Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

स्कुले विद्यार्थीले गरे एप्पलको सिस्टम “ह्याक”

सिड्नी, १ भदौ । एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन् । एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका कुनै पनि विवरणलाई दुरुपयोग नगरिएको स्पष्ट गरेको छ ।

अस्ट्रेलियाली अखबार द एजका अनुसार, भिक्टोरियास्थित बाल अदालत समक्ष दिइएको बयानमा ती छात्रले मेलबोर्नको घरबाटै एप्पलको मेनफ्रेम कम्प्युटरमा अनधिकृत प्रवेश गरी ९० जिबी बराबरका गोप्य फाइल डाउनलोड गरेका थिए ।

त्यतिबेला ती स्कुले छात्रको उमेर १६ वर्ष थियो । एप्पलका उत्पादनका फ्यान उनी एक वर्षको बीचमा पटकपटक कम्प्युटर प्रणालीमा प्रवेश गरेका थिए र उनले अमेरिकी कम्पनी एप्पलमा काम गर्ने सपना साँचेका थिए, ती बालकका वकीलको भनाई उद्धृत गर्दै अखबारले लेखेको छ । एप्पलले ती छात्रले कम्प्युटर सिस्टममा प्रवेश गरेको प्राविधिकको टोलीले पत्ता लगाएपछि कानुन कार्यान्वयन इकाईमा उजूरी गरेको जनाएको छ । उक्त घटनाका सम्बन्धमा एफबीआई र अस्ट्रेलियाली संघीय प्रहरीले संयुक्त रुपमा अन्तर्राष्ट्रिय अनुसन्धान समेत गरेको अखबारले लेखेको छ । संघीय प्रहरीले अदालतमा अझै विचाराधीन मुद्दा रहेकोले यस बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । द एजका अनुसार प्रहरीले गत वर्ष ती स्कुले छात्रको घरमा छापा मारेको र ह्याक गर्दाका फाइल एवं अन्य विवरण सुरक्षित राखेका फोल्डर बरामद गरेको थियो । “दुईवटा एप्पल ल्यापटप बरामद गरियो र भित्री प्रणालीमा पहुँच रहेका सिरियल नम्बर फेला पारियो,” अभियोजन पक्षका एक वकीलले बताए । ह्याकमा प्रयोग गरिएको मोबाइल फोन र हार्ड ड्राइभ पनि प्रहरीले बरामद गरेको उनले जानकारी दिए । ती स्कुले छात्रले आफूले गल्ती गरेको स्वीकारेका छन् र यो मुद्दा अदालतमा विचाराधीन छ । अर्को महिना उनीमाथिको सजाय सुनाइने बताइएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies