Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विश्वकपमा को-को खेलाडी छन् गोल्डेन बलको दौडमा ?

मस्को । रुसमा जारी २१औं संस्करणको विश्वकप फुटबल समापन हुन अब केही दिन मात्रै बाँकि छ । अविश्सनीय नतिजा आएको यो पटकको विश्वकपको उपाधिका लागि युरोपका दुइ देश भिड्दै छन् । उपाधि भिडन्त फ्रान्स र क्रोएसियाबीच हुने छ । फाइनल खेल नेपाली समयअनुसार साँझ ८ः४५ बजे हुने छ । फ्रान्स उपाधि पाउन दोस्रो पटक भिड्दै छ भने क्रोएसिया पहिलो पटक जित्दै नयाँ इतिहास कोर्ने दाउमा छ । त्यसअघि तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्यान्डबीच रिप्ले खेल हुनेछ । यी दुई टिमले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए । जसमा बेल्जियम १-० ले विजयी भएको थियो । विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोभ्स कसले हात पार्ला यो चर्चाको विषय हुन थालेको छ । यहाँ गोल्डेन बल जित्न सक्ने सम्भावित चार नामलाई केलाइएको छ । १.लुका मोड्रिक (क्रोएसिया) \"\"गोल्डेन बलको मुख्य दाबेदारका रूपमा क्रोएसियाका कप्तान लुका मोड्रिक उभिएका छन् । उनकै कप्तानीमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गरेको छ । रुस विश्वकपमा कप्तानीको भूमिकामा अट्याकिङ मिडफिल्डरका रूपमा आफूलाई अब्बल सावित गरेका उनले विश्वकपमा ३ गोल गरिसकेका छन् । उनले प्री-क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्धको खेलमा उत्कृष्ट गोल गरेका थिए । फ्रान्सविरुद्धको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनलाई गोल्डेन बल जित्न थप सहजता हुनेछ । स्पेनिस क्लब रयल मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेको मोड्रिचकै उच्च प्रदर्शनमा रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्न सफल भएको थियो । २. केलियन एमबाप्पे (फ्रान्स) \"\" १९ बर्षे युवा स्टार कालिन एमबाप्पेलाई जारी विश्वकपमा गोल्डेन बल जित्न सक्ने दाबेदारका रूपमा हेरिएको छ । सुरुवातदेखि नै उत्कृष्ट प्रर्दशन गर्दै आएका एमबाप्पेले जारी विश्वकपमा ३ गोल गरिसकेका छन् । टिनेजमा विश्वकप जस्तो ठूलो प्रतियोगितामा ३ गोल गर्न सफल उनले ब्राजिलका महान खेलाडी पेलेसँगको कीर्तिमानलाई बराबरी गरिसकेका छन् । जादुमय खेल पस्कँदै मैदानमा तीव्र गतिमा कुद्न सक्ने खेलाडीको परिचय बनाएका एमबाप्पेलाई फ्रान्सका प्रशिक्षक डिडेयर डेसच्याम्ले उनी एक असाधारण खेलाडी हुन सक्ने गुण रहेको बताएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन-पीएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका एमबाप्पे फ्रान्सको राष्ट्रिय टिमबाट विश्वकपमा कम उमेरमा गोल गर्ने खेलाडी पनि हुन् । ३. रोमेलु लुकाकु (बेल्जियम) \"\"ज्याद्रो शरीर, झट्ट हेर्दा फुटबल खेलाडी जस्तो पनि नदेखिने रोमेलु लुकाकु रुस विश्वकपमा उत्कृष्ट लयमा देखिएका बेल्जियमका स्टार हुन् । रोमेलु लुकाकुले बेल्जियमका लागि खेलेका सबै खेलमा उनले उच्च प्रदर्शन गरेका छन् । गोल्डेन बुटको दौडमा रहेका लुकाकु गोल्डेन बल जित्ने दौडमा पनि रहेका छन् । उनी ४ गोलसहित गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा छन् । उनीभन्दा अघि इंग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित गोल्डेन बुटब दौडमा अघि रहेका छन् । इंग्लिस क्लब म्याचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेलिरहेका लुकाकुले बेल्जियमलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तेस्रो स्थानका लागि इंग्ल्यान्डसँग हुने खेलमा २ भन्दा बढी गोल गर्न सके उनलाई गोल्डेन बुट र गोल्डेन बल दुवै जित्न सक्ने मुख्य दाबेदारका रूपमा हेरिएको छ । ४. इडेन हाजार्ड (बेल्जियम) \"\"इंग्लिस क्लब चेल्सीबाट व्यावसायिक फुटबल खेलिरहेका इडेन हाजार्ड बेल्जियमका कप्तान हुन् । उनकै कप्तानीमा बेल्जियम विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ । जारी विश्वकपमा २ गोल गरेका हाजार्डले त्यति नै मात्रामा गोलका लागि सहयोग गरेका छन् । त्यसैले हाजार्डलाई गोल्डेन बल जित्न सक्ने दाबेदार खेलाडीको दौडमा समावेश गरिएको छ । पाँचपटकको विश्वविजेता ब्राजिललाई क्वार्टरफाइनलमा पराजित गर्दा उनको प्रदर्शन र कप्तानी तारिफयोग्य बनेको थियो । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies