भद्रपुर । पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ । ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने सम्भावना छ । काँकडभिट्टाबाट १५ किलोमिटर उत्तरमा अवस्थित बेँसीबजार झापाको मेचीनगरको वडा नं ३ र इलामको रोङ–५ मा पर्छ । ग्रीनभिलेज होमस्टेमा आबद्ध यहाँका नौ वटा घरले पर्यटक पर्खिरहेका छन् । सामाजिक अगुवा बृहस्पति खतिवडाका अनुसार देवानका अन्तिम राजा मधेशी हिलिहाङको दरबार र सैनिक अखडाको भग्नावशेष बेँसीबजार नजिकै देवानगढीमा भेटिएको छ । ढुङ्गाका दुर्ग, सेनाको टुँडिखेललगायतका पुरातात्विक महत्वका वस्तु फेला परे पनि हालसम्म यसको आधिकारिक अनुसन्धान हुन सकेको छैन । बहुवन सामुदायिक वनबाट देवानगढी हुँदै भाषाशास्त्री महानन्द सापकोटाको शालिक रहेको देवानछापसम्मको चार किलोमिटर लामो ‘महानन्द पदमार्ग’ समेत पहिल्याइएको छ । बेँसीबजारमा अग्र्यानिक खानेकुरा पाइन्छ । चरा, मृग र मयूरको स्वर्ग नै मानिने यो ठाउँ दृश्यावलोकनका लागिसमेत उपयुक्त रहेको ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्की बताउछन् । मेचीनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका पर्यटकीयस्थल पहिचान गरेर त्यसको सम्वद्र्धन र प्रवद्र्धन गर्नका लागि तत्काल कार्ययोजना तयार गरेर काम अघि बढाउने नगर उपप्रमुख मीना उप्रतीले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: