Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

उर्जा क्षेत्रमा लगानी र सहकार्यका विषयमा उर्जामन्त्री र बिश्व बैंकका आवासीय निर्देशकबीच छलफल

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा उर्जा क्षेत्रमा लगानी र सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले उर्जा क्षेत्रमा विश्व वैङकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।

भेटमा उर्जामन्त्री पुनले नयांमन्त्रीका रुपमा आफुले कार्यभार सम्हालेसंगै उर्जा क्षेत्रको समग्र विकासका निम्ती श्वेतपत्र जारी गरेको जानकारी दिदैं ३५ सय मेगावाट विद्युत नेपाल आफैले बनाउने गरी योजना अघि बढाएको जानकारी दिए । उनले त्यसका लागी १६ वटा आयोजनाको छनौट समेत भइसकेको बताए ।

उनले उर्जा क्षेत्रमा विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेको धारणा राख्नुभयो । मन्त्री पुनले सङखुवासभामा अध्ययन भइरहकेो अपर अरुणमा समेत विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेकोे भेटमा बताए ।

मन्त्री पुनले राष्ट्रिय प्राथमिकतमा रहेका आयोजना र वैदैशिक लगानीमा संचालित आयोजनालाई दु्रत गतिमा अघि बढाउनको लागी सरकारले छिट्टै संयन्त्र बनाउने तयारी गरीरहेको जानकारी दिए । जग्गा अधिग्रहण र वन तथा वातावरण क्षेत्रको समस्या समाधानको लागी सरकारले योजना निर्माण गरिसकेको भन्दै भविष्यमा समस्या नआउने उनको भनाई थियो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न समेत विश्व बैंकका निर्देशकलाई आग्रह गरे । मन्त्री पुनले भने, ‘तपाईहरु बजारको चिन्ता नगर्नुहोस,हामी क्षेत्रीय बजार मात्र होईन,उर्जा व्यापारका लागी हामी देशभित्रै पनि बजार बनाउंछौ ।’

मन्त्री पुनले छिट्टै बङगलादेशसंग पनि उर्जा कोअपेरशनमा हस्ताक्षर गर्ने सरकारको तयारी रहेको बताए । भेटमा विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानले अपर अरुणमा सहयोग गर्न आफुहरु तयार रहेको बताए । उनले अन्तरदेशीय प्रशारण लाइनमा समेत सहयोग गर्न बिश्व बैंक तयार रहेको धारणा राखे । बङगलादेशसंगको विद्युत व्यापार सम्झौता भए अन्तरदेशीय प्रशारण लाइन निर्माणमा समेत सहयोग गर्न बिश्व बैंक तयार रहेको उनको धारणा थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies