Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

३ दिनपछि वलीको लाश उठ्यो, कानूनबमोजिम क्षतिपुर्ति दिने

इलाम । शनिबार बसको ठक्करबाट मृत्यु भएका बबई गाँउपालिका वडा नं ५ बबरपुर निवासी २२ वर्षीय मानसिंह वलिको शव ३ दिनपछि सहमति पश्चात उठाइएको छ । कानूनअनुसार मृतकका परिवारलाई क्षतिपुर्ति दिने सहमति पश्चात घरपरिवार तथा आन्दोलनरत स्थानीयले शव उठाउन दिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्तीले जानकारी दिए । राप्ती यातायात सेवा प्रालि अन्तर्गत संचालित ना.२.ख.९६३५ नं.को बसले ब्याक गरी जानाजान कर्तव्य ज्यान मारेको घरपरिवारले आरोप लगाएपछि आक्रोशित स्थानीयले लाश उठाउन दिएका थिएनन् । शनिबार दाङ जिल्लाको पर्यटकीय क्षेत्र पुरन्धारा झरना पिकनिक स्पटमा पिकनिक खाएर फर्किदै गर्दा वलिलाइ आफ्नै घरअघि गाडीले ठक्कर दिएको थिए । पिकनिकमा नशा सेवन गरेर गाडी चलाएको र जानाजान वलीलाई व्याक गरेर मारेको प्रत्यक्षदर्शी वलीको पत्नी विमला वलीले बताइन् । “घच्याक्क गाडी रोकिंदा के रहेछ भनेर हेर्न जाँदा, श्रीमान्लाई गाडीले हानेको रहेछ” विमलाले भनिन् । “सामान्य चोटपटक लागेको थियो, मेरो श्रीमानलार्इ केही नगर भन्दा ब्याक गरेर मारे ।” मृतक वलिको ७० बर्षीय हजुरआमा, एक श्रीमित र दुई नाबालक छोराहरु छन् । स्थानीयले उचित क्षतिपुर्ति, बिमला वलीलाई रोजगार, नाबालकको पढाई लेखाई को व्यवस्था गरीनुपर्ने मागसहित स्थानीय आन्दोलित थिए । शवको सुरक्षाका लागि व्यापकरुपमा प्रहरी परिचालन गएिको छ भने कुनै पनि बेला झडप हुनसक्ने अवस्था रहेको छ । यसैबीच लाश उठाउने र क्षतिपुर्ति सम्बन्धमा अहिले प्रहरी प्रशासन, स्थानीय सरकारका प्रतिनिधिहरु, पीडित पक्षसहितको वार्ता भईरहेको छ । माग पूरा नहुँदासम्म कुनैपनि हालतमा लाश उठाउन नदिने स्थानीयले अडान लिएका छन् । ठक्कर दिने गाडीलाई स्थानीयले तोडफोड गरेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies