Khabar Dabali Logo
  October 17, Thu

नेपालमा पहिलो पटक वाटर एटीएम, २ रुपैयाँमा पानी पिउन पाईने

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ ।
खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री मगरले एटीएमको निरीक्षण गरेकि हुन् । एटीएमबाट पानी झारेर उनले पानी पिएकि थिइन्। यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिए ।
ललितपुरको सैंबु, भैंसेपाटीस्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिएको थियो । वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गरिएको हो ।
उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाईने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैंया र एक लिटर पानीको मूल्य १० रुपैंया राखिएको छ । उक्त एटीएममा दुई रुपैंयाको क्वाईन हाले पछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ ।
यस्तो खालको वाटर एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने बोर्डका कार्यकारी निर्देशक राणाले बताए । उनले काठमाडौं उपत्यकामा मान्छेको चाप बढी भएको ठाउँहरुमा पहिलो चरणमा वाटर एटीएम राख्दै लगिने जानकारी दिनुभयो । यो वर्षभित्र २० वटा वाटर एटीएम राखिने बोर्डको भनाई छ ।
अशोज २५ गते, २०७५ - १७:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   

रोशनीको चोटमा महराको संलग्नताबारे यस्तो आयो फरेन्सिक जाँचको रिपोर्ट

काठमाडौं। निवर्तमान सभामूख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका...   
आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा...   
राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनले एकतापछिको नयाँ केन्द्रिय समिति निर्माण गरेको...   
उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार  !

उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार !

काठमाडौं । कम्यूनिष्ट पार्टीहरुमा बेला–बेला विभिन्न नेताहरुको सांस्कृतिक विचलनबारे चर्चा चल्छ ।...   

नेपालमा जनयुद्धको जगमा गणतन्त्र आएको हो – ओली

काठमाडौ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धको जगमा गणतन्त्र आएको बताएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top