलागेको थियो । जिल्ला पनि एउटै । श्रोतका अनुसार, इन्चार्ज भीम रावललाई सोडारीको आचरणका बारेमा यसअघि पनि सूचना प्राप्त नभएको होइन । उनले सोडारीलाई सच्चिन समेत भनेका थिए । तर पर्टी अध्यक्ष तथा प्रधानमन्त्रीले नै यो विषयमा चासो लिएपछि नेता रावलले सहमति व्यक्त गरेका थिए । नेता रावललगायतसँग छलफल गरेपछि मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गर्ने र उनको स्थानमा कृष्ण सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको थियो । हाकाहाकी स्वभावका मन्त्री सोडारीविरुद्ध नैतिक तथा पदीय आचरण अनुरुप काम नगरेको भन्ने गम्भीर आरोप छ । श्रोतका अनुसार, उनको नाम एकजना महिलासँग जोडिएर उजुरी परेको थियो । योसँगै मन्त्री भइसकेपछि आर्थिक अनुशासनमा बस्न नसकेको समेत उनीमाथि आरोप आइलागेको थियो । केही दिनअघि राती मन्त्री सोडारीको गाडीले एउटा मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा स्थानीयले पक्राउ गरेका थिए । त्यतिखेर उक्त गाडीमा मन्त्री भने नभएको कुरा सार्वजनिक गरिएको थियो । नैतिकताविहिन काम गरेको भन्दै आज नै नेकपाको प्रदेशस्तरको बैठकले सोडारीलाई कम्युनिष्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । “उनीमाथि पदीय आचरण पालना नगरेको कारण कार्वाही गरिएको हो ।” बैठकमा सहभागी एक नेताले भने । अहिले उनी अनिश्चितकालिन कार्वाहीमा परेका छन् । श्रोतले भन्यो, “चानचुने विषयमा यति ठूलो निर्णय हुँदैन । मन्त्रीबाट हटाउनु र पार्टी सदस्यता नै नरहने गरी कार्वाही गरेबाट उनले गम्भीर गल्ती गरेको पुष्टि भएको छ । बजारमा उनको आचरणसँग जे जस्ता हल्ला छन् त्यसलाई प्रमाणित गरेको छ ।” मन्त्री सोडारीले भने आफू गुटबन्दीको शिकार भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । तर गुटबन्दीका कारण पदबाट कार्वाही गरेको स्वभाविक लागेपनि पार्टी सदस्यताबाटै कार्वाही हुनुबाट भने उनको तर्क दमदार देखिँदैन । पार्टी सदस्यताबाटै कार्वाही गरिएको यो घटनाले सुदूरपश्चिम प्रदेशमा संगठनभित्रको अराजक प्रवृत्तिमा अंकुश लाग्ने टिप्पणी समेत यतिखेर गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies