Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

राष्ट्रपती कार्यालयलार्इ लक्षित गरि क्षेप्यास्त्र प्रहार

काबुल। अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ । प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा रकेट प्रहार भएको हो । उक्त रकेट प्रहारसँगै क्षेप्यास्त्र जडित हेलिकप्टरबाट सम्भावित स्थानमा प्रत्याक्रमण गरिएको प्रहरीले जनाएको छ । तालिबानले प्रहार गरेको पहिलो रकेट राष्ट्रपति कार्यालय नजिकै झरेको थियो भने दोस्रो रकेट नेटो र अमेरिकी दूतावास नजिकै झरेको थियो तर दुबै आक्रमणबाट कोही पनि हताहत भएका छैनन्, प्रहरी अधिकारी जान आघाले बताए । राष्ट्रपति अशरफ घानीको सम्बोधन चलिरहेको समयमा टेलिभिजन च्यानलमा रकेट बिस्फोटको ठूलो आवाज सुनिएको थियो । बिस्फोटको आवाज सुन्नुभएका राष्ट्रपति घानीले सम्बोधनकै क्रममा भने, “रकेट आक्रमणबाट अफगानीलाई कमजोर तुल्याउने उनीहरुको सोचाई हो भने उनीहरु गलत छन् ।” रकेट आक्रमण गरिएको राजधानी काबुलको यो क्षेत्र सबैभन्दा सुरक्षित मानिन्छ । यही क्षेत्रमा राजदूतावासहरु र उच्च सरकारी कार्यालयहरु रहेका छन् र त्यसलाई अग्ला, बलिया पर्खाल एवं काँडेतारले घेरिएको छ । अमेरिकी राजदूतावासका साथै संवेदनशील सरकारी र सैनिक इलाका नजिकका धेरैवटा सडक बन्द गरिएका छन् । काबुल प्रहरीका प्रवक्ता हस्मत स्टानिक्जाईले मङ्गलबार बिहान पनि एउटा शंकास्पद सवारी साधन देखिएको बताए । उक्त सवारी साधन इद गाह मस्जिद नजिकको माटोले निर्माण गरिएको घरतर्फ गएको थियो । त्यही घरको एक छेउबाट रकेट आक्रमण भएको पाइएको छ, उनले बताए । बन्दुकजडित हेलिकप्टरले त्यही क्षेत्रमा प्रत्याक्रमण गरेको, तथा घर र सवारी साधन ध्वस्त पारिएको छ, प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुले बिस्फोट लगत्तै त्यही क्षेत्रमा गोली चलेको आवाज सुनिएको बताए । गृह मन्त्रालयका प्रवक्ता नजिब डानिसले आक्रमणकारीहरु मारिएको बताए । अफगान सैनिकफौजका दुई जना घाइते भएका छन् । तालिबानले भने यस आक्रमणका बारेमा केही बताएको छैन । अफगान राष्ट्रपति घानीले मुस्लिमहरुको महान चाडका अवसरमा तीन महिने एकतर्फी युद्धविरामको घोषणा गरेका छन् । तर अफगानिस्तानमा सक्रिय लडाकू समूहहरु तालिबान र आइएसका तर्फबाट आक्रमण र अपहरणका सिलसिला रोकिएका छैनन् । रासस÷एपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies