Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रधानमन्त्रीद्वारा पिरिस जलविद्युत संयन्त्र निरीक्षण

सान होजे ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत् संयन्त्र निरीक्षण गरे । इओलिक पार्क आइपुग्दा प्रधानमन्त्री ओलीलाई संयन्त्रका प्रमुख इञ्जिनीयर जर्मन युरेना, डिबी एरियासले स्वागत गर्नुका साथै संयन्त्रका बारेमा जानकारी दिए । यसैगरी ‘कोस्टारिकन इलेक्ट्रिसिटी कर्पोरेसन’ (आइसीइ)का निर्देशक रोबेर्तो किरोसले सो परियोजनाका अन्य पक्षका बारेमा जानकारी गराएका थिए । कोस्टारिकाको ऊर्जा उत्पादनको ९८.१ प्रतिशत भाग नवीकरणीय ऊर्जाले ढाकेको छ । यीमध्ये पनि ८० प्रतिशत ऊर्जा जलविद्युत््बाट प्राप्त हुन्छ । यस मुलुकमा सामान्यतया हरेक वर्ष करीब ७५ दिन उर्जाको मागको १०० प्रतिशत नवीकरणीय ऊर्जाले पूर्ति गर्छ । आइसीइले पानी, पृथ्वीको ताप, हावा, सूर्य र जैविक इन्धनका आधारमा ऊर्जा उत्पादन गर्छ । यस संस्थाले सहायक ब्याकअपका लागि मात्र हाइड्रोकार्बन ऊर्जा उपयोग गर्ने गर्छ । आइसीईको सबैभन्दा ठूलो परियोजना राष्ट्रिय विद्युत् प्रणालीमा आरेनल, काची, आङ्गोस्तुरा, पिरिस तथा रेभेन्ताजोन गरी चारवटा जलविद्युत् परियोजना छन् जसमा जलाशयसमेत छ । यसैगरी पृथ्वीको तापका आधारमा मिराभालेस जियोथर्मल तथा लास पाइलास जियोथर्मल प्लान्ट गरी दुई परियोजना पनि यस संस्था अन्तर्गत छन् । आइसीइअन्तर्गत वायु ऊर्जा प्रणाली पनि छन् । यस संस्थाको क्यान बाग्यासे आयोमास ऊर्जा संयन्त्र कोस्टारिकाको उत्तरपश्चिमी भागमा अवस्थित छ । कोस्टारिकामा आईसीईले कुल उर्जाको ७०्/२७ प्रतिशत उत्पादन गर्छ भने व्यापारिक समुदायले १०.२५ प्रतिशत, निजी क्षेत्रले ९.२९ प्रतिशत र ‘बनाउ, सञ्चालन गर हस्तान्तरण गर’ ९बुट० प्रणालीमा १०.१८ प्रतिशत उत्पादन गर्छन् । कोस्टारिकाले गुआटेमाला देखि एल साल्भाडोर, होन्डुरस, निकारागुवा भएर पानामासम्म विद्युतऊर्जा विक्री गर्छ र यसका लागि उनीहरूबीच विद्युत वितरण प्रणाली छ । पिरिस जलविद्युत् संयन्त्रले १३४ मेगावाट विद्युत् उत्पादन गर्छ र यो पिरिस नदीमा आधारित बाँधयुक्त जलविद्युत् परियोजना हो । कोस्टारिकाको कुल जलविद्युत् उत्पादन क्षमता तीन हजार ३९ मेगावाट रहेको अनुमान गरिएको छ । सन् २०१४ मा यस मुलुकले दुई हजार ७३२ मेगावाट उत्पादन गर्नसक्ने संयन्त्र स्थापना गरिसकेको छ । यस मुलुकको ऊर्जाको अर्को स्रोत भनेको भौगर्भिक ताप उर्जा हो । प्रधानमन्त्री ओलीले आजै सहकारीमा आधारित वायुऊर्जा परियोजना कोपासान्तोसको पनि निरीक्षण गरे । उनलाई कोपासान्तोसका अध्यक्ष तथा महाप्रवन्धकले वायुऊर्जाका विषयमा जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले वायुऊर्जाका विण्ड टर्बाइनको पनि निरीक्षण गरे । कोपासान्तोसको एक टर्बाइनले ८५० किलोवाट विद्युत् उत्पादन गर्ने तथा त्यसको लागत २८ लाख अमेरिकी डलर पर्ने जानकारी दिइयो । यस संस्थासँग हाल १७ वटा यस्ता टर्बाइन रहेको जानकारी दिइएको छ । गणतन्त्र कोस्टारिका मध्यअमेरिकी मुलुक हो । यसको उत्तरी भागमा निकारागुवा, उत्तरपूर्वी भागमा क्यारेबियन सागर, दक्षिणपूर्वमा पानामा, दक्षिणपश्चिममा प्रशान्त महासागर तथा दक्षिणमा इक्वेडोर रहेका छन् । एकाउन्न हजार ६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस मुलुकको जनसङ्ख्या ४९ लाख रहेको छ । राजधानी सान होजेको जनसङ्ख्या तीन लाख भएको अनुमान गरिएको छ । कोस्टारिका स्थिर प्रजातन्त्र भएको मुलुकका रूपमा चिनिन्छ । यहाँ निकै शिक्षित र अङ्ग्रेजी भाषा बोल्ने जनशक्ति छ । यस मुलुकले शिक्षामा निकै लगानी गरेको देखिन्छ । यो मुलुक पनि कृषिमा निर्भर छ । हाल यसले वित्त, विदेशी कम्पनीका लागि सेवा (स्वतन्त्र व्यापार क्षेत्रका आधारमा), औषधि उत्पादन तथा पर्यावरणीय पर्यटनको क्षेत्र विस्तार गरेको छ । प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहेकि थिइन् । उक्त अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies