Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

युवाहरूमा पार्किन्सन्स रोग, यस्तो हुन्छ लक्षण

चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र लन्डनस्थित मेडिकल फर्म मेडोप्याडले पार्किन्सन्स रोग निदानका लागि \'आर्टिफिशल इन्टेलिजन्स\'(एआई) प्रयोग गर्न सहकार्य गरेका छन्। यस पद्धतिमा पार्किन्सन्स रोगका लक्षणको गम्भीरता खुट्याउन एउटा क्यामेराले बिरामीले हात चलाएको दृश्य खिचिराख्छ। चिकित्सकले परीक्षण गरिसकेका बिरामीका उपलब्ध भिडिओ प्रयोग गरेर अनुसन्धान टोलीले यो कम्युटरमा आधारित कृत्रिम प्रणालीको विकास गरेको हो। त्यसका लागि लन्डनस्थित किङ्स कलेज हस्पिटलसँग पनि सहकार्य भएको थियो। \"बिरामीले कुनै सेन्सर वा उपकरण बोक्नुनपर्ने गरी पार्किन्सन्स रोग बिग्रिएको पत्ता लगाउन हामी एआई प्रयोग गर्छौँ,\" टेन्सेन्ट मेडिकल एआई ल्याबका प्रमुख डा. वेई फानले भने। प्राय: आधा घण्टाभन्दा बढी समय लाग्ने \'मोटर फङ्शन\' निर्धारण प्रक्रियाको गति बढाउनु यसको उद्देश्य हो। मेडोप्याडले विकसित गरेको स्मार्टफोन प्रविधि प्रयोग गरेर अस्पताल नै नगई तीन मिनेटभित्र बिरामीको परीक्षण गर्न सकिन्छ भन्ने अपेक्षा छ। मेडोप्याडले विभिन्न रोग भएका बिरामीको परिस्थिति निगरानी गर्न एप्स र लगाउन मिल्ने उपकरणहरू विकसित गरेको छ। सो मेडिकल कम्पनी तीव्र गतिमा ठूलो हुँदैछ। तर चीनमा एआईको क्षेत्रमा विशाल लगानी भएको टेन्सेन्टसँग तुलना गर्दा यो अझै सानो नै छ। मेडोप्याडका प्रमुख कार्यकारी अधिकृत डान भाडाटका भन्छन्, \"संसारभरि रहेका करोडौँ बिरामीलाई प्रभाव पार्ने हाम्रो लक्ष्य हो। र, त्यो परिस्थितिसम्म पुग्न हामीले अन्तर्राष्ट्रिय पहुँच भएका साझेदारसँग काम गर्नु आवश्यक हुन्छ।\" अहिले अमेरिका र चीन आर्टिफिशल इन्टेलिजन्सको क्षेत्रमा नेतृत्व लिने प्रतिस्पर्धामा छन्। यही परिप्रेक्ष्यमा स्वास्थ्यसेवाको क्षेत्रमा एउटा ब्रिटिश फर्मले विशाल चिनियाँ कम्पनीसँग सहकार्य गर्नु कति बुदि्धमत्तापूर्ण हुन्छ भन्ने प्रश्न उठ्न सक्छ। वेई फान भन्छन् - यो सबैका लागि उपयोगी हुने खुल्ला र पारदर्शी योजना हुनेछ। उनका अनुसार चीन, अमेरिका र अन्य देशमा यसको परीक्षण गर्ने योजना छ। उनी भन्छन्, \"हामी स्थानीय नियम कानुनको अक्षरश: पालना गर्नछौँ। र नतिजा आएपछि त्यसले एउटा देशलाई मात्र नभएर पूरै संसारलाई लाभ पुग्नेछ।\" पार्किन्सन्स रोगका बिरामीको उपचारका लागि योबाहेक अरू नयाँ प्रविधि पनि उपलब्ध छन्। स्विट्जर्ल्यान्डको इन्स्टिट्युट फर रोबटिक्सका दुई अनुसन्धानकर्ताले एउटा स्मार्टफोन एप विकसित गर्दैछन्। त्यो एपले बिरामीले विभिन्न शारीरिक अभ्यास गरेपछि कम्युटरको प्रयोग गरेर परिणामको विश्लेषण गर्छ।

के हो पार्किन्सन्स रोग ?

संसारभरि झन्डै एक करोड मानिसमा पार्किन्सन्स रोग भएको आकलन गरिएको छ। यो सङ्ख्या बढ्दै जानेछ। पार्किन्सन्स रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर हिजोआज उल्लेख्य सङ्ख्यामा युवाहरूमा पनि यो रोग देखिएको छ। पार्किन्सन्स हुँदा बिस्तारै मस्तिष्कमा क्षय हुँदै जान्छ र शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्तत: विस्मृति हुने जस्ता समस्या देखिन्छन्। हाल उपलब्ध उपचारपद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ। मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ। कुनै औषधिले पनि यो रोग निको पार्न सक्दैन। तर एआई प्रविधिमा भएको विकासले पार्किन्सन्स रोगका लक्षण निवारणका लागि उपचार गर्न चिकित्सकहरूलाई सजिलो पार्ने विश्वास गरिएको छ। बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies