/  Wed, September 26, 2018

चीन-अमेरिका व्यापार युद्धः चिनियाँ शेयर बजारमा व्यापक उतारचढाव

चीन र अमेरिकाबीच व्यापार युद्धको दायरा बढ्दै गएको छ । त्यसका कारण चीनको शेयर बजारमा व्यापक उतारचढाव आएको छ ।

ज्यानुअरीको तुलनामा अहिले सांघाइ कम्पोजिट इन्डेक्समा १९ प्रतिशतले कमी आएको छ । चीनको शेयरबजारमा धेरै मानिसहरू डरले शेयर बेचिरहेका छन् तर किनिरहेका छैनन् ।

चीनको शेयरबजारमा यस्तो उतारचढाव सन् २०१५ पछि पहिलोपटक देखिएको हो । साउथ चाइना मर्निङ् पोस्टको विवरण अनुसार चिनियाँ शेयरबजारमा यो हप्ता ५१४ अर्ब डलरको नोक्सान भएको छ ।

त्यो भनेको स्वीडेनको सिङ्गो अर्थतन्त्रको आकार बराबर हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०० अर्ब डलर अतिरिक्त शुल्क लगाउने चेतावनी दिएपछि पछिल्लो घटना भएको हो ।

यसको प्रतिक्रियामा पनि चीनले समेत त्यस्तै खाले कदम चाल्ने चेतावनी दिएको छ । ब्लुमबर्गका अनुसार, व्यापार युद्धको आशंकाका कारण चिनियाँ शेयरबजारमाथि विदेशी लगानीकर्ताको विश्वास डगमगाएको छ ।

साउन चाइना मर्निङ पोस्टमा प्रकाशित खबर अनुसार विदेशी लगानीकर्ताले ३०६ अर्ब युआनको शेयर मंगलवार बेचे । बिहीवार चाहिँ ८३ करोड युआनको शेयर बेचे ।

कतिपय विश्लेषक अमेरिकाबाट सुरु गरिएको व्यापार युद्धले शीतयुद्धको जस्तै अवस्था सिर्जना गर्न सक्ने ठान्छन् । चीन र अमेरिका विश्वका सबैभन्दा ठूला अर्थव्यवस्था हुन् । यदि यी दुईबीच तनाव लामो समयसम्म रहे त्यसले विश्व अर्थव्यवस्थालाई असर पार्नेछ । बीबीसी

 

असार ११ गते, २०७५ - ०९:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका पुगेर अोलीले गरे सबै मुलुकलाई यस्तो अाग्रह

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने...   
यौन आक्रमणको अभियोगमा हास्य कलाकारलाई कैद सजाय

यौन आक्रमणको अभियोगमा हास्य कलाकारलाई कैद सजाय

संयुक्त राज्य अमेरिकाका ख्यातिप्राप्त हास्य कलाकार बिल कोस्बीलाई यौन आक्रमणको मुद्दामा दोषी ठहर...   

साधारणसभा स्थलबाट पत्रिका जफत, नेपाल पत्रकार महासङ्घको आपत्ति

काठमाडौँ। नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी...   
प्रेमिकासँग बस्न अपहरणमा परेको नाटक गर्ने डाक्टर प्रहरीको हातमा

प्रेमिकासँग बस्न अपहरणमा परेको नाटक गर्ने डाक्टर प्रहरीको हातमा

लहान। मंगलबार साँझ सिरहाको लहानबाट अपहरण भएको भनिएका सप्तरी मल्हनिया(२ का डाक्टर सुभाष यादवलाई राति...   

राष्ट्रसंघमा ट्रम्पको सम्बोधनः इरानमाथिको प्रतिबन्ध सही कदम

न्यूयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई...   
अफगानिस्तानको तारिफ योग्य खेल, अफगानिस्तानसँग भारत बराबरीमा रोकियो

अफगानिस्तानको तारिफ योग्य खेल, अफगानिस्तानसँग भारत बराबरीमा रोकियो

काठमाडौं। यूइएइमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा भारत र अफगानिस्तानबिचको खेलमा बराबरी...   

निर्मला हत्या प्रकरणः एसपी विष्टसहित १७ जना निगरानीमा

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्ली विष्टसहित...   

ट्रम्पसँग ओलीको नाम मात्रको भेट, दुर्इ मिनेटको भेटमा के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको...   

प्रधानमन्त्री ओली के गर्दै छन् अमेरिकामा ?

न्यूयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार...   
निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

काठमाडौं। निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top