Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जाजरकोटको खलंगामा सिसी टिभी

जाजरकोट। सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ । भेरी नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा खलंगामा सिसी टिभी जडान भएको हो । खलंगा बजार सिसी टिभीको निगरानीमा रहने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । सदरमुकामको तल्लो थाप्ले, ठाँटीबजार, गैरीखाली, शान्ति चौतारा लगायतका क्षेत्रमा सिसी क्यामरा जडान गरिएको भेरी नगरपलिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । सदरमुकामभित्र दैनिक चोरी डकैती, झै–झगडा, विकृति बढ्न थालेपछि सिसी क्यामरा जडानको काम गरेको प्रमुख घर्तीले बताए। नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा सिसी क्यामरा जोडिएको उहाँको भनाइ छ । सिसी क्यामरा जडानपछि खलंगामा हुने विभिन्न अपराध, चोरी, डकैती, झैझगडा, शान्ति सुरक्षा भंग गर्नेलगायत गतिविधिमा कमी आउने प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंहले बताए । यसैबीच जिल्ला सुरक्षा समितिले सदरमुकाम खलंगाभित्र सार्वजनिक कार्यक्रम सञ्चालन गर्न निश्चित स्थान तोकेको छ । समितिले तल्लो थाप्ले, ठाँटीबजार र गैरीखालीमा मात्र सार्वजानिक कार्यक्रम गर्न दिने गरी स्थान तोकेको हो । तोकेका स्थानबाहेक अन्य स्थानमा आमसभा, हडताल, प्रदर्शन, जुलुसलगायत कार्यक्रम गर्न प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं ३० अनुसार उक्त निर्णय गरेको प्रजिअ बस्नेतले जनाए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies