Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

स्वास्थ्यमन्त्री भन्छन्ः भरतपुरलाई टर्सरी अस्पताल बनाउँछु

चितवन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई टर्सरी लेभलको (केन्द्रीय अस्पताल)अस्पताल बनाउने बताएका छन् । आइतबार भरतपुर अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री यादवले भरतपुर अस्पताल जिल्ला अस्पताल नभइ विशेषज्ञ सेवा दिने (टर्सरी) अस्पतालको रुपमा रहेको बताए । भरतपुर अस्पतालले टर्सरी लेभलको अस्पतालले दिने सुविधा प्रदान गरेपनि मान्यता भने जिल्ला अस्पताल सरहको छ । सुविधा सम्पन्न टर्सरी अस्पताल बनाउन उपयुक्त वातावरण र जग्गा आवश्यक पर्ने भएकाले त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई मन्त्री यादवले आग्रह गरे । भरतपुर अस्पतालको जग्गा अब अन्य प्रयोजनका लागि एक टुक्रा पनि दिन नहुने मन्त्री यादवको जोड छ । ‘अस्पतालको जग्गाको निकै महत्व छ,’ यादवले भने, ‘ठेक्का लगाएको र अन्य संघसंस्थालाई दिएको जग्गा फिर्ता गर्न र । अस्पतालको जग्गा उपयोग गरेकाहरुलाई आफ्नो बन्दोबस्त आफै गर भन्नुपर्‍यो’ अस्पतालमा निरीक्षण गर्दा अस्पतालको भविष्य राम्रो देखेको भन्दै उनले गरीब जनताले उपचार गर्ने ठाउँ भएकाले सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए । क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई जोडेर अघि बढे चितवनलाई मेडिकल एकेडेमिक हब बनाउन सकिने मन्त्री यादवको भनाइ छ । मन्त्री यादवले सरकारले स्वास्थ्य र शिक्षालाई नीतिगतरुपमा पहिलो प्रथामिकतामा राख्ने भन्दै स्वस्थ्य र शिक्षित नागरिक भए देश आफैं विकास हुने बताए । उनले प्रत्येक स्थानीय तहमा प्राइमरी लेवलको अस्पताल निर्माण गरेर भरतपुरलगायतका अस्पतालमा देखिएको भीड कम गर्न सकिने जिकिर गरे । ‘सरकारले प्रत्येक गाँउपालिका र वडासम्म स्वास्थ्य सेवा पुर्‍याउने गरी नीति बनाएको छ,’ उनले भने, ‘यसपटक २०० अस्पताल बनाउन बजेट छुट्टाइएको छ ।’ भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउनुपर्ने माग यहाँका सवै राजनीतिक दल, स्थानीय सरले गर्दै आएका छन् । अतिविशिष्ट सेवाहरु प्रदान गर्ने भरतपुर अस्पतालमा वाषिर्क दुई लाख पँचास हजार बिरामीहरुले उपचार सेवा लिने गरेका छन् । उक्त अवसरमा मन्त्री यादवले अस्पतालले सुरु गरेको न्यूरो सर्जरी यूनिटको समेत उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रदेश सांसद विजय सुवेदी, जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी, नेपाली कांग्रेस चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठ, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रेम भुजेललगायतले भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रूपमा विकास माग गरे । कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविन खड्काले अस्पतालको अवस्थाको बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies