Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अलैँची खेतीले कृषकलाई दिलाएको खुशी !

भोजपुर। भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय व्यतित गर्छन । एकसय रोपनी जमिनमा अलैंँची खेती गर्दै आएका उनले वार्षिक रू एकलाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । कृषक पाण्डे भन्छन्, “पहिलो पटक मैले अलैँंची चाखेको बेला मलाई त्यो फल निकै मीठो लागेकाले त्यै खेतीमा लाग्ने रहर जाग्यो । राम्रो मूल्यमा बिक्री हुने र स्वास्थ्यको लागि पनि राम्रो मसाला भएकाले यै खेतीमा लागेको हुँ ।’’ जब उनले अलैँचीबाट राम्रो आम्दानी गर्न थाले त्यसपछि अन्य धानखेत समेत भाडामा लिएर अलैँंचीलाई व्यावसायिक रूप दिए । आफ्नो परिवारलाई धानखेती गर्दा शुरुमा खानलाई छाक टार्न समस्या हुन्थ्यो तर अलैँंची खेती विस्तार गरेपछि परिवारलाई धान्न सहज भएको जानकारी दिँदै कृषक पाण्डे भन्छन्‘ “अलैँंची खेतीको शुरुको समयमा त के गरे के गरिन भन्ने नै छैन तर अहिले यो खेतीबाट परिवारलाई दुईचार पैसाको दुःख छैन । पहिला धानखेती गर्दा खान पुग्दैन थियो । अलँैचीले मेरो जीवनस्तर उकासेकाले हाल म एक सफल कृषकमा गनिन्छु । ” शुरुमा अलैँची खेती गर्दा आमाले धान खेती मासेको देख्दा तेरा छोराछोरीलाई घाँस दिएर पाल्नु । भएको धानखेती सबै जङ्गल बनाइहालिस् भन्नुभएको थियो । छरछिमेकले पनि सबै धान फल्ने खेत मासेको देख्दा बौलाएको भन्थे तर त्यो बेलामा बौलाहा भन्नेहरू अहिले पछुताएका छन् । उनी बताउछन्, “ पछुताएकाहरू भन्छन् हेर, त्यस बेलामा तिमीलाई बौलाएको भनियो तर तिम्रोजस्तो बेलामै बुद्धि पु¥याएको भए हाम्रो पनि आयस्तर वृद्धि हुने रैछ” । अलैंँचीको आम्दानीले एउटा छोरालाई इञ्जिनीयर पढाउन सफल भएका कृषक पाण्डेले अर्को एउटालाई भारतीय सेनामा र तेस्रोलाई नेपाली सेनामा जागिर खुवाउन सफल भएका हुन् । उनले वार्षिक रुपमा १८ देखि २० लाख आम्दानी गर्दै आएको छ । पछिल्लो समय अलैंँचीको मूल्यमा गिरावट आउँदा भने आम्दानीमा केही कमी आएको उनको भनाइ छ । परम्परागत खेतीलाई परिमार्जन गर्दै लगेका कृषक पाण्डे पनि पछिल्लो समयमा बिरुवा मर्ने समस्या हुनाका साथै फलेको अलैँंची सुकाउने आधुनिक अलैँंची भट्टी नहुँदा पनि सोचे जस्तो मूल्य पाउन नसकेको गुनासो गर्छन । पछिल्लो समयमा जलवायु परिवर्तन, विभिन्न प्रविधिको कमीका कारण यसतर्फ लागेका कृषक निराश बनेको कृषक उनी बताउछन् । ट्याम्केमैयुङ गाउँपालिका –५ कृषक खगेन्द्र विष्ट पनि अलैँंची खेतीमा लागको धेरै समय भैसकेको छ । उनले यसको खेतीबाट वार्षिक रू पाँच/सात लाखसम्म आम्दानी गर्दै आएको बताउछन् । आफूले पाँच जनाको परिवारलाई राम्रो शिक्षा दिक्षासँगै आम्दानी पनि राम्रो भइरहेको उहाँ जानकारी दिन्छन् । विष्ट जस्तै दर्जनैं कृषक अलँैचीको खेतीमा सक्रिय छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies