Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सेमिफाइनलमा पुग्ने भाग्यशाली ४ टिम, को पुग्ला फाइनलमा ? यस्तो छ विगत

मस्को । रसियामा भइरहेको २१औं विश्वकप फुटबलमा अन्तिम ४ मा पुग्ने टिमको छिनोफानो भएको छ । गयराती भएको क्रोएसिया र रसियाबीचको खेल सकिएसँगै अन्तिम ४ मा पुग्ने टिमको छिनोफानो भएको हो । \"\" यो पटकको सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया पुग्न सफल भए । यी चार टिममध्ये फ्रान्स र इंग्ल्याण्ड विश्वकपको पूर्व विजेता हुन्, भने बेल्जियम र क्रोएशियाले हालसम्म उपाधि जित्न सकेका छैनन् । सेमिफाइनल समीकरण पूरा भएसँगै उपाधि दौड खूब रोचक बनेको छ । रोचक यसकारण बनेको छकि उपाधिका दाबेदार भनिएका टिम घर फिर्ता भइसकेका छन् ।\"\" पाँच पटकको विश्वकप विजेता ब्राजिल, ४ पटकको विजेता जर्मनी, समान २-२ पटक विश्वकप जितेका अर्जेन्टिना र उरुग्वे तथा एक पटक विश्वकप विजेता स्पेन जारी विश्वकपबाट घर फर्कि सकेका हुन् । अब यो संस्करणको उपाधि चार टिममध्ये कोले जित्ला ? निकै उत्सुक्ताकासाथ हेरिएको छ । \"\" यो पटक फुटबल पण्डितहरुले गरेको अनुमान पनि फिक्का छ । त्यसकारण पनि उपाधि भिडन्त निकै रोचक बन्ने अपेक्षा छ । यो पटकको उपाधि जसले जिते पनि नयाँ इतिहास भने पक्कै कोरिने छ । सेमिफाइनल भिडन्त- \"\" फ्रान्स भेर्सेस बेल्जियम जारी विश्वकपको पहिलो सेमिफाइनल भिडन्त फ्रान्स र बेल्जियमबीच हुनेछ । यी दुइटिमबीचको खेल पर्सि (मंगलबार) हुने छ । दुवै टिम इतिहास रच्न आँतुर छन् । रसियाको सेन्ट पिटर्सबर्गमा हुने फ्रान्स र बेल्जियमबीचको सेमिफाइनल खेल पौने १२ बजे हुनेछ । \"\" क्रोएसिया भर्सेस इंग्ल्यान्ड रसियामा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा क्रोएसिया र इंग्ल्यान्डबीचमा प्रतिस्पर्धा हुने भएको छ । यी दुर्यटिम बीचको खेल आउँदो बुधबार मस्कोस्थित लुज्हनिकी रंगशालामा हुनेछ । खेल राति पौने १२ बजे हुने छ । \"\" पूर्व विजेता २ राष्ट्र अन्तिम ४ मा विश्वकप जितेका दुई राष्ट्र मात्रै छन् । फ्रान्सले सन् १९९८ मा आफैँले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलले पराजित गर्दै सन् १९९८ मा पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । \"\" त्यसयता फ्रान्सले विश्वकपको उपाधि उचाल्न सकेको छैन । त्यस्तै, इंग्ल्यान्डले पनि सन् १९६६ मा आफैँले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डले जर्मनीलाई ४-२ गोलअन्तरले पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि चुमेको थियो । त्यसपछि इंग्ल्यान्डले अहिलेसम्म विश्वकपको उपाधि चुमेको छैन ।\"\" उपाधि दौडमा यी दुई राष्ट्र यो पटकको विश्वकपको उपाधि दौडमा दुई नयाँ राष्ट्र रहेका छन् । बेल्जियम र क्रोएसियाले अहिलेसम्म विश्वकप फुटबलको उपाधि जितेका छैनन् । त्यसो त, यी दुई टिम अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । बेल्जियम जारी विश्वकप फुटबलमा दमदार प्रदर्शन गर्दै सेमिफाइनलसम्म आइपुगेको छ । बेल्जियमले सेमिफाइनलसम्मको यात्रा पार गर्दा ठूला राष्ट्रलाई पराजित गरेको छ ।\"\" क्वाटरफाइनलमा बेल्जियमले बलियो टिम ब्राजिललाई २-१ गोलअन्तरले पराजित गरेको हो । त्यस्तै, जारी विश्वकपमा अपराजित रहेको बेल्जियमले प्रिक्वाटरफाइनलमा जापानलाई ३-२ गोलअन्तरले पराजित गरेको थियो । समूह चरणमा भने बेल्जियमले आफ्नो खेलमा पानामालाई ३-० ले, दोस्रो खेलमा ट्युनिसियालाई ५-२ गोलले र अन्तिम खेलमा इंग्ल्यान्डलाई १-० गोलअन्तरले पराजित गरेको थियो । \"\" बेल्जियम यो भन्दा अघि सन् १९८६ मा भएको विश्वकपको सेमिफाइनलसम्म पुगेको छ । बेल्जियमले अहिलेसम्म विश्वकपको सेमिफाइनलभन्दा अघिको यात्रा पार गरेको छैन । त्यसैले यो पटक बेल्जियम इतिहास रच्ने दाउँमा छ । जारी विश्वकप फुटबलमा क्रोएसियाले शानदार प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । \"\" क्रोएसिया २० वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्वकपको सेमिफाइनलमा पुगेको थियो । क्रोएसियाले भने आफ्नो पहिलो खेलमा नाइजेरियालाई २-० गोलअन्तरले पराजित गरेको थियो । \"\" त्यस्तै, दोस्रो खेलमा अर्जेन्टिनालाई ३-० र अन्तिम खेलमा आइसल्यान्डलाई २-१ गोलअन्तरले पराजित गरेको थियो । प्रिक्वाटरफाइनलमा भने क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलसम्मको स्थान बनाएको हो । -एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies