Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

काखभरि चौंरी

धादिङ । तिप्लिङको पाङसाङ र सोमदाङ लेक चौंरीगोठले भरिएका छन् । चौंरीको पोसिलो आहार मानिने बुकीले लेकमा हरियाली छाएको छ । गोठमा ब्याएका चौंरी र तिनका बाच्छाबाच्छी स्याहार्न किसानलाई भ्याइनभ्याइ छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - चौंरीपालन यहाँको परम्परागत पेसा हो तर अहिले युवाले व्यवसायका रूपमा अघि बढाएका छन् । स्थानीय दिनेश घले, जस थापालगायत युवाको अग्रसरतामा करिब ५४ वटा गोठमा ३ सयभन्दा बढी चौंरी पाल्न थालिएको छ । दिनेश दिनभरि चौंरी हेरचाह, चरन र दुग्धजन्य पदार्थ (छुर्पी, पनिर, चिजलगायत) उत्पादनमा व्यस्त हुन्छन् । उनीसँग भएका ३५ वटा चौंरीमध्ये १४ वटाले बाच्छाबाच्छी पाएका छन् । काम खोज्न बिदेसिनुभन्दा गाउँमै केही गरौं भनेर चौंरीपालन सुरु गरेको उनले बताए । उत्तरी धादिङका तिप्लिङ, सेर्तुङ, लापाका युवा पनि चौंरीपालनमा लाग्न थालेका छन् । घिउ, दूध र चिजलगायत उत्पादन रसुवागढी नाका हुँदै चीन निकासी गरेर उनीहरूले मनग्य आम्दानी लिइरहेका छन् । त्यसबाट मासिक ५० हजारदेखि ८० हजारसम्म कमाइ हुने गरेको दिनेश बताउँछन् । ‘बच्चा पढाउन र घरखर्च गर्न पुगेको छ,’ उनले भने । पहिले दूध र मोही मलखादमा पोख्ने किसान अहिले उत्पादित वस्तुले बजार पाउन थालेकामा खुसी छन् । आफ्ना उत्पादन खर्कबाटै बिक्री हुन थालेपछि चौंरीपालनमा आकर्षण पनि बढेको छ । किसानले आफ्नै पहलमा खर्कमै डेरी उद्योगसमेत सञ्चालन गरेका छन् । उद्योगले प्रतिलिटर ६० रुपैयाँमा दूध खरिद गर्छ । छुर्पी, घिउ र चिज नेपाली ठेकेदारले रसुवागढी हुँदै चीनको व्यापारिक केन्द्र केरुङसम्म पुर्‍याउँछन् । उद्योग सञ्चालकले भने मासिक ३ देखि ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् । चौंरीपालनप्रति आकर्षण बढाउन र आर्थिक आम्दानी गर्न चरन खर्कको विकास कार्यक्रम लागू गरिएको छ । पशु आहार विकास कार्यक्रमअन्तर्गत तिप्लिङका परम्परागत चौंरी गोठालालाई गोठको सुधार, चरन र खर्क विकाससँगै चौंरीबाट लिन सकिने आम्दानीका स्रोतबारे तालिमसमेत दिइएको छ । चौंरी खर्क संरक्षण र विकासका लागि दिनेशकै संयोजकत्वमा खर्क उपभोक्ता समूहसमेत गठन गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies