Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बसिमाया परियारलाई एउटै पिरलो छ- घर छैन, कहाँ मान्ने दशैँ ?

बागलुङ। यसपालि बसिमाया परियारलाई दशैँ दशा बनेर आएको छ । गएको वर्षायाममा घरबास गुमाएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दशैँ कहाँ मान्ने ? दुुःखी हुँदै उनले भने, “छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने ?” चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उनी मात्र एक्लो छन् । काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १४ परिवारको व्यथा समान छ । गत असार ११ गतेको भीषण वर्षाले गाउँ भासिएपछि काउलेका बासिन्दा विस्थापित बनेका हुन् । १३्र दलित र एक जनजाति परिवारका ४६ सदस्य अहिले छिमेकीको आश्रयमा छन् । इन्द्रबहादुर परियारले यसपालि दशैँमा आफ्नो आँगन, दैलो टेक्न पाउने हुने छैन । दुबईबाट दशैँमा घर आउन लाग्नुभएका परियारकी श्रीमती सुमित्रा र तीन छोरा आफन्तको घरमा बस्छन् । “घरगोठ सबै भत्कियो, गरेर खाने बारी पनि चिराचिरा छ” सुमित्राले दुःखेसो पोखिन्। १६ महीने काखको छोरा अमितसँगै तीन छोरा साथमा लिएर उनी अहिले विस्थापनका कष्टपूर्ण दिन काटी रहेका छन् । विस्थापित बनेकामध्ये अधिकांश परिवार कोठा भाडामा लिएर दुःखजिलो गरी बसेका छन् । दैनिक मजदूरी गरेर जीविका चलाउने परिवार थातथलो नै गुमेपछि विचल्लीमा परेका हुन् । घरगोठ, खेती गर्नलाई भएको सानो जमीन पनि खण्डमा परिणत भएको छ । ७२ वर्षीय डिलबहादुर परियारले खाइनखाई रु दुई लाख खर्चेर बनाएको घर गुमाउनुपरेको बताए । सत्तरी वर्षीया श्रीमती बिजुला परियारको साथमा उनी पनि छिमेकीको घरमा भाडामा बस्छिन् । “महीनाको रु एक हजारमा बसेका छौँ”, उनले भने, “सरसामान, लत्ताकपडा, खाने, सुत्ने सबै एउटै कोठामा छ ।” महीनौँ बित्दासमेत विस्थापित परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् । पुनःस्थापनाको लागि पहल अघि बढे पनि ठोस काम हुन सकेको छैन । घरबाससँगै खेती कमाउने जग्गा पनि गुमेपछि विस्थापित परिवार चरम समस्यामा परेका हुन् । “बिहान, बेलुकाको छाक टार्नै धौ–धौको अवस्था छ” विस्थापित हीराकुमारी पुनले भने, “राहत र पुनःस्थापनाको लागि आश्वासन मात्र आउँछ ।” सरकारी निकायका पदाधिकारी र स्थानीय जनप्रतिनिधिले नआत्तिनुस् हामी छौँ भनेर ढाडस मात्रै दिने गरेको विस्थापितको गुनासो छ । “आशैआशमा यत्रो महीना बित्यो, सबै आउँदा, भेट्दा केही पाउने भइयो भन्ने लाग्छ” विस्थापित बसिमाया परियारले भने । वडाध्यक्ष शिव कँडेलले प्रारम्भिक चरणको राहत बाँडे पनि क्षतिपूर्ति र पुनःस्थापनामा ढिलाइ भएको स्वीकार गरे । विस्थापित परिवारको लागि बस्ती बसाल्न सुरक्षित ठाउँमा जग्गा खोज्ने प्रक्रिया अघि बढेको उनको भनाइ छ । सोही वडाको सिर्पाली र लामराती भन्ने ठाउँमा जग्गा हेर्ने काम भइरहेको जनाइएको छ । चौध घर बनाउन करीब रु २५ लाख मूल्य बराबरको जग्गा व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । जग्गा खरीदकै लागि बिहुँकोट समाज जापानले आर्थिक सङ्कलन अभियान थालेको छ । उक्त अभियानबाट हालसम्म रु चार लाख उठेको जनाइएको छ । अन्य क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम शुरु भएको वडाध्यक्ष कँडेलले बताए । गुल्मी समाज जापानबाट पनि रु एक लाख २० हजार राहत जुटेको छ । उक्त रकम दशैँ खर्चस्वरुप विस्थापित परिवारलाई सोमबार वितरण गरिएको थियो । तत्कालै अस्थायी टहरा बनाएर विस्थापितलाई राख्ने गाउँपालिकाको प्रतिबद्धता भने पूरा हुने सकेको छैन । दीर्घकालीन पुनःस्थापनाको लागि समय लाग्ने हुँदा अस्थायी संरचना बनाउने योजना गाउँपालिकाको थियो । गाउँपालिका अध्यक्ष अम्मर थापाले जग्गा व्यवस्थापन हुन नसक्दा समस्या भएको बताए । “सार्वजनिक जग्गामा राख्दा समस्या निम्तने हुँदा सकभर निजी जग्गा खोज्नुस् भनेका छौँ” उनले भने, “जग्गा भयो भने घर बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्छ ।” जग्गा भएको खण्डमा जनता आवास कार्यक्रमबाट पनि घर निर्माण गर्न सकिने बताइएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउ काउलेको जमीन धसिदा लोकमार्ग पनि जोखिममा छ । भू–गर्भविद्को टोलीले पनि स्थलगत अवलोकन गरी काउलेमा बस्ती राख्न नमिल्ने निष्कर्ष निकालेको थियो । जमीन भासिन थालेपछि पहिरोको डरले गाउँले बेलैमा सुरक्षित ठाउँतिर लागेका कारण त्यतिबेला कुनै मानवीय क्षति भने हुन पाएन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies